Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विवादित ठाउँको चुनावको जिम्मा क्याम्पस प्रमुखलार्इ

\"\"काठमाडौं, १८ फागुन । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको विवादका कारण बुधबारलाई तोकिएको स्ववियु चुनाव सबै क्याम्पसमा सम्पन्न हुन नसक्ने भएपछि विवादित ठाउँको चुनाव गराउने जिम्मा सम्बन्धित क्याम्पस प्रशासनलाई दिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– केन्द्रीय तहमा गठित समितिले एकैपटक चुनाव गराउन विद्यार्थी संगठनसँग पटकपटक छलफल गर्दा पनि असफल भएपछि त्रिविले केन्द्रीय तहमा चुनावको अर्को मिति घोषणा नगर्ने स्पष्ट पारेको छ । ‘हामीले चुनावका लागि फागुन १४ गतेलाई मिति तोकेका थियौं । तर विद्यार्थीकै आग्रहमा १८ गतेलाई सारिएको हो\', निर्वाचन परिचालन समितिकी संयोजक तथा शिक्षाध्यक्ष सुधा त्रिपाठीले भनिन्, ‘अर्को चुनाव अब २०७५ साल फागुन १४ गते मात्र गर्ने हो । अहिले छुटेका क्याम्पसले आफूअनुकूल मिलाएर चुनाव गर्छन् । त्यसमा हाम्रो कुनै हस्तक्षेप रहँदैन ।\' विवादित क्याम्पसमा लगाइएको ताला नखुले पनि र चुनाव हुन नसके पनि यसपटक चुनाव सम्पन्न गराउन त्रिविले केन्द्रीय रूपमा गठन गरेको निर्वाचन परिचालन समिति बुधबारदेखि नै भंग हुने त्रिपाठीले बताइन् । तर समितिले गराउन नसकेको चुनाव क्याम्पस प्रशासनले मात्र सम्पन्न गराउनेमा त्रिविकै पदाधकारी ढुक्क भने छैनन् । विद्यार्थी भर्नाका विषयमा विद्यार्थी संगठनबीच कुरा नमिल्दा स्ववियुको आकर्षण रहेका राजधानीसहित बाहिरका जिल्लाका क्याम्पसमा बुधबार चुनाव नहुने देखिएको छ । चुनाव सम्पन्न गर्ने क्रममा तालाबन्दीमा उत्रिएका विद्यार्थीले आफ्नो मुख्य पार्टीकै निर्देशन नमानेका कारण चुनाव गराउन कठिन भएको त्रिविको विश्लेषण छ । ‘केही क्याम्पसमा कांग्रेसनिकट नेविसंघले पनि ताला लगाएको छ । तर तुरुन्त ताला खोल्न पार्टी नेतृत्वले दिएको निर्देशनसमेत नमानेको देखियो\', निर्वाचन समितिमा संलग्न त्रिविका एक पदाधिकारीले भने, ‘गृहमन्त्रीज्यूले समेत आफ्नै पार्टीका विद्यार्थी संगठनलाई तह लगाउन नसकिने भन्नुभयो रे । यस्तो अवस्थामा हामीले मात्र चाहेर कसरी चुनाव गराउन सकिन्छ ? \' विवादित क्याम्पसका समस्या समाधानका विषयमा मंगलबार छलफल भए पनि टुंगोमा पुग्न सकेन । ‘छलफल धेरै ठाउँमा धेरैपटक भएको छ । तर टुंगोमा पुग्न सकिएको छैन\', नेविसंघ अध्यक्ष नैनसिंह महरले भने । विवादित क्याम्पसको चुनाव पनि फागुन तेस्रो साताभित्र सम्पन्न गराउन आफूहरूको पहल जारी रहेको उनको भनाइ छ । बुधबार उपत्यका र बाहिरका गरेर दुई दर्जन मात्र क्याम्पसमा चुनाव हुनेछ । केही क्याम्पसमा अझै विवाद रहे पनि चुनाव हुनेमा आफू विश्वस्त रहेको त्रिपाठीले बताइन् । एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आफूहरू चुनावका पक्षमा रहेकाले चुनावी प्रक्रियामा कुनै पनि क्याम्पसमा अवरोध नगरेको दाबी गरिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending