Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

निर्वाचन आयोगसँग मन्त्रीहरुको सवालजवाफ, आयोगको छलफलमा कुन मन्त्रीले के भने ?

\"\"काठमाडौं, १९ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको आरोप लगाएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– निर्वाचनमा दुईवटा गाडी मात्रै प्रयोग गर्न पाउने आचारसंहिता जारी गरेकोमा पनि मन्त्रीहरूको असन्तुष्टि छ । आचारसंहिता लागू भएपछि जिल्ला सदरमुकामभन्दा बाहिर जान नपाउने व्यवस्थाप्रति पनि उनीहरूले असहमति जनाएका छन् । सबै मन्त्रीले शिलान्यास र उद्घाटनमा सहभागी हुन पाउनुपर्ने मागसमेत राखेका थिए । जिल्लाबाट उद्घाटन र शिलान्यासका निम्ता आउने गरेकाले ती कार्यक्रममा सहभागी हुन पाउनुपर्ने उनीहरूको भनाइ थियो । घर पनि जान नपाउनु ? निर्वाचन क्षेत्रमा रहेको घरमा पनि जान नपाउने गरी आचारसंहिता बनाउन नमिल्ने मन्त्रीहरूको तर्क छ । ‘घरमा गएर श्रीमती, छोराछोरीलाई भेट्न नपाइने हुन्छ रु’ महिला बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले भने । भूमिसुधारमन्त्री विक्रम पाण्डे, स्थानीय विकासमन्त्री हितराज पाण्डे, सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलगायतले पनि स्थानीय तहको निर्वाचनमा जान पाउनुपर्ने तर्क गरेका थिए । हेलिकोप्टर चढ्न पाउनुपर्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले दुर्गम क्षेत्रमा निर्वाचनका क्रममा हेलिकोप्टर प्रयोग गर्न पाउनुपर्ने बताएका थिए । उनले भने, ‘दुर्गम क्षेत्रमा दुईवटा घोडा प्रयोग गर्न पाउने भनिएको छ । त्यतिले हुँदैन, हेलिकोप्टर पनि प्रयोग गर्न पाउनुपर्छ ।’ मन्त्रालयमा सम्पर्क व्यक्ति तोकिने निर्वाचन आयोगले विभिन्न मन्त्रालयका सचिवसँग पनि आचारसंहिता कार्यान्वयनबारे बुधबार छलफल गरेको छ । मुख्यसचिव डा। सोमलाल सुवेदीले प्रत्येक मन्त्रालयमा निर्वाचन सम्पर्क व्यक्ति तोकेर निर्वाचन आयोगबाट मन्त्रालयमा प्राप्त निर्देशन जिल्ला तथा स्थानीय तहसम्म कार्यान्वयन गरिने बताएका छन्। आयोगको छलफलमा कुन मन्त्रीले के भने ? रोमी गौचन, आपूर्तिमन्त्री मन्त्रीले निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जान नपाउने भन्ने छ । तर, मन्त्रीसँग राजनीतिक दायित्व पनि हुन्छ । त्यसैले सेवा–सुविधा रोक्न सकिएला, तर मन्त्री प्रचारमा जान रोक्न मिल्दैन । जीवनबहादुर शाही, पर्यटनमन्त्री गाउँमा निर्वाचन प्रचारप्रसारमा दुईवटा घोडा मात्रै प्रयोग गर्न पाउने गरी आचारसंहिता छ । गाउँमा जान घोडाले मात्रै कसरी सम्भव हुन्छ रु यो विषयमा विचार पुर्‍याउनुपर्छ । हेलिकोप्टर पनि प्रयोग गर्न पाउनुपर्छ । गगन थापा, स्वास्थ्यमन्त्री आचारसंहिताले रिक्त पदमा नियुक्ति रोेकेको छ । विभिन्न स्वास्थ्य संस्थामा चाँडै रिक्त हुने केही पदमा नियुक्त गर्न समस्या हुने भयो । यसले अस्पताल नै चलाउन समस्या हुन्छ । पोलियो थोपा खुवाउने कार्यक्रमका लागि बाहिर जानुपर्छ । यसमा जान पाउने हो कि होइन रु मन्त्रीलाई बाहिर जान रोक्नेभन्दा सरकारी मञ्च प्रयोग गर्न नपाउने बनाउनु उपयुक्त होला । दलजित श्रीपाली, खेलकुदमन्त्री महानगरको निर्वाचनमा उम्मेदवारले दुईवटा गाडी प्रयोग गर्न पाउने भनिएको छ । दुई गाडीले पुग्दैन । विगतका योजना कार्यान्वयन गर्न पहिला नै निर्णय भएका पत्र आइरहेका छन् । मन्त्रालयले स्वीकृत गरेर काम गर्न पाउने कि नपाउने ? खेलाडीलाई पुरस्कार घोषणा भएको थियो, तर वितरण नभएकाले अब वितरण गर्न पाइने हो कि होइन ? कुमार खड्का, समाजकल्याणमन्त्री आचारसंहिता स्थानीय तह वा संघ कुनको भन्ने प्रस्ट भएन । प्रचारमा दुईवटा गाडी उम्मेदवारले हो कि टिमले प्रयोग गर्ने हो स्पष्ट खुलाइदिनुप¥यो । आयोगले के पनि बुझ्नुपर्छ भने मन्त्री गाउँपालिका वा नगरपालिकाको उम्मेदवार हुँदैन । आफ्नो घरमा पनि जान नपाउने भन्ने हुँदैन, जान दिनुपर्छ । दीपक गिरी, सिञ्चाइमन्त्री विकासको चरण फागुनपछि सुरु हुन्छ । यही वेला आचारसंहिताले धेरै काम रोकिने अवस्था आयो भने विकास कसरी हुन्छ ? बालकृष्ण खाण, रक्षामन्त्री मन्त्रीलाई निर्वाचन क्षेत्रमा जान रोक्न हुँदैन । बरु निर्वाचनको थप महोल बनाउन, मतदाताको सहभागिता बढाउन मन्त्रीलाई जान भन्नुपर्छ । हितराज पाण्डे, स्थानीय विकासमन्त्री स्थानीय तहको संख्या केही दिनमा टुंगो लाग्छ । तह टुंगो लागेपछि त्यहाँ कार्यकारी प्रमुख पठाउनुपर्ने हुन्छ । आचारसंहिताले त्यो काम रोक्छ कि रोक्दैन रु पहिला नै निर्णय भइसकेको विदेश भ्रमण रोकिने हो कि होइन रु निर्वाचन खर्च बैंकबाट गर्ने भनिएको छ, त्यो गाउँमा सम्भव छैन । यस्ता विषय अव्यावहारिक भएका छन् । सीतादेवी यादव, शान्तिमन्त्री मधेसमा कसरी निर्वाचन गराउने हो रु मधेसको असन्तुष्टि सम्बोधन भएको छैन । आचारसंहिता भनेको ठूलालाई चैन हुने, तर सानालाई मात्रै लाग्ने गरेको छ । यसमा ख्याल गरिनुपर्छ । अर्जुनरसिंह केसी, सहरी विकासमन्त्री नयाँ योजना ल्याउने कुरामा विचार गरिनुपर्छ । तर, नियमित योजनालाई रोक्न हुँदैन । मन्त्रीलाई गाउँमा जान रोक्न हुँदैन । विक्रम पाण्डे, भूमिसुधारमन्त्री नगर क्षेत्रमा दुईवटा गाडीले अहिलेको जमानामा पुग्दैन । ५०–६० वटा गाडी त उम्मेदवारको प्रचारप्रसारमा लागेका हुन्छन् । त्यस्तै, मन्त्री निर्वाचन क्षेत्र जान नपाउने हो भने समस्या हुन्छ । यो कुरा आयोगले बुझ्नुपर्छ । कृष्णबहादुर महरा, अर्थमन्त्री आचारसंहिताको मूल स्पिरिटसँग सहमतिसहित लागू गर्न सरकार प्रतिबद्ध छ । तर, नियमित योजना र कार्यक्रममा आयोगले विचार गरिदिनुपर्छ । बजेटको सन्दर्भमा पनि नियमित योजना र कार्यक्रम रोक्न हुँदैन । विमलेन्द्र निधि, गृहमन्त्री निर्वाचनमा सरकारले सुरक्षाको कमी हुन दिँदैन । स्वच्छ निर्वाचन सफल बनाउन आयोगलाई सम्पूर्ण सहयोग गर्न सरकार तयार छ । निर्वाचनका लागि सुरक्षा नीति बनाइँदै छ । २१ हजारजति मतदान केन्द्र बन्ने आयोगको भनाइअनुसार सामान्य, संवेदनशील र अति संवेदनशील क्षेत्र पहिचान गरी सुरक्षा व्यवस्था मिलाइनेछ । म्यादी प्रहरी राखिनेछ । यातायातको प्रबन्धका लागि पनि योजना बनाइएको छ । आयोगलाई चाहिएका वेला सबै कुरा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy