फाल्गुन १९ गते, २०७३ बिहिवार 2nd March, 2017 Thu०७:२८:४१ मा प्रकाशित
काठमाडौं, १९ फागुन । बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका साना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमहरुमा स्ववियु निर्वाचन सम्पन्न भयो । त्रिविका प्राय : सबै ठूला क्याम्पसमा भने तालाबन्दी छ । धेरैजसो तालाबन्दी २८ वर्ष कटेका र स्ववियु अध्यक्षका आकांक्षी रहेका विद्यार्थी नेताहरूको पहलमा भएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– त्रिविले स्ववियु नियममा २८ वर्ष माथिकाले उम्मेदवार हुन नपाउने व्यवस्था गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले रिटको किनारा लगाएको छैन । त्यसैले अदालतबाट आफ्नो पक्षमा फैसला आउने आशामा नेताहरूले तालाबन्दी गराएका छन् ।
यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनावत्रिवि केन्द्रीय क्याम्पस
किर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण बुधबार हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन । एक साता यता मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । जसकारण बुधबार चुनाव हुन सकेन ।
त्रिचन्द्र क्याम्पस
काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । विद्यार्थीको माग छलफलबाट टुंग्याउने भनिए पनि क्याम्पस प्रशासनले त्यसमा चासो नदेखाएका कारण नेविसंघ लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए ।
महेन्द्ररत्न क्याम्पस
ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लबले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन ।
पाटन संयुक्त क्याम्पस
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा पनि तोकिएको मितिमा स्ववियु चुनाव हुन सकेन । वैद्य, विप्लब र नयाँ शक्तिनिकट विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण चुनावी प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरेको थियो ।
नेपाल कमर्श क्याम्पस
मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा विद्यार्थी संगठनहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका थिए । निर्वाचन समितिले उनिहरुका माग सम्बोधन गर्न प्रयास गरे पनि सहमति नजुटेपछि बुधबारको चुनाव हुन सकेन ।
पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सैद्धान्तिक परीक्षा दिए लगत्तै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोध गर्दा उनीहरूले ताला लगाएका हुन् ।
विश्वभाषा क्याम्पस
प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा पनि तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा वैद्य र विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी खारेज गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए ।
रत्नराज्यलक्ष्मी क्याम्पस
आरआर क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । नेविसंघ लगायतका केही संगठनले विभिन्न माग राख्दै सो क्याम्पसमा तालाबन्दी गरेका थिए ।
नेपाल ल क्याम्पस
प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि चुनाव समितिले गत आईतबार चुनाव स्थगित गरेको थियो ।
अस्कल क्याम्पस
सोह्रखुट्टेस्थित अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि स्ववियु चुनाव हुन नसकेको हो ।
सरस्वती बहुमुखी क्याम्पस
सरस्वति बहुमुखी क्याम्पस सोह्रखुट्टेमा अनेरास्ववियुको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा बिबिएममा अध्ययनरत विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग राख्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।
पशुपति बहुमुखी क्याम्पस
चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, वैद्य र विप्लब निकट अखिल क्रन्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले गरेको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन ।
पब्लिक युथ क्याम्पस
सैद्धान्तिक परीक्षा सकिएसँगै विद्यार्थीको स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार पब्लिक युथ क्याम्पसमा स्ववियु चुनाव हुन सकेन ।
ललितकला क्याम्पस
अनेरास्ववियुले गरेको तालाबन्दीका कारण ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । देशभरीका ठुला क्याम्पसमा चुनाव नहुने भएपछि ललितकलामा गर्नुको औचित्य नभएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो ।
बाल्मिकी क्याम्पस
बाल्मिकी क्याम्पसमा विद्यार्थीले निर्वाचित व्यक्तिको पदावधी २ वर्ष नै हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेपछि चुनाव स्थगित भएको हो ।
रत्नराज्य र शंकरदेवमा २३ फागुनमा
धेरै मतदाता रहेका रत्नराज्य र शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् । पूवर्गठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनिएको चुनाव तालाबन्दी तालाबन्दी, झडप र आगजनीका कारण स्थगित भएको थियो ।
विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका कारण क्याम्पसको लेटरप्याडमा विज्ञप्ती जारी गर्न नसकिएको बताइएको छ । नेविसंघ, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य, संघीय समाजवादी फोरम, नयाँ शक्ति, अखिल (छैठौं) लगायतले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नया“ कार्यतालिकासमेत सार्वजनिक भएको छ । १८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दावी विरोध सहित अन्तिम नामावली प्रकासित गर्ने कार्यक्रम छ । केहि विद्यार्थी संगठनले सर्वपक्षिय छलफलमा नया“ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको बिरोध गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: