दुगड ग्रुपको कालोबजारी र ठगी, दुई महिनामा ९ करोड ठगी
फाल्गुन २२ गते, २०७३ आइतवार 5th March, 2017 Sun०८:२८:०९ मा प्रकाशित
काठमाडौं, २२ फागुन ।नाकाबन्दीको मौका छोपी खाने तेललगायत उपभोग्य सामग्रीमा चरम कालोबजारी गरेको केएल दुगड ग्रुपका सञ्चालकलाई पक्राउ गर्न अदालत र प्रहरीले सक्रियता देखाएसँगै उनीहरूको ठगीको फेहरिस्त खुल्न थालेको छ ।
आजको राजधानी दैनिकमा खबर छ– ठगी अभियोगमा जिल्ला अदालत काठमाडांैले पक्राउ पुर्जी जारी गरेको एक वर्षसम्म पनि पक्राउका लागि सम्बन्धित निकायले चासो नदिएको समाचार सार्वजनिक भएपछि अदालतले पक्राउमा चासो देखाएको हो ।
जिल्ला अदालतले कालोबजारी गरी उपभोक्ता ठगेको अभियोगमा २२ पुस २०७२ मै दुगड ग्रुपका सञ्चालक किशनलाल दुगड, विकास दुगड, नरेश दुगड, कुमुद दुगडलगायतलाई पक्राउ गर्न आदेश जारी गरेको थियो । अदालतले दुगड ग्रुपअन्तर्गतको स्वस्तिक आयलका महाप्रबन्धक चन्द्रिकाप्रसाद कुशवाह, लेखापालद्वय गौतम दुगड र रमाकान्त पारिक, सौरभ फुड्सका महाप्रबन्धकद्वय धर्मचन्द्र दुगड र प्रदीपकुमार छाजेणलाई पक्राउ गर्न आदेश दिएको थियो ।
एक वर्षदेखि कारबाहीमा पर्ने डरले भारत र सीमावर्ती क्षेत्रमा लुक्दै आएको सूचनाको आधारमा अदालतले खोजी थालेसँगै अदालत आएर सुटुक्क सफाइ लिने योजनासमेत एकसाथ अलपत्र परेको हो । पक्राउ आदेशको एक वर्षपछि मुद्दा दायर गर्ने पक्षका साक्षीले अदालतमा बयानका क्रममा उनीहरूको कालोबजारीको नयाँ रहस्य खोलिदिएपछि पक्राउका लागि अदालत सक्रिय बनेको हो ।
साक्षीले बयानका क्रममा दुगड ग्रुपले आफूले उत्पादन गरेको खाने तेलमा नाकाबन्दीको मौका छोपी बजारमूल्य ९खुद्रा मूल्य० भन्दा १ सय १९ प्रतिशत बढी नाफामा सामान बिक्री गरेकाले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । साक्षीको बयान र दुगड सञ्चालकविरुद्ध दायर मुद्दामा मूल्य स्टिकर परिवर्तन गरी १ सय १९ प्रतिशतसम्म बढी मूल्य लिएको प्रमाण पेस भएपछि जिल्ला अदालतकै कर्मचारीसमेत अचम्ममा परेका छन् ।
‘हामीले व्यापारीले यति धेरै नाफा लिएर उपभोक्ता ठगी गर्छन् भन्ने सोचेका पनि थिएनौं, दुगडको यो कर्तुतको प्रमाण भेटेपछि भने राज्य किन चुप बसेको होला भन्ने लागेको छ,’ गत ११ फागुनमा सम्पन्न साक्षीको बयान देखाउँदै अदालतका एक कर्मचारीले भने ।
अदालतमा पेस भएको कागजातका अनुसार अघिल्लो वर्ष नाकाबन्दीको बेला ९२०७२ असोजदेखि मंसिरसम्ममा० मात्र दुगड ग्रुपले उत्पादन गर्ने सनफ्लावर तेलमा खुद्रा मूल्यभन्दा प्रतिलिटर १ सय ४९ रुपैयाँ बढी लिएर बिक्री गरेको पाइएको हो ।
१ सय २५ रुपैयाँ पर्ने सो तेललाई दुगडका विभिन्न बिक्री केन्द्रले २ सय ७५ रुपैयाँमा बिक्री गरेको पाइएको हो ।
त्यसैगरी प्रतिलिटर १ सय ५८ रुपैयाँ पर्ने धारा हेल्थ तेललाई ३ सय २० रुपैयाँमा बिक्री गरेको प्रमाण अदालतमा पेस भएको छ । त्यसो त अदालतमा साक्षीको बयान र प्रहरीले छापा मारी सप्रमाण पेस गरेको मूल्यसूचीमा सनफ्लो सनफ्लावरको पाँच लिटरको जरकिन तेललाई तत्कालको बजार मूल्यभन्दा ४ सय ५० रुपैयाँ बढी लिएर बिक्री गरेको, आमा तोरीको तेलमा प्रतिलिटर १ सय ६४ रुपैयाँ वास्तविक मूल्यभन्दा बढी लिएको, १ हजार ९ सय ८६ रुपैयाँ तत्कालीन बजार मूल्यको १५ लिटरको स्वस्तिक सोयाबिन तेललाई ३ हजार ९ सय रुपैयाँमा बिक्री गरेको प्रमाणसमेत अदालतमा पेस भएको छ ।
त्यसैगरी पाँच लिटरको धारा तोरी तेलमा खुद्रा मूल्यभन्दा ४ सय ६० रुपैयाँ बढी लिएर बिक्री गरेको, प्रतिलिटर १ सय ६४ रुपैयाँ खुद्रा मूल्यको ज्ञान तोरी तेललाई २ सय ४६ रुपैयाँमा बिक्री गरेको सबुत प्रमाण र साक्षीको बयानसमेत अदालतमा पेस भएको छ ।
सो अवधिमा मात्र खाने तेलमा वास्तविक मूल्यभन्दा बढी लिएर विभिन्न डिपोबाट ९ करोड ९६ लाख १३ हजार ४ सय २० रुपैयाँ उपभोक्ताबाट असुल गरेको अदालतमा पेस भएको प्रमाण र साक्षीको बयानले देखाउँछ ।
अदालतले पक्राउ गर्न आदेश दिएको एक वर्षसम्म पक्राउका लागि सम्बन्धित निकायले चासो नदेखाएपछि दुगडको कालोबजारीको मारमा परेका स्थानीय टोलसुधार समिति र व्यवसायीले समेत अदालतसम्म पुगेर चासो देखाएका छन् । दुगडको कोटेश्वरस्थित बिक्री डिपोमा भएको कालोबजारीविरुद्ध उजुरी गरेका विद्यानगर टोल सुधार समिति र जडीबुटी व्यवसायी एकता संघले पक्राउमा चासो नदेखाएको भन्दै दबाब दिएका छन् । उनीहरूले दुगडको कालोबजारीप्रति निरन्तर खबरदारी गर्दै आएका छन् भने कोटेश्वरस्थित डिपो आसपासका किरानालगायत २२ भन्दा बढी खुद्रा बिक्रेताहरूले समेत प्रहरी कार्यालय र अदालतमा पक्राउबारे बारम्बार चासो राख्दै आएका छन् ।
स्थानीय व्यापारीका अनुसार दुगडले अधिकांश डिपोमा विदेशी नागरिकलाई प्रमुख बनाएर राख्ने गरेको र उनीहरूबाट नेपाली कामदारहरूको चरम शोषण हुने गरेको छ । मातहतका कर्मचारीलाई प्रलोभन र धम्की दिएर म्याद नाघेका विभिन्न ब्रान्डका तेलको लेवल र मिति परिवर्तन गर्न लगाई म्याद नाघेका तेल बिक्रीका लागि बजारमा पठाउने गरेको स्थानीय व्यापारी बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: