फाल्गुन २३ गते, २०७३ सोमवार 6th March, 2017 Mon०६:३९:३० मा प्रकाशित
काठमाडौं, २३ फागुन । पोलियो खोप कार्यक्रममा अवरोध गर्ने १८ कर्मचारी निलम्बनमा परेका छन् । कर्मचारीले स्वास्थ्य संस्था र खोप भण्डारण कक्षमा समेत तालाबन्दी गरेकाले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– नियमित तालिकाअनुसार ललितपुर, भक्तपुरसहित तराईका १५ जिल्लामा पाँच वर्षमुनिका १६ लाख १२ हजार ३ सय १५ बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम थियो । ७ र ८ फागुनमै पोलियो थोपा खुवाउने भनिएको थियो । तर, कर्मचारीले स्वास्थ्य संस्थामा तालाबन्दी तथा औषधि ढुवानीमा अवरोध गरेपछि दुईपटक मिति सारिएको थियो ।
स्वास्थ्य मन्त्रालयले ७ र ८, १३ र १४ र २१ र २२ फागुनमा पोलियो थोपा खुवाउने तयारी गरेको थियो । स्वास्थ्यमन्त्री गगन थापाले पोलियो खोप अभियानमा अवरोध पु¥याउने कर्मचारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । तैपनि अवरोध गरेर बालबालिकाको स्वास्थ्य र जीवनमाथि खेलबाड गरेको भन्दै स्वास्थ्य मन्त्रालयले अवरोध गर्ने कर्मचारीलाई निलम्बन गरेको हो । स्वास्थ्य मन्त्रालयले मनपरी भएको भन्दै बर्खास्तसमेत गर्ने गरी कर्मचारीहरूको सूची बनाउन थालेको स्वास्थ्यमन्त्री गगन थापाले बताए ।
मन्त्रालयले आचारसंहिताविपरीत गतिविधि गर्ने कर्मचारीलाई कारबाही गर्न निर्वाचन आयोगसँग परामर्शसमेत लिएको छ । निलम्बनमा परेका कर्मचारीलाई विभागीय सजाय गर्नु नपर्ने कारण भए तीन दिनभित्र स्पष्टीकरण पेस गर्न मन्त्रालयले आइतबार सूचनासमेत जारी गरेको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७८(३) र निजामती सेवा ऐन २०४९ को दफा ६४ (३) अनुसार १८ कर्मचारी निलम्बनमा परेका हुन् ।
अवरोध गर्ने कर्मचारीलाई बर्खास्तको तयारी
कर्मचारी बर्खास्त गर्ने विषयमा लोकसेवा आयोगसँग पनि परामर्श लिइने मन्त्रालयले जनाएको छ । सरकारी अभियानमा अवरोध गर्ने र राज्यमाथि नै चुनौती दिने हिसाबले विभिन्न गतिविधि गरिरहेको प्रमाणका आधारमा उनीहरूलाई सेवाबाट बर्खास्त गर्न लोकसेवासँग परामर्श लिन लागिएको स्रोतले बतायो ।
स्वास्थ्य सेवा ऐनको दफा ७४ मा सेवाबाट हटाउने वा बर्खास्त गर्ने विषय उल्लेख छ । कर्मचारीले लापरबाही वा बदनियतले काम गरेमा, आफ्नो पदको जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा, बारम्बार अनुशासनहीन काम गरेमा बर्खास्त गर्न सकिने प्रावधान छ । कार्यालय समयमा बारम्बार मादक पदार्थ सेवन गरेमा, राजनीतिमा भाग लिएमा पनि सरकारले चाहेमा बर्खास्त गर्न सक्ने व्यवस्था ऐनमा छ ।
सप्तरीका जनस्वास्थ्य प्रमुख सम्पर्कविहीन
सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा। नागेन्द्र चौधरी दुई दिनदेखि सम्पर्कविहीन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पोलियो थोपा खुवाउने अभियान सञ्चालन गर्न १५ जिल्लाका जनस्वास्थ्य प्रमुखलाई मन्त्रालयले परिपत्र जारी गरेपछि चौधरी कुनै निकायलाई जानकारी नदिई सम्पर्कविहीन बनेका हुन् । सप्तरीमा खोप सञ्चालन अवस्थाबारे चौधरीलाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएपछि अपहरणको आशंकामा मन्त्रालयले प्रहरीलाई खोजी गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनी कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।
दाताका गाडीबाट औषधि ढुवानी
कर्मचारीले असहयोग गरेपछि पोलियो खोप अभियान सफल बनाउन दाताहरूको सवारीसाधन प्रयोग गरिएको बालस्वास्थ्य महाशाखाका निर्देशक डा. विकास लामिछानेले बताए । उनले भने, ‘जति समय लागे पनि लक्षित बालबालिकालाई पोलियो थोपा खुवाउँछौँ । यसका लागि तर्राइका जिल्लामा औषधि पु¥याउन दाताका गाडी परिचालन भएका छन् ।’ तराईका जिल्लामा विश्व स्वास्थ्य संगठन र बालस्वास्थ्य महाशाखाका निर्देशक चढ्ने गाडी पोलियो थोपाको औषधि ढुवानीमा प्रयोग भएको छ । डा. लामिछाने सुनसरीबाट औषधि बोकेर बारा र धनुषा गएका छन् । संखुवासभालाई पोलियोमुक्त जिल्ला घोषणा गर्न खाँदबारी पुगेका उनलाई कर्मचारीले अवरोध गरेका थिए । खोप अभियान सुनसरी, सिरहा, सप्तरी, महोत्तरी, धनुषा, रौतहट, पर्सा, बारा, बा“के, कपिलवस्तु, बर्दिया, कैलाली, काठमाडौं, ललितपुर र भक्तपुरमा पोलियो खोप कार्यक्रम सञ्चालन गरिएको छ ।
स्वास्थ्यका कर्मचारी किन आन्दोलित ?
स्वास्थ्य ऐन कार्यान्वयनको माग गर्दै देशभरिका स्वास्थ्यकर्मी गत १९ पुसदेखि आन्दोलित छन् । स्वास्थ्य ऐनको दफा ९ (ख) कार्यान्वयन तथा व्यवस्थापनमा ढिलासुस्ती गरेको स्वास्थ्यकर्मीको आरोप छ । चौथो तहमा प्रवेश गरेका अहेबहरू स्वतः बढुवा भई छैटौ“ तहमा पुगेका छन् । उनीहरूले स्वास्थ्य चौकीको इन्चार्ज आफै“ हुन पाउनुपर्ने माग राख्दै आएका छन् । जबकि, स्वास्थ्य चौकीमा उनीहरूभन्दा बढी शैक्षिक योग्यता भएका एचए इन्चार्ज हुने व्यवस्था छ । अहिले जिल्ला जनस्वास्थ्य कार्यालयमुनिका स्वास्थ्य संस्थामा पाँचौँ तहका कर्मचारी प्रमुख छन् । छैटौँ तहका कर्मचारीले आफूहरू कार्यालय प्रमुख बन्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
खोप सञ्चालन गर्न ट्रेड युनियनको अपिल
आन्दोलनरत कर्मचारीका ६ वटा ट्रेड युनियनले पोलियो थोपा खुवाउने अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीलाई अपिल गरेका छन् । मन्त्रालयले सेवाबाट बर्खास्त गर्ने अभियान थालेलगत्तै ट्रेड युनियनले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी हुन विज्ञप्तिमार्फत आह्वान गरेको हो । ट्रेड युनियनकर्मीले पोलियो खोप अभियानका क्रममा प्रहरी परिचालन गरी व्यापक धरपकड गरेको विषयमा आपत्ति जनाएको छ ।
पक्राउ गर्न गृहको निर्देशन
स्वास्थ्यमन्त्री गगन थापाले अनावश्यक माग राखेर स्वास्थ्य कार्यालय तथा खोप भण्डारण कक्षमा कर्मचारीले लगाएको ताला फोर्न गृह मन्त्रालयलाई आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृहले पनि आन्दोलन गर्ने, ताला लगाउने र पोलियो खोप अभियान बिथोल्नेलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । प्रहरीले केही जिल्लाका कार्यालयमा लगाएको ताला फोरेको छ । बाल स्वास्थ्य महाशाखाका निर्देशक डा। विकास लामिछानेले सप्तरी र पर्सामा पोलियो खोप अभियान सञ्चालन हुन नसकेको र बाँकी १३ जिल्लामा सुरु भएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: