Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

स्थानीय तह ७४४

\"\"काठमाडौं, २३ फागुन । सरकारले स्थानीय तहको संख्या सात सय ४४ कायम गरेको छ । यसअघि पुनः संरचना आयोगले सात सय १९ स्थानीय तह कायम गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– उम्मेदवारी मनोनयन गर्ने बेलासम्म पनि स्थानीय तहको संख्या घटबढ गराउन, सीमांकनमा आउने गुनासा सम्बोधन गर्नसक्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदलको सिफारिसअनुसार मन्त्रिपरिषद्को आइतबार सिंहदबारमा बसेको बैठकले स्थानीय तहको संख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको हो । मन्त्री पाण्डेका अनुसार दुई नम्बर प्रदेशमा २१, मनाङमा एक, बझाङमा एक र काठमाडौंमा दुई स्थानीय तह थपिएका छन् । काठमाडौंमा शंखरापुर र दक्षिणकाली, बझाङमा काँडा गाविसलाई छुट्टै स्थानीय तह बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले नुवाकोट जिल्ला प्राविधिक समितिको सिफारिसअनुसार स्थानीय तह निर्धारण गरेको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै मान्यता दिएको छ । ‘अब यसलाई छिट्टै राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई दिइन्छ\', मन्त्री पाण्डेले भने, ‘राजनीतिक समझदारीमा स्थानीय तहको संख्या र संरचनामा सरकारले आवश्यक ठानेमा थप गर्न सक्ने निर्णय पनि गरिएको छ ।\' मधेसकेन्द्रित दलहरूलाई आगामी वैशाख ३१ का लागि घोषित स्थानीय तहको निर्वाचनमा सहभागी गराउन उनीहरूसँगको छलफललाई निरन्तर अगाडि बढाइने मन्त्री पाण्डेले बताए । स्रोतका अनुसार बैठकमा स्थानीय तहको संख्याका बारेमा मन्त्रीहरूबीच घोचपेच र आफ्नो अनुकूलतामा केन्द्रित रहेर तर्क गरिरहेका थिए । नुवाकोटको सीमांकन विवादमा सहरी विकासमन्त्री अर्जुननरसिंह केसी र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतबीच चर्काचर्की मतभेद पोखिएपछि यातायात तथा भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले व्यक्तिका स्वार्थभन्दा माथि उठेर सैद्धान्तिक विषयमा छलफल गरी निष्कर्षमा पुग्न मन्त्रीहरूको ध्यानाकर्षण गराएका थिए । ‘कोही हेडमास्टर र कोही विद्यार्थी छैनौं । हामी सबै समान हैसियतका मन्त्री हौं । आफ्नो जिल्ला र क्षेत्रभन्दा माथि उठेर निर्णय गरांै\', मन्त्री लेखकले बैठकमा भनेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन नै हुने वा नहुने आशंका मेटाउन मन्त्रीहरूलाई गाउँगाउँमा गएर निर्वाचनको वातावरण बनाउन अपिल गरेका थिए । मन्त्रीहरूले निर्वाचन आयोगले सदरमुकामभन्दा बाहिर कुनै पनि मन्त्री जान नपाउने, गएमा निर्वाचन आचारसंहिता लाग्ने, आचारसंहिता उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिबाना र तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गराएको र आफूहरूका पूर्वनिर्धारित जिल्ला भ्रमणमा जाने कार्यक्रम रोक्नुपरेको गुनासो गरेपछि प्रधानमन्त्री दाहालले निर्वाचन आचारसंहितालाई खुकुलो बनाउन आफूले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग छलफल गर्ने आश्वासन दिएका थिए । ‘राज्य र पदको दुरुपयोग नहोस् भन्ने कुरा हो । त्यसो भन्दैमा राजनीतिक दलका नेता, मन्त्री र सांसदहरू नै फिल्डमा नगईकन निर्वाचन आयोगले पठाएका केही स्वयंसेवक र पर्चापोस्टरले निर्वाचनको वातावरण बन्दैन । आचारसंहिता सच्याउन म निर्वाचन आयुक्तहरूको ध्यानाकर्षण गराउनेछु\', प्रधानमन्त्री प्रचण्डले बैठकमा भनेका थिए । यसैगरी राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा करारमा कर्मचारी भर्ना गराउन उक्त केन्द्रले गरेको विज्ञापनका बारेमा प्रमुख प्रतिपक्षी दल एमालेले आयोगमा उजुरी गरेपछि आइतबार नै आयोगले स्वास्थ्य मन्त्रालयलाई उक्त विज्ञापनको प्रक्रिया रोक्न पत्र पठाएको जानकारी बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले गराएका थिए । निर्वाचनको तयारीमा जुटिरहेको बेला बन्द, हडताल र सरकारी काममा कुनै बाधाअवरोध नगर्न सरकारी कर्मचारीलाई निर्देशन दिइएको मन्त्री पाण्डेले बताए । स्वास्थ्य क्षेत्रका कर्मचारीले पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रममै अवरोध गरेपछि सरकारले त्यस्तो निर्देशन दिएको शिक्षामन्त्री धनीराम पौडेलले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy