फाल्गुन २३ गते, २०७३ सोमवार 6th March, 2017 Mon०७:३३:१८ मा प्रकाशित
काठमाडौं, २३ फागुन । व्यापारी अपहरणमा संलग्न भएको आरोपमा प्रहरीको खोजी सूचीमा रहेकी युवती मृत अवस्थामा भेटिएकी छिन् । उनको हत्या भएको प्रहरीको आशंका छ ।
आजको नयाँ पत्रिकामा खबर छ– भक्तपुरको मुहानपोखरीमा गाडेको अवस्थामा धादिङ धार्के घर भएकी राधिका सुनुवार श्रेष्ठको शव शनिबार भेटिएको हो । पानीको मुहानका लागि खाल्डो खनिएको ठाउँमा श्रेष्ठको शव भेटिएको भक्तपुरकी प्रहरी प्रमुख एसपी किरण रानाले बताइन् । स्काभेटर लिएर माटो खन्न त्यहाँ गएका एक व्यक्तिले माटोको थुप्रोमा हात देखेपछि प्रहरीलाई खबर गरेका थिए । आइतबार परिवारले मृतकको सनाखत गरी जाहेरी दिएको एसपी रानाले बताइन् ।
चेक साट्न जाँदा गिरोहका दुईजना पक्राउ
पछि कोठाभित्रबाट ढकढक गरिएको आवाज आएपछि होटेलका कर्मचारीले ढोका खोल्दा अग्रवाल भेटिएका थिए । गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । मुख्य नाइकेहरू भने फरार छन् । अग्रवालबाट लिएको आठ लाख रुपैयाँको चेक साट्न जाने क्रममा दुई युवकलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीलाई बताइदिने डरले अपहरणकारी समूहले नै सम्झनाको हत्या गरेको प्रहरी आशंका छ ।
कल डिटेल नपाउँदा अपहरणकारी भागे
अदालतको आदेशमा मात्र प्रहरीले कल डिटेल हेर्न पाउने व्यवस्थाले अग्रवाल अपहरणका अभियुक्त सजिलै भाग्न सफल भएका हुन् । ४ फागुनमा अग्रवालको अपहरण भएकामा ५ गते सा“झ मात्र प्रहरीले कल डिटेल पाएको थियो । सोही घटनाबाट प्रहरीले उपत्यकामा पहिलोपटक अदालतबाट आदेश लिएर फोनको कल डिटेल, एसएमस डिटेल तथा लोकेसन हेर्न थालेको हो ।
अनुसन्धानका लागि अदालतले म्याद थप गरेजस्तै अदालतबाट कल डिटेलका लागि अनुमति लिएर अनुसन्धान थाल्दा ढिला भएको र अपराधी फरार भइसकेको प्रहरी अधिकारीहरूको भनाइ छ । तर, गोपनीयताको कारण देखाउँदै अदालतले यस्तो आदेश दिएको हो । कल डिटेलको दुरुपयोग रोक्न बलियो संयन्त्र बनाउनुपर्ने भए पनि अदालतको आदेश कुर्नुपर्दा अनुसन्धान प्रभावित हुने प्रहरी अधिकारीहरूले जनाएका छन् । ‘गम्भीर घटनाको अनुसन्धानमा तत्काल कल डिटेल चाहिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘तर, कुनै–कुनै वेला अदालतबाट आदेश लिन दुई–तीन दिनसम्म कुर्नुपर्ने हुन्छ, त्यस्तो वेला अनुसन्धान प्रभावित हुन्छ, अपराधी फरार भइसक्छ ।’
युवतीकै सहयोगमा भएको थियो अपहरण
सम्झनाले भेट्न बोलाएपछि मखनमा सारीपसल चलाउँदै आएका न्युरोडका श्यामसुन्दर अग्रवाल गत ४ फागुनमा होटेल गएका थिए । त्यसक्रममा होटेलमा रहेका तीन युवकले उनलाई नियन्त्रणमा लिई हातखुट्टा बाँधेर पैसाको बार्गेनिङ गरेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले सम्झनाको खोजी गरिरहेको थियो । अपहरणअघिसम्म अग्रवालकै पसलमा सम्झना काम गर्थिन् । त्यसैले सम्झनालाई प्रयोग गरी एक समूहले अग्रवालको अपहरण गरेको थियो । त्यसक्रममा अपहरणकारीले सुन्धाराको सनराइज गेस्टहाउसमा ६ घन्टा बन्धक बनाई नगद र चेक गरी करिब नौ लाख रुपैयाँ असुल गरेका थिए । ७२ हजार रुपैयाँ नगद र आठ लाख रुपैयाँको चेक लिएपछि हातखुट्टा र मुखमा पट्टी बाँधिएकै अवस्थामा अग्रवाललाई होटेलको कोठामा थुनेर अपहरणकारी भागेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: