Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

सप्तरीमा यसरी चल्यो गोली

\"\"काठमाडौं, २४ फागुन । एमालेले मेची–महाकाली अभियान घोषणा गरेदेखि नै मधेसी मोर्चाले अवरोध गर्ने चेतावनी दिएको थियो । २१ फागुनमा काँकडभिट्टामा अभियान उद्घाटन भए पनि १९ फागुनदेखि नै सप्तरीमा अवरोधको तयारी भएको थियो । संविधान संशोधन गर्न नदिएर एमालेले मधेसी जनताको अधिकारलाई कुल्चिएको भन्दै मोर्चाले गाउँगाउँमा मसाल जुलुससहित भण्डाफोर अभियान चलाएको थियो । एमालेको प्रचारात्मक कार्यक्रमलाई पनि अवरोध गर्दै शुक्रबार बिहान पार्टीका जिल्ला उपसचिव प्रतापनारायण चौधरीलाई मोसो दलिएको थियो । दिउँसो पार्टी सचिव शम्भु यादवको झोला खोसिएको थियो । सोही दिन एमाले सांसद रञ्जु ठाकुर चढेको गाडीमाथि ढुंगामुढा भएको थियो । तर, शनिबार भने मोर्चाका नेताहरू अवरोधको तयारी गर्न गाउँतिर गए, सहर शान्त थियो । आजको नयाँ पत्रिकामा खबर छ– आइतबार बिहानदेखि टायर बाल्दै एमालेविरुद्ध प्रदर्शन सुरु भयो । राजविराजको कार्यक्रम बिथोलिने निश्चितजस्तै भएपछि एमालेले तीन किलोमिटर उत्तर औद्योगिक क्षेत्रमा सार्ने निर्णय गर्‍यो । तर, सरकारी स्वामित्वमा रहेको औद्योगिक क्षेत्रमा कुनै पनि दलले अहिलेसम्म कार्यक्रम नगरेकाले अब पनि गर्न पाइँदैन भन्दै नाराबाजी भयो । औद्योगिक क्षेत्रको गेटमा तालाबन्दी पनि गरियो । औद्योगिक क्षेत्रमा आइतबारदेखि नै सुरक्षाकर्मी परिचालन भएका थिए । तर, सोमबार बिहान सो क्षेत्र पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा थियो । बिहानैदेखि राजविराज, भारदह, कञ्चनपुर, रुपनीमा मोर्चाका कार्यकर्ताले टायर बालेर लाठीसहित प्रदर्शन गरिरहेका थिए । ९ बजेसम्म एमालेले कार्यक्रम गर्ने कि नगर्ने भन्ने अन्योल थियो । ९ बजेपछि मात्र मञ्च बनाउन सुरु भयो । एमालेले भारदह–हनुमाननगर–राजविराज आउने रुटलाई परिवर्तन गरेर भारदह–कञ्चनपुर–रुपनी हुँदै औद्योगिक क्षेत्र प्रवेश गर्ने नयाँ रुट बनायो । कार्यक्रम हुने निश्चित देखेपछि मोर्चाका प्रदर्शनकारी गाउँगाउँबाट ओइरिन थाले । सुनसरी इनरुवाको कार्यक्रम सकेर एमालेको र्‍याली सप्तरी प्रवेश ग¥यो । भारदहमा सुरक्षा घेराभित्र रहेका मोर्चाका कार्यकर्ताले कालोझन्डा देखाए । तर, झडप भएन । ¥याली कञ्चनपुरतर्पm अघि बढ्यो, जहाँ कालोझन्डा देखाउने मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गर्दा तीनजना घाइते भए । तर, र्‍याली विनाअवरोध अगाडि बढ्यो । करिब ४ बजे एमालेको र्‍याली सप्तरीको बसबिट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र प्रवेश गर्‍यो । त्यतिवेलासम्म सप्तरीका विभिन्न क्षेत्रबाट आएका मोर्चाका कार्यकर्ता सभास्थलनजिक पुगिसकेका थिए । तर, उनीहरूलाई प्रहरीले औद्योगिक क्षेत्रबाट दक्षिण राजविराजतर्फ नै रोकिराखेको थियो । सभा सुरु भएपछि केही प्रदर्शनकारी सभास्थलको पूर्वपट्टि दुई सय मिटरनजिक गहुँ खेतमा आएर कालोझन्डा देखाउँदै नाराबाजी गर्न थाले । प्रहरीले पटकपटक लाठीचार्ज गरेर प्रदर्शनकारीलाई तितरबितर गर्‍यो । उनीहरूले फेरि जम्मा हुँदै नाराबाजी गरिरहे । त्यहीबीचमा सद्भावना पार्टीका नेताहरू दीपेन्द्र चौधरी, किशोर यादव, लक्ष्मण यादवसहितका मधेसी अगुवालाई प्रहरीले पक्राउ पनि गर्‍यो । तर, मोर्चाका कार्यकर्ताको प्रदर्शन थामिएन । उता, नेताहरूले भाषण गरिरहेका थिए । माधव नेपाल सुरुमा बोले । त्यसपछि भर्खरै केन्द्रीय सदस्यमा मनोनीत लालबाबु यादव र स्थायी समिति सदस्य सत्यनारायण मण्डल बोले । उनीहरूले पाँच–सात मिनेटका दरले मात्र समय लिए । मोर्चाका कार्यकर्ता सभास्थलको ठीक पूर्वतर्फ राजविराज–रुपनी सडकसम्म आएर टायर बाल्दै प्रदर्शन बढाउँदै थिए । उनीहरूलाई नेपाल प्रहरीको दुई र सशस्त्र प्रहरीको एक गरी तीन घेरामा रोकेर राखिएको थियो । योबीचमा मोर्चा कार्यकर्ता र प्रहरीबीच ढुंगा हानाहान भइरहेको थियो । प्रहरीतर्फबाट एमालेका स्वयंसेवकले पनि मोर्चा कार्यकर्तातर्फ ढुंगाबाटै जवाफ फर्काइरहेका थिए । अन्त्यमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन सुरु गरे । ‘दुई–चारजनाले कालोझन्डा देखाउँदैमा एमाले डराउनेवाला छैन, कालोझन्डा देखाएर देश बन्दैन, देश बनाउने हो भने रातोझन्डामुनि आऊ, म आग्रह गर्दछु,’ ओलीको भनाइ यस्तै थियो । उनले बोलिरहँदा करिब पौने पाँच बजेको थियो । ओलीले सभालाई सम्बोधन गर्न थालेपछि थप आक्रोशित बनेका मोर्चाका कार्यकर्ता सभास्थलतर्फ अगाडि बढ्न खोज्दा सुरक्षाकर्मीले सयौँ राउन्ड अश्रुग्यास प्रहार गर्‍यो । तर, स्थिति नियन्त्रण भएन । त्यसपछि प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको मोर्चाले जनाएको छ । १२ जना गम्भीर घाइते छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले गोली चलाएको बताएका छन् । प्रदर्शनकारीको ढुंगा लागेर दुई–तीनजना सुरक्षाकर्मीसमेत घाइते भएको उनको भनाइ छ । तर, प्रहरीले पानीको फोहोरा हान्न वारुणयन्त्र पनि नचलाई गोली चलाएको आन्दोलनकारीको गुनासो छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy