Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मोर्चाको समर्थन फिर्ता

\"\"काठमाडौं, २४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– मोर्चाका नेताहको सोमबार राती बसेको बैठकले प्रचण्ड नेतृत्वमा साउन १९ गते गिठित सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस सम्बन्धमा मंगलबार प्रधानमन्त्रीसँग औपचारिक भेट गरी लिखित पत्रसहित जानकारी गराउने मोर्चाले जनाएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्य्र यादवको अध्यक्षतामा बसेको बैठकले सोमबार दिउँसो सप्तरीको राजविराजमा भएको घटनाको समीक्षा गर्दै त्यसको सम्पूर्ण जिम्मेवार एमाले भएको निर्णय गरेको छ । राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले भने, ‘हामीले सात महिनाअघि दाहाल सरकारलाई दिएको समर्थन मंगलबारबाट फिर्ता लिने भएका छौं ।’ मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीमगरलाई पनि दिने भएको छ । मोर्चामा अहिले संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र सद्भावना पार्टी छन् । मोर्चाले सप्तरीमा भएको घटनामा चारजनाको निधन र दर्जनौं मधेसी गम्भीर घाइते भएकोमा मंगलबार र बुधबार दुई दिन तराई बन्दको घोषणासमेत गरेको छ । मोर्चाले सञ्जय मेहता, दिगम्बर यादव, पिताम्बरलाल मण्डल र आनन्द साहको हत्या र दर्जनौं घाइते भएकोमा दुःख व्यक्त गरेको छ । सरकारको यस्तो अलोकतान्त्रिक र गैरजिम्मेवारी कार्यप्रति मोर्चाले खेद व्यक्त गरेको छ । एमालेका केही शीर्ष नेताले मधेस र मधेसीविरुद्ध निरन्तर रूपमा रूखो व्यवहार गरेको, मधेसी समुदायलाई अपमानित गरेको र होच्याउने, भड्काउने तथा उत्तेजक अभिव्यक्ति दिँदै आएको भन्दै मोर्चाले सोमबारको घटना त्यसैको परिणाम भएको निष्कर्ष निकालेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy