Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

सर्वोच्चलाई प्रधानमन्त्रीको जबाफ : ‘हस्तक्षेप भए काम गर्न सकिँदैन'

\"\"काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतलाई लिखित जबाफ पठाउँदै शक्ति पृथकीकरणमा हस्तक्षेप भए संविधान र कानुनबमोजिमको कर्तव्य पालना गर्न नसक्ने विडम्बनापूर्ण स्थिति आउने बताएका छन् । निर्णय हुनुभन्दा अघि नै कार्यकारी (सरकार) ले गर्न लागेको काममा अविश्वास र आशंका उठाएर अदालतमा विवाद सिर्जना गर्ने र प्रभावित पार्ने कार्य रोक्नसमेत दाहालले माग गरेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यकारिणी अधिकार प्राप्त नेपाल सरकार (मन्त्रिपरिषद्) ले मुलुकको शान्ति र सुव्यवस्था कायम गर्ने आफ्नो जिम्मेवारी र कर्तव्यलाई प्रभावकारी रूपमा सम्पादन गर्न उपयुक्त र सक्षम व्यक्तिलाई आईजीपीमा बढुवा गर्न पाउनुपर्ने जबाफमा उल्लेख छ । सर्वोच्चले मागेअनुरूप मंगलबार पाँच पृष्ठ लामो जबाफ पठाउँदै प्रधानमन्त्री दाहालले यस्तो चिन्ता जनाएका हुन् । कार्यकारीको काममा न्यायपालिकाबाट हस्तक्षेप भए शान्ति, सुरक्षाजस्तो संवेदनशील विषयमा असर पुग्ने भएकाले रिट खारेज गर्नसमेत माग गरिएको छ । प्रधानमन्त्रीले संविधानको धारा ७५ अनुरूप मुलुकको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित रहेकोतर्फ ध्यानाकर्षण पनि गराएका छन् । जबाफमा सर्वोच्चबाटै स्थापित नजिर, अन्तर्राष्ट्रिय मान्यता र विगत अभ्यासबाट आईजीपी नियुक्ति गर्ने विषय कार्यकारी (सरकार) को अधिकार रहेको दाबी प्रधानमन्त्रीको छ। प्रहरीको महानिरीक्षक पदमा नियुक्ति वा बढुवाको विषय विशुद्ध ‘प्रशासनिक\' रहेको र सर्वोच्चमा दायर रिटलाई सार्वजनिक सरोकारको मान्न नमिल्ने दाबीसमेत उनको छ ।आईजीपीमा जयबहादुर चन्दको नियुक्ति गर्ने मन्त्रिपरिषद्को फागुन १ को निर्णयपछि त्यसलाई रोक्न माग राखेर दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाउँदै प्रधानमन्त्रीसँग लिखित कारण माग गरेको थियो । ‘कार्यकारिणी निकायले कानुनले दिएको अधिकार प्रयोग गरी नियुक्ति वा बढुवा गर्न लागेको विषयमा त्यसरी नियुक्ति वा बढुवा गर्नुअघि नै कार्यकारिणी निकायप्रति अविश्वास एवं आशंका गरी वा कार्यकारिणी निकायबाट कुनै व्यक्तिलाई नियुक्ति वा बढुवा गराउने वा नगराउने, बढुवामा प्रभाव पार्ने आशयले सार्वजनिक सरोकारका नाममा अदालतमा रिट निवेदन दिई विवाद सिर्जना गर्नेगराउने हो भने कार्यकारिणीले संविधान वा कानुनबमोजिम आफ्नो कर्तव्य पालना नै गर्न नसक्ने विडम्बनापूर्ण स्थिति आउने हुन्छ\', स्पष्ट शब्दमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘शक्ति पृथकीकरण तथा सन्तुलनको सिद्धान्त समेतबाट कार्यकारिणीको क्षेत्राधिकारभित्र पर्ने विषयमा कार्यकारिणीले निर्णय गर्नुअघि नै निर्णयका बारेमा जनमानसमा शंका र अविश्वास पैदा गरी यो यस्तो निर्णय हुनुपर्ने वा होस् भन्ने मनोगत अर्थ गरी निर्णय गर्नबाट रोक्ने वा निर्णयकर्तालाई प्रभावित गर्ने गरी सम्मानित अदालतमा रिट दिने र सम्मानित अदालतबाट त्यस्तो रिट निवेदकको मागबमोजिम आदेश जारी गर्न मिल्ने विषय होइन ।\' प्रहरी महानिरीक्षकमा बढुवाका लागि प्रहरी नियमावलीबमोजिम योग्यता पुगेका प्रहरी नायब महानिरीक्षकमध्येबाट उपयुक्त देखेको व्यक्तिलाई बढुवा गर्न सक्ने गरी कानुनले सरकारलाई अधिकार दिएको दाबी प्रधानमन्त्रीको छ । प्रहरी नियमावलीको नियम ४१ मा उल्लिखित आधारहरूको समष्टिगत मूल्यांकन गरी मन्त्रिपरिषद्ले सामूहिक विवेक प्रयोगमार्फत मूल्यांकन गरेको अन्तरवस्तुभित्र प्रवेश गरी अदालतले निरूपण गर्ने विषय वा न्याय निरूपणको मापदण्डभित्र नपर्ने कारण जबाफमा दिइएको छ। नियमको उक्त व्यवस्थाअनुसार बढुवाका ६ वटा आधार रहेको, ती आधारमध्ये प्रत्येक आधारको समान मूल्य र महत्वव रहेकाले ज्येष्ठतालाई मात्र पूर्ण र अन्तिम आधार मान्न नमिल्ने जिकिर प्रचण्डको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy