Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

नेपालमा वार्षिक ८४ अर्ब टेलिफोन खर्च, इन्टरनेटमा मात्रै १५ अर्ब

\"\"काठमाडौं, २६ फागुन । नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को छ। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन् । एनसेलले आर्थिक वर्ष ०७२/७३ मा गरेको कुल ५५ अर्ब ४२ करोडको आम्दानीमा ४७ अर्ब ३९ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ । नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ । दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलको प्रमुख बजार छ । यी दुई कम्पनीको सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३७ करोड रुपैयाँ छ । भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवाप्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्रै छ । दूरसञ्चार सेवाप्रदायकमा एनसेल र टेलिकम, युटिएल, स्मार्ट टेलिकम, एसटिएम टेलिकम र नेपाल स्याटलाइट छन् । प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति दिएका यी ६ वटा कम्पनीको टेलिफोन तथा सिमकार्ड वितरण गरेको आधारमा ग्राहक संख्या भने ३ करोड ३० लाख छ । यो संख्यामा मोबाइल सेवाका ग्राहक मात्रै ३ करोड १३ लाख छन् । पछिल्लो समय मोबाइल सेवाको प्रयोग बढेको र नेपालीको खर्च पनि मोबाइलकै कारण टेलिफोनमा बढिरहेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार नेपालमा यो क्षेत्रबाट हुने वार्षिक आम्दानीको आकार करिब १ खर्ब रुपैयाँको छ । यो रकममा सबैभन्दा ठूलो हिस्सा भ्वाइसकै छ । अन्तर्राष्ट्रिय प्रचलन भने भ्वाइसभन्दा इन्टरनेट प्रयोगकर्ता बढी हुन्छन् । विकसित मुलुकमा धेरै सेवा इन्टरनेटका माध्यमबाट हुने भएकाले पनि डाटामा बढी खर्च गर्छन् । नेपालमा डाटा प्रयोगकर्ता विस्तारै बढ्न थाले पनि अझै भ्वाइसकै बजार हिस्सा प्रमुख छ । इ–गभर्नेन्सको प्रयोग बढ्ने, सबै सेवा इन्टरनेटबाटै हुने र सेवाप्रदायकले डाटाकै माध्यमबाट विश्वास जित्न सक्दैनन् तबसम्म भ्वाइसको डोमिनेट रहने प्राधिकरणको भनाइ छ । भ्वाइस सेवामा टेलिकम र एनसेलपछि युनाइटेड टेलिकम लिमिटेड (युटिएल) मा भएको खर्च ४ करोड ८८ लाख छ भने स्मार्ट टेलिकममा भएको खर्च ८८ करोड ७५ लाख रुपैयाँ छ । स्मार्ट टेलिकमले गत वर्ष ०७२/७३ मा भ्वाइस र डेटामा गरी कुल १ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकले देखाएको छ । स्मार्टका सेवाग्राहीको संख्या १४ लाख ४३ हजार छन् । स्मार्टको १ लाख १७ हजार डाटा प्रयोगकर्ता छन् । स्मार्टको डाटा सेवा भने ग्रामीण क्षेत्रलाई केन्द्रित गरी प्रयोगमा आएको छ । स्मार्ट टेलिकमले गर्त वर्ष गरेको कुल आम्दानीको २० प्रतिशत डाटामा रहेको अनुमानका आधारमा यसको भ्वाइस र डाटाको आम्दानी अनुमान गरिएको छ । इन्टरनेटमा मात्रै १५ अर्ब विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी) र दूरसञ्चार कम्पनीले दिएको डाटा सेवाको प्रयोग गरी नेपालीले इन्टरनेटमा वार्षिक १५ अर्ब ३५ करोड रुपैयाँ खर्च गर्ने गरेका छन् । यो खर्चमा पनि स्मार्ट टेलिकमले ग्रामीण क्षेत्रमा दिएको डाटा सेवामा उसको कुल एक अर्ब १० करोड रुपैयाँको आम्दानीको २० प्रतिशतका दर अनुमान गरिएको छ । इन्टरनेट सेवामा नेपालीले सबैभन्दा बढी एनसेलकै लागि खर्च गरेका छन् । एनसेलमार्फत लिएको डाटामा नेपालीले गत वर्ष ८ अर्ब ३ करोड रुपैयाँ खर्च गरेका छन् । यस्तो खर्च नेपाल टेलिकमका लागि भने जम्मा ४ अर्ब ७९ करोड मात्रै छ । टेलिकमले मोबाइल इन्टरनेट, फाइवर, वाइम्याक्स तथा इभिडोसहितबाट सेवा दिए पनि यसको डाटामा एनसेलको तुलनामा करिब आधा रकम मात्रै बजार हिस्सा छ । प्राधिकरणबाट ६५ वटा इन्टरनेट सेवाप्रदायकले अनुमति पाएका भए पनि ग्रामीण दूरसञ्चार कोषमा बुझाएको रकमका आधारमा हेर्दा ३७ वटा आइएसपी मात्रै सक्रिय छन् । यी सेवाप्रदायकका लागि नेपालीले एक वर्षमा २ अर्ब २९ करोड रुपैयाँ खर्च गरेका छन् । ३७ वटा सेवाप्रदायकले इन्टरनेट सेवा दिएबापत यो आम्दानी गरेका हुन् । डाटा सेवामा युटिएलका लागि पनि नेपालीले ४ लाख ८७ हजार रुपैयाँ खर्चिएको पाइएको छ । हाल डाटा सेवाको प्रयोगकर्ता १ करोड ४४ लाख रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताको पहुँच ५४ प्रतिशतमा पुगेको छ । प्राधिकरणका प्रवक्ता अर्यालका अनुसार डाटाको बजार बढ्दै गए पनि भ्वाइसको तुलनामा गति भने सुस्त नै छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy