फाल्गुन २६ गते, २०७३ बिहिवार 9th March, 2017 Thu०७:३५:१२ मा प्रकाशित
काठमाडौं, २६ फागुन ।राजविराज घटनापछि प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता समर्थक मधेसी मोर्चाको दोहोरो चेपुवामा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजविराज घटनापछि उत्पन्न परिस्थिति विश्लेषण गर्न एमाले र मधेसी मोर्चासँग गरेको छुट्टाछुट्टै छलफलमा प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले नेतासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले सप्तरी घटना छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मुलुकको बिग्रँदो परिस्थितिलाई ध्यानमा राख्दै मेची—महाकाली अभियान अघि नबढाउन ओलीसँग आग्रह गरेका थिए ।
एमालेका नेतासँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘ओलीजी राजविराज घटना हुनुमा प्रमुख तीन दलबीचको राजनीति असहमति नै प्रमुख कारण हो ।\' यसअघि ओलीले राजविराज घटनाको छानबिन हुनुपर्ने, आक्रमकणकारीमाथि कारबाही हुनुपर्ने, स्थानीय निर्वाचन गराउने प्रतिबद्धता आउनुपर्ने, एमालेको मेची-महाकाली अभियानलाई सुरक्षा प्रदान गर्न माग राखेका थिए ।
ओलीका माग सुनेपछि प्रचण्डले भनेका थिए, ‘बरु सत्ता त्याग्छु, निर्वाचनबाट ब्याक हुन्न । राजविराज घटना राजनीतिका कारण भएको हो । त्यसका लागि प्रमुख तीन दल एक हुनै पर्छ । मेची-महाकाली अभियान रोकौं ।\'
ओलीले सत्ता पक्षले मोर्चा उचालेको भन्दै प्रचण्डसँग आक्रोश पोखेका थिए । उनले भनेका थिए, ‘हाम्रा नेता तथा कार्यकर्तालाई मोर्चाले निसाना बनायो । कार्यकर्ताको घर ध्वस्त पार्यो ।\' उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले बैठकमा एमालेजस्तो राष्ट्रवादी पार्टीले मेची-महाकाली अभियान स्थगन गर्नु राष्ट्रको हितमा हुने बताएका थिए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले देशमा सरकार भए/नभएको प्रश्न गर्दै सरकार भएको भए राजविराज घटना किन भयो भन्ने प्रश्न राख्दै २७ गतेबाटै पुनः मेची-महाकाली अभियान सुरु हुने अवगत गराएका थिए ।
‘गृहमन्त्रीलाई नत्थी लाउनुहोस्\'
कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकलगत्तै दाहाल र ओलीबीच आधा घन्टा गोप्य मन्त्रणा भएको छ । गोप्य मन्त्रणामा ओलीले प्रचण्डलाई भनेका थिए, ‘गृहमन्त्रीका सार्वजनिक भनाइ र सप्तरीको घटना मेल खाएकाले यस्ता कुरामा नियन्त्रण गर्नुहोस् । हामीले गृहमन्त्री हटाइहाल्नुस् भन्ने माग गरेका छैनौं । गृहमन्त्रीको नाकमा नत्थी लाउनुहोस् ।\'
ओलीको मागमा प्रचण्डले भनेका थिए, ‘सत्ता समीकरणको विज्ञ तपाईंले सबै बुझेकै हुनुहुन्छ । गृहमन्त्रीका भनाइप्रति मेरो पनि असन्तुष्टि छ ।\' ओलीले प्रचण्डलाई भने, ‘चुनाव कुनै पनि हालतमा हुनुपर्छ । मुलुकमा जे-जस्ता घटना घटे/घट्दै छन् तिनको उद्देश्य निर्वाचन रोक्नु हो । चुनावको पक्षमा मोर्चा छैन, कांग्रेस छ ।\'
‘चुनाव गराउँदा सत्ता ढाल्ने/ढल्ने खेल कहीँ-कतैबाट भए त्यसबाट बचाउने कार्यमा एमाले प्रतिबद्ध छ\', ओलीले भने । प्रत्युत्तरमा प्रचण्डले भने, ‘म निर्वाचनबाट कुनै हालतमा पनि ब्याक हुन्न, बरु प्रधानमन्त्रीको कुर्सीबाट राजीनामा दिन तयार छु ।\'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: