फाल्गुन २९ गते, २०७३ आइतवार 12th March, 2017 Sun०६:२२:४० मा प्रकाशित
काठमाडौं, २९ फागुन ।सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।
अाजको नयाँ पत्रिकामा खबर छ– जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । सामुदायिकको भन्दा झन्डै तेब्बर ६२ निजी विद्यालयमा २५ भन्दा कम विद्यार्थी छन् । आचार्यले भने, ‘विद्यार्थी अभावले सामुदायिकभन्दा बढी निजी विद्यालय बन्द हुने अवस्थामा छन् ।’
नियमअनुसार उपत्यका र तराईमा एक शिक्षकबराबर प्राथमिक तहमा ५० विद्यार्थी हुनुपर्छ । तर, कतिपय विद्यालयमा विद्यार्थीभन्दा शिक्षक धेरै छन् । माथिल्लो तहमा भने उपत्यकाका सामुदायिक विद्यालयमा चाप छ ।
सामुदायिकभन्दा निजीमा समस्या
काठमाडौंमा दुई सय ४५ सामुदायिक र आठ सय आठ निजी विद्यालय छन् । ८५ विद्यालयमा सय पनि विद्यार्थी छैनन् । काठमाडौंका आठ विद्यालयमा हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
निजी विद्यालय सामुदायिकभन्दा बढी समस्याग्रस्त छन् । सयभन्दा कम विद्यार्थी हुने विद्यालय संख्या एक सय ८० छ । काठमाडौंका १९ निजी विद्यालयमा मात्र हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।
सत्तल र गुठीमा चलेका विद्यालय समस्यामा
काठमाडौंमा पुराना पार्टी, सत्तल, गुठीमा सञ्चालित विद्यालय बढी समस्यामा छन् । जमिनमा विद्यालयको स्वामित्व नरहेका ती विद्यालय भूकम्पपछि झनै समस्यामा परेको जिशिअ जयप्रसाद आचार्यले बताए । विद्यार्थी संख्या कम भएका विद्यालय प्राथमिक तहका रहेको आचार्यको भनाइ छ । उपत्यकाका सहरी क्षेत्रका प्राथमिक तहका विद्यालयमा विद्यार्थी अभाव छ ।
यसकारण आकर्षण घट्यो प्राविमा
सामुदायिक विद्यालयका प्राथमिक तहमा विद्यार्थी आकर्षण घटेको छ । प्राथमिक तहमा अंग्रेजी माध्यममा मोह बढेको तथा प्रतिष्ठाको विषयसमेत बनेकाले समस्या भएको हो । निजीमा तल्लो तहमा अंग्रेजीको आधार राम्रो बनाएर माथिल्लो तहमा सामुदायिकमा भर्ना हुने प्रवृत्तिसमेत छ । सामुदायिकमा शिक्षकले पठनपाठनमा मिहिनेत कम गर्नु, बालमैत्री वातावरण कम हुनु र भौतिक वातावरणसमेत नहुने भएकाले विद्यार्थी कम भएको काठमाडौंका जिशिअ जयप्रसाद आचार्यले बताए ।
सके माथि उकास्ने, नसके गाभ्ने
जिल्ला शिक्षा कार्यालयले सकेसम्म विद्यार्थी कम भएका विद्यालयलाई माथि उकास्ने रणनीति लिएको छ । भौतिक सुविधा र शिक्षक दिएर विद्यालयको अवस्था सुधार्ने रणनीति बनाइएको जिशिअ जयप्रसाद आचार्यले बताए । ‘माथि उकास्न नसकिने सामुदायिक विद्यालयलाई आवश्यकता नभएमा राम्रा विद्यालयसँग गाभ्ने रणनीति छ,’ उनले भने, ‘निजी विद्यालय पनि समस्याग्रस्त भएकाले मर्जरमा जान जिल्ला शिक्षा कार्यालयले प्याब्सन तथा एनप्याब्सनसँग छलफल गरेको छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: