उम्मेदवारको खर्च सीमा तोकियो, कुन उम्मेदवारले कतिसम्म खर्च गर्न पाउँछन् ?
फाल्गुन २९ गते, २०७३ आइतवार 12th March, 2017 Sun०७:३२:२१ मा प्रकाशित
काठमाडौं, २९ फागुन । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूले गर्ने खर्चको सीमा तोकेको छ । शनिबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारले निर्वाचन प्रचार प्रसारलगायत कार्यमा गर्न पाउने खर्चको सीमा तोकेको हो ।
अाजको राजधानी दैनिकमा खबर छ– आयोगको मापदण्डअनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले अधिकतम ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् । मतदाता नामावली खरिद, सवारीसाधन, इन्धन, प्रचार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालनलगायत १० ओटा शीर्षकमा मात्रै खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको छ । महानगरपालिकाका वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारले भने बढीमा ३ लाख रुपैयाँ खर्च गर्न पाउनेछन् । यसैगरी उप–महानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ५ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यका लागि २ लाख ५० हजार रुपैयाँ खर्चको हद तोकिएको छ ।
नगरपालिकाका प्रमुख र उप्रमुखका लागि ४ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यका लागि २ लाख रुपैयाँ तोकिएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले बढीमा ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यले १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्णय आयोगले गरेको छ । त्यसैगरी जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा २ लाख ५० हजार र सो समितिका सदस्यले १ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने नियम बनाइएको छ ।
खर्चका १० ओटा शीर्षकमध्ये गोष्ठी तथा कार्यकर्ता परिचालन, सवारीसाधन, कार्यालय सञ्चालन र प्रचार सामग्री निर्माणमा उम्मेदवारले बढीजसो खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले उम्मेदवारले तोकिएको भन्दा बढी खर्च गरे निर्वाचन आचारसंहिता उल्लंघन भएको मानिने बताए । आचारसंहिता उल्लंघन गरिएको पाइए उम्मेदवारलाई १ लाख रुपैयाँ जरिवाना गराउनेदेखि उम्मेदवारी नै खारेज गर्न सक्नेसम्मको कारबाही हुने उनले बताए । ‘उम्मेदवारले कुन हदसम्मको आचारसंहिता उल्लंघन गरेको छ, सोअनुसार कारबाही हुनसक्छ,’ प्रवक्ता शर्माले भने, ‘ठुलै गल्ती गरिएको रहेछ भने उम्मेदवारी नै खारेज गर्ने र कानुनी प्रक्रिया अगाडि बढाउनेसम्मको कारबाही हुन्छ ।’
आयोगले आगामी ३ चैतसम्ममा सबै स्थानीय तहमा पुग्नेगरी कर्मचारी खटाउन सरकारलाई निर्देशनसमेत दिएको छ । साथै स्थानीय तहमा कायममुकायम वा निमित्त तोकी आयोगलाई जानकारी गराउन र कर्मचारीलाई तालिम वा गोष्ठीमा नपठाउन पनि भनेको छ । शनिबार बसेको आयोग पदाधिकारी बैठकले ७ सय ४४ वटै स्थानीय तहमा ३ चैतसम्ममा तोकिएको स्थानमा कर्मचारी पुग्ने व्यवस्था मिलाउन निर्देश गरेको हो । बैठकले आपसी समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । यस्तै, कर्मचारी खटनपटन हुनुअघि निर्वाचनसम्बन्धी कार्य गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा कायममुकायम वा निमित्तको व्यवस्था गरी सोको जानकारी निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको छ ।
बैठकले स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा र समूहका कर्मचारी खटाउने र सम्भव नभएमा अन्य उपयुक्त सेवा र समूहबाट कर्मचारी व्यवस्थापन गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगले निर्वाचनमा असर पर्ने गरी कुनै पनि कर्मचारीलाई तालिममा नखटाउन सरकारलाई निर्देशन दिएको छ । ‘कुनैपनि मन्त्रालय÷निकाय÷विभागबाट तालिम, गोष्ठी, सेमिनार आदि सञ्चालन गर्ने तर एकै जिल्लाभित्रका कर्मचारी सहभागी हुने अल्पकालीन अवधि वा यस्ता कार्यक्रम गर्नुपरेमा निर्वाचन कार्यक्रममा असर नपर्ने गरी सञ्चालन गर्न सकिनेछ ।
महानगर प्रमुख/उपप्रमुख : ७ लाख ५० हजार, वडा अध्यक्ष/सदस्य : ३ लाख उपमहानगर प्रमुख र उपप्रमुख : ५ लाख ५० हजार, वडा अध्यक्ष/सदस्य : २ लाख ५० हजार नगरपालिका प्रमुख/उपप्रमुख : ४ लाख ५० हजार, वडा अध्यक्ष/सदस्य : २ लाख गाउँपालिका अध्यक्ष/उपाध्यक्ष : ३ लाख ५० हजार, वडा अध्यक्ष/सदस्य : १ लाख ५० हजार जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख २ लाख ५० हजार, सदस्य : १ लाख ५० हजार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: