Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

मापदण्ड मिच्दै जगदम्बा

\"\"काठमाडौं, २ चैत । मापदण्डविपरीत सहरको मध्यभागमा बन्दै गरेको जगदम्बा हस्पिटालिटीको होटेल हिल्टनबारे छानबिन गर्न काठमाडौं महानगरपालिका, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले बेग्लाबेग्लै चार टोली बनाएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– अख्तियार दुरुपयोग अनुसन्धान अयोग र व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले छानबिन थालेपछि महानगरपालिका र विभागलाई पनि होटल निर्माणका क्रममा भएको बदमासीबारे छानबिन गर्न दबाब बढेको हो ।महानगरपालिकाले ठूलो रकमको चलखेलमा हिल्टनको नक्सा पास गरेको आरोप लाग्दै आएको छ । महानगरपालिकाबाट यस क्रममा भएका अनियमितता छानबिन गर्न भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय क्षतिपूर्ति मूल्यांकन समिति गठन भएको छ । त्यस्तै, सडक विभागले मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका प्रमुख अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको छ। समितिमा भवन निर्माण विकास विभाग, खानेपानी, नेपाल टेलिकम, विद्युत् प्राधिकरण र नगरपालिका सदस्य थिए । सडक विभागका प्रवक्ता तथा सूचना अधिकारी दयाकान्त झाले होटल निर्माणका क्रममा भएको बदमासीका कारण सडक संरचना भास्सिएको र अन्य क्षति विवरणबारे छानबिन गर्न टोली गठन गरिएको बताए ।उनले अन्नपूर्णसँग भने, ‘अयोध्याजी संयोजकत्वको टोलीले प्रतिवेदन बुझाइसकेको छ । हामीले सडक र पेटी निर्माणका लागि धरौटी बुझिसकेका छौं ।\' टोलीका संयोजक श्रेष्ठले होटेल बनाउँदा जगदम्बा हस्पिटालिटीले मुख्य सडकबाट ६ मिटर छाडेर निर्माण गर्नुपर्नेमा सडकसँगै टाँसेर नियामक निकायलाई बेवास्ता गरेको बताए ।उनले भने, ‘मापदण्डभित्रै नपर्ने होटल निर्माणका लागि कसरी महानगरपालिकाले नक्सा पास गर्‍यो ? सडक पेटी जगदम्बाले अझै किन बनाएन ? हामीले जगदम्बाको ६५ लाख रुपैयाँ धरौटीमै राखेका छौं । पेटी नबनेसम्म धरौटी फिर्ता गर्दैनौं ।\' उनले होटलको डिजाइन गर्ने बेलामा माटो परीक्षण नगरी हचुवामा काम गरेर जगदम्बा हस्पिटालिटीले बदमासी गरेको आरोप लगाए । काठमाडौं महानगरपालिकाले जगदम्बा हस्पिटालिटीद्वारा नक्सालमा बन्दै गरेको होटेल हिल्टनको नक्सा पास गर्नुअगाडि फिल्डमा गएर हेर्ने, स्थानीयको रोहबरमा स्वीकृति लिने र होटेल स्थापना गर्दा हुनसक्ने क्षतिको आकलनसमेत नगरी हचुवामै गत जेठ १७ मा नक्सा पास गरेको थियो । अख्तियारले पनि होटेलको नक्सापासलगायत फाइल तानेर अनुसन्धान थालेको छ । महानगरपालिकाका केही कर्मचारी हिल्टनको नक्सा पासमा करोडौं रकमको चलखेल भएको दाबी गर्छन् । यही काण्डमा कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई मन्त्रालय तानिएको स्रोत बताउँछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको विरोध रहँदारहँदै पनि जगदम्बाले आफूखुसी कार्यान्वयन पक्षलाई रिझाएर होटल निर्माणको काम थालेको हो । महानगरपालिकाले काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले दिएको योजना स्वीकृतिका आधारमा आफूले ‘प्लिन्थ लेभल\' सम्मको निर्माण कार्य गर्न इजाजत दिएको दाबी गरेको छ । अख्तियार प्रवक्ता जीवराज कोइरालाले हिल्टन प्रकरणमा प्राविधिक संलग्न अध्ययन टोली गठन गरिएको बताए । ‘विज्ञ समूहले प्रतिवेदन तयार गर्दैछ । त्यसपछि छानबिन गरी अगाडि बढ्ने वा नबढ्ने विषयमा टुंगो लाग्छ\', उनले भने । अख्तियारको प्राविधिक टोलीले स्थलगत अनुगमन गरी रिपोर्ट तयार गर्नेछ । अनुगमन प्रतिवेदन अन्तिम चरणमा पुगेको अख्तियार स्रोतले बताएको छ । जगदम्बालाई होटेल निर्माणका क्रममा सडक पेटी खन्न सरकार आफैंले स्वीकृति दिएको थियो । सडक पेटी खन्न स्वीकृति लिँदै मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको डिभिजन सडक कार्यालयलाई उसले दुई लाख ७८ हजार नौ सय ५ रुपैयाँ धरौटी बुझाएको थियो । जेठ मसान्तभित्रै सडक पेटी निर्माण गरिसक्ने बताए पनि हिल्टनले पुनः म्याद थप गरी साउन २५ सम्मको समय डिभिजन कार्यालयसँग मागेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy