चैत्र २ गते, २०७३ बुधवार 15th March, 2017 Wed०८:०६:३९ मा प्रकाशित
काठमाडौं, २ चैत । अख्तियारमा लोकमानसिंह कार्कीले शुरु गरेको पाँडे पजनीले उनीपछि पनि निरन्तरता पाएको छ । कार्की अख्तियारबाट बाहिरिए पनि कार्यालयमा उनले छाडेका अवशेषले भने निरन्तरता पाएका छन् ।
जनआस्था साप्ताहिकमा खबर छ– कार्यवाहक प्रमुख आयुक्त दीप बस्नेतले कार्कीकै शैलीमा उच्च तहका कर्मचारी ल्याउने र तिनीहरुबाट काम लिएपछि एकपटकपनि नसोधी विदा गर्ने गरेको अधिकारीले बताएका छन् । कुन अधिकारी कति बेला सचिव र कार्यवाहक प्रमुख आयुक्तको आँखामा बिझाउँछन्, त्यतिबेलै कार्यालयबाट बिदाइ गरिन्छ ।
नयाँ आतंकलाई अख्तियारका अधिकारीले चिठी आतंक नामकरण गरेका छन् । स्रोतका अनुसार ‘प्रमुख आयुक्त र सचिवलार्य चित्त नबुझ्दा वा कुनै अधिकृतको उपयोग सिद्धिनासाथ चिठी थमाउने गरिन्छ । त्यो कुनै पनि हातमा होइन, बेलुका कार्यालयबाट कर्मचारी बाहिरिएपछि टेबुलमा चिठी राखर छोडिन्छ ।भोलि कार्यलय पुग्दा त सरुवा भइसकेको हुन्छ ।’
अख्तियार स्रोतका अनुसार चिठी आतंकको पछिल्लो सिकार पुराना र पाका उपसचिव लक्ष्मी तिमल्सिना भएका छन् । शिक्षा क्षेत्र हेर्ने तिमल्सिनाले भित्र–भित्र पसेर अनुसन्धान गरेका थिए । जागिरे जीवनको उत्तराद्र्धमा रहेका तिमल्सिना अख्तियारबाटै बिदा हुने मनस्थितिमा थिए ।
यस्तै प्रहरी निरिक्षक होम पराजुली पनि पजनीमा परेका अर्का अधिकारी हुन् । स्रोतका अनुसार ‘यसै साताभरि ५ भन्दा बढी उपसचिव पाँडे पजनी हुने क्रममा छन् ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: