Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रचण्ड र सीबीच भेट तय, यस्ता छन् बेइजिङमा हुने छलफलका एजेण्डा

\"\"काठमाडाैं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा चैत ११ मा भेटवार्ता गर्ने तय भएको छ। प्रधानमन्त्री प्रचण्ड चैत १० गते बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग ११ चैतमा भेटवार्ता गरेर चैत १२ मा बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको चिनियाँ स्रोतले जानकारी दिएको छ। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चीनको हेनान प्रान्त स्थित बोआओमा अायोजना हुने ‘एशियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयक छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउनेछन्। प्रधानमन्त्री प्रचण्डका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर मात्रै बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ। राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चीनले अगाडि सारेको वान वेल्ट,वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए। वान बेल्ट वान रोड अवधारणामा भारतले समर्थन जनाउन असहमति जनाएका कारण नेपालले पनि प्रस्ट धारणा व्यक्त गर्न सकिरहेको छैन । वान बेल्ट वान रोडमा चिनियाँ विदेश मन्त्रालयले पठाएको पत्रको जबाफ नेपालको परराष्ट्र मन्त्रालयले पठाइसकेको छ । ‘दुई राष्ट्रप्रमुखबीच यसबारेमा सम्झौता हुन सक्छ’, उच्च स्रोतले भन्यो । ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच नेपाल—चीन शान्ति तथा मैत्री सन्धिको प्रक्रिया अगाडि बढाउनेबारेमा पनि सैद्धान्तिक सहमति हुन सक्नेछ । यसअघि ०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला शान्ति तथा मैत्री सन्धिको मस्यौदा आदानप्रदान गर्ने क्रममा सार्वजनिक भएपछि सम्झौता तुहिएको थियो । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटवार्तामा नेपाल—चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयन प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका बेला नेपाल-चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो तर त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनुपर्ने कूटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन । तिब्बतको केरुङबाट अन्तरदेशीय रेल्वे लाइन विस्तार गरी काठमाडौं, पोखरा र लुम्बिनीसम्म लैजाने प्रक्रिया अगाडि बढाउने बारेमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच छलफल हुनेछ । चीनले तीन वर्षभित्र केरुङसम्म रेल्वे लाइन विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ । यसअघि चीनबाट नेपालमा रेल्वे लाइन विस्तार गर्ने र त्यसका लागि चीनले लगानी गर्नेबारेमा पटकपटक छलफल भए पनि प्रक्रिया अगाडि बढेको छैन । सी र प्रचण्डबीच विकास र समृद्धिका लागि त्रिदेशीय अवधारणा अगाडि बढाउने उपाय खोज्नेबारेमा पनि थप छलफल हुनेछ । ०६५ सालमै उनीहरूबीच यसबारे गहन छलफल भएको थियो । त्रिदेशीय समझदारी अगाडि बढाउन भारत सहमत भइनसकेका कारण सी र दाहालको प्रयासले सार्थकता पाउन सकिरहेको छैन । पूर्वी नेपाल र तिब्बतमा विद्युत् आदानप्रदानका लागि प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पनि प्रचण्ड र सीबीच छलफल हुनेछ । पूर्वप्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला पनि यसबारे छलफल भएको थियो । ०७२ वैशाख १२ गते आएको विानाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका अहिलेसम्म खुलेको छैन । उक्त नाका खुलाउन प्रधानमन्त्रीले चिनियाँ पक्षलाई आग्रह गर्ने योजना रहेको ती नेताले बताए । प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् । ती नेताका अनुसार गत वर्ष चैतमा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमणक्रममा भएका समझदारीलाई पुनर्ताजगी गर्ने र केही विषय अगाडि बढाउने बारेमा दाहालको पहल हुनेछ । रक्षामन्त्रीको नेतृत्वमा २३ सदस्यीय टोली आउने प्रचण्ड बेइजिङ प्रस्थान गर्ने दिन चैत १० गते नै २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली समकक्षी बालकृष्ण खाँड, परराष्ट्रमन्त्री प्रकाशशरण महतलगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने-नगर्ने भने तय भइसकेको छैन । यस्ता छन् बेइजिङमा हुने छलफलका एजेण्डा
  • वान वेल्ट, वन रोडको अवधारणामा हस्ताक्षर हुन सक्ने
  • नेपाल-चीन शान्ति तथा मैत्री सन्धीको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति गर्ने
  • व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयनको प्रक्रियामा लैजाने
  • विद्युत आदान प्रदानका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाउने
  • अन्तरदेशीय रेल्वे लाइन विस्तारको प्रक्रिया अगाडि बढाउने
  • चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिने
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy