चैत्र ५ गते, २०७३ शनिवार 18th March, 2017 Sat०७:००:४१ मा प्रकाशित
काठमाडौं, ५ चैत ।कांग्रेस सभापतिमा शेरबहादुर देउवा उदाएको एक वर्ष पुगेको छ । सभापतिमा निर्वाचित हुनुअघि उनी कांग्रेसभित्र प्रतिपक्षजस्तै थिए । शक्तिशाली गुटको नेताका रूपमा उनले पार्टी विधानसम्मत नचलाएको भन्दै तत्कालीन सभापति सुशील कोइरालाको खेदो खने । तर, आफैँ सभापति भएपछि उनले दुई महिनामा गर्नुपर्ने पदाधिकारी र केन्द्रीय सदस्य एक वर्ष बित्दा पनि गरेनन् । केन्द्रीय विभाग र कार्यसम्पादन समितिसमेत गठन गर्न सकेका छैनन् ।
अाजको नयाँ पत्रिकामा प्रकाशित रिपोर्ट :
एक वर्षमा गरेका कामसंसदीय दलको चुनाव र कार्यसमिति
सभापति र संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले संसदीय दल कार्यसमितिको निर्वाचन पनि गराएका छन् । त्यसअघि स्व. सुशील कोइराला दलको नेता हुँदा भोट हाल्न सांसदहरू लाइनमा बसेपछि कार्यसमितिको चुनाव नै स्थगित भएको थियो ।
१२ केन्द्रीय सदस्य मनोनीत
कांग्रेस विधानमा २१ केन्द्रीय सदस्य मनोनीत गर्ने व्यवस्था छ । तर, देउवाले एक वर्षमा १२ सदस्य मात्र मनोनीत गरेका छन् । सभापतिमा निर्वाचित भएर प्रमाणपत्र लिएको दिन ३ चैतमा देउवाले सात नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेर छिटो काम गर्ने सन्देश दिएका थिए । सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा, कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी तथा नरहरि आचार्यलाई मनोनीत गरेका थिए ।
बाँकी पाँच सदस्य भने देउवाले तीन किस्तामा मनोनीत गरे । महाधिवेशनमा नउठेका श्याम घिमिरे, केशवकुमार बुढाथोकी र किशोरसिंह राठौरलाई २८ जेठमा देउवाले मनोनीत गरे । खुलातर्फ पराजित महालक्ष्मी उपाध्याय ‘डिना’ १६ साउनमा केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् । प्रदेश ४ बाट केन्द्रीय सदस्यमा पराजित भएका
तीन भ्रातृ संस्थाको महाधिवेशन
सभापति शेरबहादुर देउवाले प्रतिबद्धताअनुसार निर्वाचित भएपछिको ६ महिनाभित्र तीन ठूला भ्रातृ संस्थाको महाधिवेशन गराएका छन् । भदौ पहिलो साता नेविसंघको ११औँ, भदौ अन्तिम साता महिला संघको तेस्रो र कात्तिक अन्तिम साता तरुण दलको चौथो महाधिवेशन भएको थियो ।
यी भ्रातृ संस्थाका महाधिवेशन ०६४ यता भएका थिएनन् । नेविसंघ र महिला संघमा पार्टी संस्थापन र नेता कृष्णप्रसाद सिटौलाको तथा तरुण दलमा नेता रामचन्द्र पौडेल र सिटौलाको पनि भागबन्डा मिलाएर देउवाले महाधिवेशन गराएका थिए । तर, केन्द्रीय सदस्य भने अझै टुंगिएको छैन ।
एक वर्षमा गर्न नसकेका काम९ केन्द्रीय सदस्य मनोनयन बाँकी
देउवाले एक वर्ष बितिसक्दासमेत नौ केन्द्रीय सदस्य मनोनीत गर्न सकेका छैनन् । पटक–पटक गरी १२ केन्द्रीय सदस्य भने मनोनीत भएका छन् ।
प्रवक्ताविनाको एक वर्ष
देउवाले पार्टी प्रवक्तासमेत तोक्न सकेका छैनन् । प्रवक्तामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र रमेश रिजालको दाबी छ । प्रवक्ता नहुँदा सभापतिसहित पार्टीका नीति, योजनाबारे नेताहरूले आफ्नै ढंगले व्याख्या गर्दै जानकारी दिने गरेका छन् ।
बनेनन् विभाग र कार्यसम्पादन समिति
विभिन्न विभाग गठनमा पनि देउवा असफल भएका छन् । पार्टी विधानमा ३० विभागको व्यवस्था छ । पार्टी केन्द्रले ४२ वटासम्म गठन गर्न सकिने निर्णय गरेको छ । तर, देउवाले पार्टीका कार्यक्रममा छिटै विभाग गठन गर्ने बताउँदै आए पनि काम गरेका छैनन् । यसअघि स्व. सुशील कोइराला सभापति हुँदा विभाग गठन गरेर संयोजक तोकिंँदासमेत देउवा पक्षले विरोध गरेको थियो । केन्द्रीय कार्यसम्पादन समितिसमेत गठन भएको छैन । समिति बनाएर शीर्ष नेता तथा पूर्वपदाधिकारीलाई पार्टी बैठकमा राख्नुपर्ने धारणा केन्द्रीय सदस्यको छ ।
पदाधिकारी चयन हुन सकेन
कांग्रेस विधानमा महाधिवेशनको दुई महिनाभित्र सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत गर्ने व्यवस्था छ । तर, देउवाले एक वर्षसम्म पनि पदाधिकारी मनोनित गर्न सकेका छैनन् ।
तीन पदाधिकारीमा कसलाई ल्याउने भन्ने अप्ठ्यारोमा देउवा छन् । उनले महाधिवेशनको वेला खुमबहादुर खड्का, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने आश्वासन दिएका थिए । उनको पहिलो रोजाइमा निधि छन् । उपसभापति केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने प्रावधान छ । उपसभापति नहुँदा तल्लो तहसम्म सक्रिय हुनुपर्ने यो समितिले काम गर्न सकेको छैन ।
महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्काको दाबी छ । सहमहामन्त्रीमा देउवा पक्षकै डा. प्रकाशशरण महत, बालकृष्ण खाण, रमेश रिजाल, चन्द्र भण्डारीलगायतले दाबी गरेका छन् । तर, नेता रामचन्द्र पौडेल पक्षले पनि पदाधिकारीमा दाबी गर्दै आएको छ ।
पार्टीभित्र असन्तुष्टि
राजदूत र प्रहरी महानिरीक्षक नियुक्ति, अख्तियार प्रमुखमाथि महाअभियोगको विषय, प्रदेश नम्बर ५ सहितको सीमांकन हेरफेर प्रस्तावलगायतका विषयमा पार्टी बैठक राखेर स्पष्ट धारणा नबनाएको आरोप सभापति देउवामाथि छ । मधेसी दललाई पनि समेटेर संविधान कार्यान्वयनमा जान ओली सरकार परिवर्तन भए पनि सभापति देउवाबाट सहमतिको काम गर्न नसकेको आरोप पनि उनीमाथि लागेको छ । यीसहितका विषयमा आफूखुसी निर्णय गरिएको भन्दै नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति देउवासँग लिखित माग नै गरेको छ ।
बैठक बिहीबार
कांग्रेस केन्द्रीय समिति बैठक आगामी बिहीबार बस्दै छ । बैठकमा संविधान संशोधन, स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैबीच, कांग्रेसका सांसद तथा केन्द्रीय सदस्यहरूको बिहीबार सिंहदरबारमा बसेको बैठकले पार्टीको केन्द्रीय समिति बैठकबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउने निर्णय लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापतिले उत्साह थप्नुभएको छ ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य, कांग्रेस
लामो समयदेखि हुन नसकेका पार्टीका भ्रातृ संगठनको महाधिवेशन भएका छन् । यसले पार्टीमा रक्तसञ्चार गराएको छ । आवश्यकताअनुसार बैठक बसेको छ । विरोधका लागि विरोध गर्ने काम राम्रो होइन । सभापतिलाई आशा, भरोसा र विश्वासका साथ कार्यकर्ताले हेरेका छन् । उहाँले कार्यकर्तामा उत्साह थप्नुभएको छ । पदाधिकारी चयन, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठनमा विलम्ब भएको छ । तर, सभापतिले यी काम पनि छिटै गर्ने बताउँदै आउनुभएको छ । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न कांग्रेस सरकारमा पुगेको हो । संविधान कार्यान्वयनमा पहल थालिएको छ ।
सभापति गुटको मात्र नेता हुनुभयोबलबहादुर केसी, केन्द्रीय सदस्य, कांग्रेस
शेरबहादुरजी सभापति भएको एक वर्षमा पार्टी विधानतः चलेको अनुभूत भएको छैन । पार्टीलाई एक ढिक्का बनाएर सबैको नेता हुनुपर्नेमा सभापति गुटको मात्र नेता हुनुभएको छ । दुई महिनाभित्र बन्नुपर्ने पार्टी संरचना एक वर्षमा पनि पूरा भएका छैनन् । पदाधिकारी नियुक्तिसहित विभाग, कार्यसम्पादन समिति गठन भएका छैनन् । पार्टी र सरकार सञ्चालन तथा संसद्मा खेल्नुपर्ने भूमिकामा सभापति कमजोर हुनुभयो । संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ओली सरकार ढालेर प्रचण्डको नेतृत्वमा सरकार गठन गरियो । तर, संविधान कार्यान्वयनमा प्रभावकारी पहलकदमी देखिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: