Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बिजुक्छेको नजरमा १० नेता

\"\"नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका प्रभावशाली नेतामा पर्छन् । अहिले बिजुक्छेकोे दल नेमकिपाबाट संसद्मा चारजनाको मात्र प्रतिनिधित्व छ । वि.सं. ०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि उनले ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी गठन गरे । र, त्यसयता आफू नै अध्यक्ष रहँदै आएका छन् । ३० को दशकदेखि नेपालको राजनीतिक हरेक घटनाक्रम र परिवर्तनमा भूमिका निर्वाह गरिरहेका उनले विभिन्न पार्टीका प्रभावशाली नेताबारे अाजको नयाँ पत्रिकामा प्रकाशित उनको मूल्यांकन् ः विद्या भण्डारी : विशेष क्षमताविहीन विद्यादेवी भण्डारी अहिले राष्ट्रपति हुनुहुन्छ । तर, म उहाँको पहिलादेखि नै आलोचक हुँ । एकपटक संसद्मा उहाँलगायतका नेतृहरूले हरेक महिला र पुरुषको अधिकार समान हुनुपर्छ भनेर आवाज उठाउनुभएको थियो । हाम्रो भनाइ के थियो भने, कुनै नेपाली केटाले विदेशी केटी विवाह गरेपछि उसका छोराछोरी नेपाली नागरिक हुने भए । त्यसरी नै नेपाली केटीले विदेशीसँग विवाह गरिन् भने उनका छोराछोरी पनि समानताका हिसाबले नेपाली नागरिक हुनुपर्छ भन्ने विषयको हामीले खण्डन गर्‍यौँ । बर्सेनि हजाराैँ नेपालीको भारतीय वा अन्य देशका नागरिकसँग विवाह हुन्छ । विदेशीसँग विवाह गरेकी हाम्री चेलीका सन्तान अर्थात् हाम्रा भान्जाभान्जी पनि नेपाली नागरिक हुने भन्ने कुराको हामीले खण्डन गरेका हाैँ । छोराको बुबा–ममी पनि नागरिक भएजस्तै विदेशबाट आएकी बुहारीका बुबा–ममी पनि समान हैसियत भनेपछि फेरि नेपालकै नागरिक हुने भए । कुनै सिद्धान्त एउटा देशमा चल्यो भन्दैमा सबैमा चल्छ भन्ने हुँदैन । व्यक्तिगत रूपमा राष्ट्रपति भण्डारीसँग मेरो अहिलेसम्म कुनै तिक्तता छैन । तर, उहाँ विशेष क्षमता भएर राष्ट्रपति बन्नुभएको हो भन्ने पक्षमा भने म छैन । उहाँलाई उठाइयो । उहाँको पार्टीको मत धेरै भयो । उहाँले जित्नुभयो । यसरी उहाँ राष्ट्रपति पदमा पुग्नुभएको हो । राष्ट्रपति भएपछि उहाँले त्यस्तो कुनै विवादित काम गरेको भने अहिलेसम्म देखिएको छैन । यो उहाँको राम्रो पक्ष हो । प्रचण्डः आश्वासन बाँड्ने बानी छ कुरा फेरिरहने प्रधानमन्त्री प्रचण्डको बानी उचित होइन । मुखले एउटा भन्ने, तर कार्वान्वयन गर्न नसक्नु राम्रो हुँदैन । प्रधानमन्त्रीजस्तो व्यक्तिले एउटासँग एउटा कुरा र अर्कोसँग फेरि अर्कै कुरा गर्नु गलत हो । उहाँलाई बुझ्नै गाह्रो छ । कहिले चुनाव हुन्छ भन्नुभयो । कहिले हुन्न भन्नुहुन्छ । संविधान संशोधनबारे पनि उस्तै कुरा छन् । आश्वासन बाँड्ने उहाँको बानी छ । केटाकेटीलाई एकचोटि चकलेट दिन्छु भनेर नदिएपछि पत्याउँदैपत्याउदैनन् । त्यस्तो प्रवृत्ति प्रधानमन्त्रीजस्तो व्यक्तिमा देखिनुहुन्न । पार्टीको नाम र सिद्धान्तअनुसार काम गर्नेलाई म राम्रो मान्छु । प्रचण्डको कम्युनिस्ट लाइन सच्चा देखिएन । उहाँको लाइन समाजवादको कसौँटीमा राम्रो उत्रिएन । पदका निम्ति जे पनि गर्ने उहाँको बानी ठीक लाग्दैन । उहाँ आफ्नो अडानमा दृढ रहन सक्नुहुन्न । डा. भट्टराईः बिप्पा सम्झौता गर्नु गल्ती डा. बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । उहाँले सदन नै भंग गरिदिनुभयो । कतिपयले उहाँलाई सैद्धान्तिक मान्छे हो भन्छन्, तर म त्यो देख्दिनँ । कसैले उहाँलाई बौद्धिक भन्छन् । म उनीहरूलाई प्रश्न गर्छु, बौद्धिक कस्तालाई भन्ने हो ? कम्युनिस्ट भएको मानिस अहिले नयाँ शक्ति भन्दै हिँड्नुभएको छ । उहाँले नयाँ शक्ति भनेको के हो ? भनिदिनुप¥यो । कम्युनिस्ट, कांग्रेस, राप्रपा, राजावादी वा राष्ट्रवादी के हो त्यो स्पष्ट हुनुप¥यो । कम्युनिस्टलाई कम्युनिस्टकै कसीमा घोट्नुपर्छ भन्ने मेरो मान्यता हो । उहाँले आफ्नो प्रधानमन्त्रीको कार्यकालमा बाटो विस्तार गर्नुभयो भनेर तारिफ गर्छन् । जसले उहाँलाई तल खसाल्न खोज्छ, उसैले तारिफ गर्छ । ‘तपाईं त बहादुर’ भनेर तीन–चार तलामाथिबाट हामफाल्न लगाउने मानिसभन्दा हाम फालेर घाइते भएपछि अस्पताल लैजाने मानिस ठीक होजस्तो मलाई लाग्छ । अझ उक्साउनेको पछि नलाग्नुस्, त्यो गलत छ भन्नु ठीक हो । उहाँ अर्थमन्त्री हुनुभयो, तर नेपालको आर्थिक उन्नति प्रगति जहाँको त्यहीँ छ । उहाँले भारतसँग बिप्पा सम्झौता गरेर ठूलो गल्ती गर्नुभयो । गल्ती गरेका कतिपय कुरालाई माफी माग्दा पुग्छ । तर, माफी माग्दा नपाइने गल्ती भनेको अपराध हो । बिप्पा सम्झौता पनि देशलाई घात गर्ने सम्झौता हो । वैद्यः सिद्धान्तवादी र भावुक हुनुहुन्छ रे मोहन वैद्यसँग अहिलेसम्म मेरो एक–दुईपटक मात्र भेट भएको छ । कुरा गरेकै हिसाब गर्ने हो भने अहिलेसम्म जम्माजम्मी २० देखि २५ मिनेटजति गफ भएको होला । उहाँ सिद्धान्तवादी र भावुक हुनुहुन्छ भन्ने सुनेको छु । साथै उहाँ क्रान्तीकारी हुनुहुन्छ भन्ने पनि छन् । सिद्धान्तको निम्ति अडान लिनु राम्रो कुरा हो । गल्ती त सबैको हुन्छ । थाहा नपाएरै हामीले धेरै गल्ती गर्न सक्छौँ । तर, सिद्धान्तमा त्यस्तो हुँदैन । सिद्धान्तमा सोचविचार गरेर मात्र कदम चाल्नुपर्छ । उहाँ गहिरो ढंगले सोचविचार गरेर कदम चाल्नुहुन्न कि भन्ने मलाई लाग्छ । देउवाः देशमा संकट आउँदा पनि हाँस्ने देउवा आफ्ना मित्रमाझ प्रिय हुनुहुन्छ । राति एक दुई बजेसम्म खानपिन गर्नुहुन्छ । प्रधानमन्त्री भइसकेको व्यक्तिले व्यक्तिगत कुरालाई छाड्नुपर्छ । केही दिनअघिसम्म पत्रपत्रिकामा उहाँको अँध्यारो अनुहार देख्थेँ । जब सप्तरीको घटना भयो, त्यसपछि उहाँको मुसुमुसु हाँसेका हँसिला फोटा मिडियामा आएका छन् । देशमा संकट आउँदा हाँस्ने कुरा होइन । उहाँले त एमालेलाई पनि एकचोटि शिक्षा नै भयो भन्ने प्रकारको ‘खुच्चिङ’ गरेको कुरा आफ्नो चेहरामा देखाउनुभयो । जबकि नेपालमा एमालेको धेरै आलोचना गर्ने कोही छ भने त्यो नेमकिपा नै हो । उहाँ प्रधानमन्त्री हुँदा एकचोटि मलाई ‘तपार्इंहरू अमेरिका जानुस्, जर्मनी जानुस्, एक–दुई महिना उतै बस्नुस् । सबै खर्च सरकारले व्यहोर्छ’ भन्नुभएको थियो । तर, मैले ‘सदनमा अहिले बजेट सेसन छ, पशुपतिको जात्रा सिद्राको व्यापार मचाहिँ गर्दिनँ, तपाईंले सद्भाव देखाउनुभयो धन्यवाद,’ भनेँ । ०४५ सालमा हाम्रो घरबाट प्रहरीले लगेका विभिन्न पुस्तक उहाँ गृहमन्त्री हुँदा फिर्ता गर्न आग्रह गरेँ । त्यसवेला उहाँले ‘पाँच, दश लाख कति चाहिन्छ लिएर जानुस्’ भन्नुभयो । त्यस्तो गैरजिम्मेवार कुरा गर्नुहुन्छ उहाँ । उहाँले देशका लागि चिन्तन गर्नुपर्छ । ओलीः प्रस्टवादी र विचारमा दृढ एमाले अध्यक्ष केपी ओली प्रस्टवादी मान्छे हुनुहुन्छ । कुनै पनि विषयमा हुन्छ भने हुन्छ हुन्न भने हुन्न भन्ने उहाँको स्वभाव छ । यो उहाँको सबल पक्ष हो । जस्तो, नाकाबन्दीकै विषयमा अरू पार्टीले विभिन्न कुरा गरे । कतिले लचकता देखाउनुपर्‍यो भने । म पनि सँगै हुँदा विभिन्न दलका नेताका बीचमा उहाँले देशको स्वतन्त्रता र सार्वभौमिकतामा आँच आउनेबाहेक तपाईंहरूको कुरा सुन्छु भन्दिनुभयो । त्यो राम्रो पक्ष हो । यो र त्यो गर्छु भनेर आश्वासन दिएर मात्र हुँदैन । प्रधानमन्त्री भएका र हुने अन्य नेताले पनि केपी ओली जस्तै प्रष्टवादी हुन सक्नुपर्छ भन्ने मेरो धारणा हो । ओलीजीसँग मेरो पहिलो भेट भारतमा भएको हो । त्यसवेला मोहनचन्द्र अधिकारीलगायतका अन्य नेतासँग भारतमा भेटघाट भइरहन्थ्यो । ओलीसँग अहिलेसम्मको करिब ३० वर्षको समयमा मेरो करिब दुई घण्टाजति मात्र कुराकानी भएको होला । उहाँ प्रधानमन्त्री बन्दा ‘भारतसामु नझुक्ने हो भने हामी मत दिन्छाैँ’ भनेका थियौँ । उहाँले हाम्रो सर्त स्वीकार गर्नुभयो । उहाँले ‘स्ट्यान्ड’ छाडेको भए हामी गाली गरिहाल्थ्यौँ । त्यो गर्नै परेन । थापाः धर्मलाई राजनीतिको अखडा बनाए कमल थापाले सधैँभरि राजा चाहिन्छ भन्दै आउनुभएको छ । एउटा स्थायी नेतृत्व चाहिन्छ भन्ने सिद्धान्त उहाँहरूमा देख्छु । म सबै धर्म समान मान्छु । मान्छेले आफ्नो इच्छाअनुसार धर्म मान्न पाउँछन् । धर्मलाई राजनीतिक लडाइँको अखडा बनाउनुहुन्न । उहाँ पटकपटक मन्त्री बन्नुभएको छ । तर, उहाँले जनताको हितमा काम गरेको मैले देखेको छैन । गृहमन्त्री भएका वेला उहाँले भक्तपुर नगरपालिकाको अगाडि शान्तिपूर्ण धर्नामा बसेका हामीमाथि लाठीचार्ज गराउन र गोली चलाउन आदेश दिनुभयो । त्यसवेला भक्तपुरका प्रहरी प्रमुख नवराज सिलवालले चुप लागेर बसेको मानिसलाई किन मैले लाठीचार्ज गर्ने, गोली चलाउने ? भन्नुभएछ । त्यो कुरा मैले पछि थाहा पाएँ । पञ्चायतमा थापाको पनि धेरै सक्रियता थियो । हामी जेलमा हुँदा पनि उहाँ राजसंस्थाको पक्षबाट सक्रिय हुनुहुन्थ्यो । अहिले गणतन्त्र र संघिय संविधान जारी भइसकेपछि पनि उहाँ राजनीतिमा उत्तिकै सक्रिय हुनुहुन्छ । आफूलाई ठूला भन्ने राजनीतिक दलहरूले नै उहाँलाई अघि सारेपछि उहाँले त फाइदा उठाउनुभएको नै छ । यसमा उहाँको दोष छैन । कांग्रेस र एमालेले उहाँलाई त उपप्रधानमन्त्रीसम्म मात्रै बनाए । यिनै ठूला दुई दलले पञ्चायतवादी नेताहरू लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका हुन् । ठाकुरः नियोजित ढंगले बोल्छन् महन्थ ठाकुर कम बोल्ने नेता हुन् । उहाँ कहिलेकाहीँ मेरो निवासमा पनि आउनुहुन्छ । विचार र सिद्धान्त आ–आफ्ना छन्, तर मसँग राम्रो सम्बन्ध छ । अघिपछि समकालीन साथीभाइको व्यवहार हुन्छ । जब संसदीय समिति तथा अन्य बैठकमा पुगिन्छ, तब तर्कवितर्क सुरु हुन्छ । संसदीय समितिको बैठकमा उहाँहरू एक ठाउँबाट बोल्नुहुन्छ म अर्कै विचारका साथ बोल्छु । जे कुरा राख्नुपर्ने हो ठाकुरजीले थोरै बोले पनि राखिसक्नुहुन्छ । कुरालाई लम्ब्याउने र फुर्का जोड्ने उहाँको बानी छैन । उहाँ नियोजित ढंगले बोल्नुहुन्छ । उहाँ लचक भएर बोल्नुहुन्न, आफ्नो चाहनाबमोजिम बोल्नुहुन्छ । महतोः पहाडिया र मधेसी छुट्याउने राजेन्द्र महतोले जबजब संसद्मा तराईको कुरा गर्नुहुन्थ्यो, त्यसलगत्तै हामी आलोचना गरिहाल्थ्यौँ । किनकि, तराई दुईवटा छ भन्ने पक्षमा हामी छौँ । एउटा गरिब, मजदुर र किसानको तराई अर्को शोषक र सामन्तको तराई । ‘हामी गरिब जनताको तराईको पक्षमा छौँ’ भनेर मैले उहाँलाई पटकपटक भनेको छु । उहाँले पटकपटक पहाडिया भनिरहँदा एकचोटि मैले ‘कस्तो मान्छे हो तपार्इं, पहाडिया भनेर तपार्इंले कसलाई भनेको ?’ भनेर प्रश्न गरेको छु । हामीहरू नेवार भए पनि कति नेवारहरू लिच्छवीकालमा भारतको बैशालीबाट आएका छन् । हामीलाई किन पहाडिया भन्ने ? भनेर पनि मैले उहाँसँग प्रश्न गरेको छु । महतोलाई मैले तिमीले ०२७ सालमा नागरिकता पाएको, हामी त सयौँ वर्षदेखि यही छौँ, तिमी मधेसी कि हामी मधेसी ? भनेर छलफलको क्रममा भनेको छु । महतोसँग बारम्बार वाद–प्रतिवाद चल्ने गरेको छ । महतोलगायतका नेतालाई म मधेसवादी होइन, तराईकेन्द्रित दलका नेता भन्छु । गच्छदारः कांग्रेस नै लाग्ने ज्वाइँसाब विजयकुमार गच्छदारलाई म अहिले पनि कांग्रेसी भन्छु । विद्यार्थी कालदेखि नै उहाँ कांग्रेसमा सक्रिय भएको, मैले बुझेको सुनेको, बिपी कोइरालाकै पालामा हुर्किएको नेता भएकाले म उहाँलाई कांग्रेस नै देख्छु । केही समयअघि सप्तरीमा हाम्रो सम्मेलनलाई पनि बिथोल्न खोजियो । त्यसपछि मैले उहाँलाई फोन गरेर ‘ल के हो ज्वाइँसाब यस्तो । रोक्नुस् त्यसलाई’ भनँे । उहाँले आफू विराटनगरमा रहेको बताउनुभयो । त्यसपछि मैले ‘तपार्इं जहाँसुकै भए पनि त्यो किसानहरूको सम्मेलन हो । हामीले चुनाव चिह्न राखेर कुनै प्रचार गरेको पनि होइन’ भनेँ । उहाँले नेवार समुदायमै वैवाहिक सम्बन्ध जोड्नुभएकाले मैले ज्वाइँ भन्ने गरेको छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending