Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

६४ जिल्लामा मतदानस्थल तय

\"\"काठमाडौं, ११ चैत । स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल निर्धारण भएको छ । निर्वाचन आयोगले बिहीबारसम्म विवरण पठाइसक्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– ६४ वटा जिल्लाले मतदानस्थल निर्धारणको विवरण पठाए पनि मतदान केन्द्रबारे भने अझै टुंगो लागेको छैन । आयोगले गाउँपालिका र नगरपालिकाको वडामा रहेका मतदाता नामावलीको अन्तिम टुंगो लगाउन बाँकी रहेकाले मतदान केन्द्र टुंगो लाग्न नसकेको हो । आयोगले एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । दुई नम्बर प्रदेशका ८ जिल्लासहित तीन पहाडी जिल्लाबाट भने विवरण आउन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । प्रदेश नम्बर दुईका आठवटा जिल्लाले एक–दुई दिनभित्रै मतदानस्थलको विवरण पठाउने आयोगका कर्मचारीले दाबी गरेका छन् । २ नम्बर प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन् । छुट भएका दलले निर्वाचनमा सहभागी हुन पाउने निर्वाचन आयोगमा जिल्लामा दर्ता छुट भएर निवेदन दिने दलहरूलाई स्थानीय निर्वाचनमा सहभागी हुन पाउने निर्णय गरेको छ । आयोगको बैठकले जिल्लामा दर्ता गर्न छुट हुनुको चित्तबुझ्दो कारणसहित निवेदन दिएका दललाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको हो । आयोगले जिल्लामा दर्ताका लागि छुटेका दललाई २६ फागुनमा तीन दिनको म्याद दिएर निवेदन दिन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा म्यादभित्र निवेदन दिएका दलहरूबारे आयोगले निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, जनमोर्चालगायतका दलले केही जिल्लामा दर्ता गर्न छुटाएका थिए । बिहीबारदेखि मतदाता शिक्षा अभियान आयोगले १७ चैतबाट मतदाता शिक्षा कार्यक्रम देशभर सञ्चालन गर्दै छ । यसैको तयारी गर्न आयोगले क्षेत्रीयस्तरमा शनिबार र आइतबार तालिम सञ्चालन गर्दै छ । जिल्लाबाट आएका प्रतिनिधिलाई १२ समूहमा विभाजन गरी विराटनगर, सिन्धुली, हेटौँडा, काठमाडौं, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा तालिम दिने तयारी आयोगले गरेको हो । क्षेत्रमा तालिम लिएका प्रशिक्षकले जिल्लामा अन्यलाई तालिम दिएर स्वयंसेवी खटाउनेछन् । आयोगका उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार १७ चैतपछि एक महिनासम्म करिब २१ हजार मतदान केन्द्रमा एकजनाका दरले मतदाता शिक्षा स्वयंसेवी पुग्दै छन् । आयोगले खटाउने मतदाता शिक्षा स्वयंसेवीमा महिला र दलितलाई प्राथमिकता दिने तयारी छ । म्यादी प्रहरीमा ५० प्रतिशत महिला निर्वाचनका लागि आवश्यक करिब ७५ हजार म्यादी प्रहरी भर्ना गर्दा ५० प्रतिशतमा महिलालाई अवसर दिन गृह मन्त्रालयलाई निर्देशन दिने तयारी निर्वाचन आयोगले गरेको छ । सुरक्षा रणनीतिबारे बिहीबार भएको छलफलका क्रममा यो विषयमा कुरा उठेपछि आयोगले निर्देशन दिने तयारी गरेको हो । निर्वाचन आयुक्त इला शर्माले पनि कुल म्यादी प्रहरीमध्ये ५० प्रतिशत महिला हुनुपर्ने विषयमा छलफल भइरहेको जानकारी दिइन् । ५० प्रतिशत महिला उम्मेदवार : शर्मा स्थानीय तहको निर्वाचन महिलाका लागि ठूलो अवसर भएको निर्वाचन आयुक्त इला शर्माले बताएकी छिन् । स्थानीय तह ऐनले निर्वाचनमा कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारको सहभागिता सुनिश्चित गरेको उनले बताइन् । स्थानीय निर्वाचनबाट ४० प्रतिशतभन्दा बढी महिला प्रतिनिधि निर्वाचित हुने उनको भनाइ छ । उनका अनुसार ६ हजार ६ सय ८० वडाबाट १३ हजार तीन सय ६० महिला प्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय निर्वाचनबाट गठन हुने गाउँपालिका, नगरपालिकालगायतका स्थानीय सरकारमा महिला तथा सीमान्तकृत समुदायका व्यक्तिको सहभागिता बढाउने उद्देश्यले निर्वाचन आयोगले महिला, दलित र गरिब समुदायका व्यक्तिको उम्मेदवारी मनोनयन दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिएको पनि उनले जानकारी दिइन् । सुरक्षा व्यवस्थित गर्न आयोगको निर्देशन प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको तयारी, निर्वाचन अवधिमा सुरक्षा अवस्थामा कमी–कमजोरी हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । डा. यादवले मतदान कार्यपछिको मतपेटिका ढुवानी, मतगणना कार्यको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रहने सुरक्षा व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् । आयोगको उच्चस्तरीय सुरक्षा समितिका संयोजक सुधीरकुमार शाहले गृह मन्त्रालयबाट प्राप्त सुरक्षा योजनाप्रति सन्तोष व्यक्त गर्दै केही विषयमा थप स्पष्ट गर्न र कार्यान्वयनयोग्य सुरक्षा योजनालाई प्राथमिकता दिन आग्रह गरेका थिए । सुरक्षा निकाय प्रमुखहरूसहितको बैठकमा गृहसचिव लोकदर्शन रेग्मीले क्षेत्रीयस्तरदेखि वडास्तरसम्म सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको र हरेक मतदाता तथा उम्मेदवारलाई सुरक्षा प्रत्याभूति दिने किसिमले अगाडि बढेको जानकारी गराएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy