Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने

[caption id=\"attachment_125424\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] भक्तपुर, १९ चैत । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र पारिएको छ । जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा ३५ फिट अग्लो तीनतले भैरवनाथको रथ निर्माण सुरु भएको छ भने भद्रकालीको रथ निर्माण भइरहेको छ । जात्राका लागि आवश्यक ५५ हात लामो लिङ्गो भक्तपुरको चित्तपोलस्थित सल्लाघारीबाट लिङ्गो उठाउने स्थान ल्यासिङ्खेलमा ल्याइपु¥याइएको छ । यस वर्ष चैत २८ गतेदेखि सुरु हुने सो जात्राका लागि २७ गतेसम्म रथ निर्माण, रङ्गरोगनलगायत सम्पूर्ण काम सक्ने गरी काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । जात्राका लागि २५ देखि ३० लाख रुपैयाँ लाग्ने अनुमान कार्यालयको छ । जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रजिअ द्रोण पोखरेलको नेतृत्वमा जात्रा सञ्चालक, पुजारी, नाइके, गुठी संस्थान, सरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, स्थानीय समाजसेवी एवम् सरोकार भएका निकाय र स्थानीय क्लबसँग पटक पटक छलफल भइरहेको छ । सौरमास (विसं) का आधारमा चल्ने बिस्केट जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ । लिच्छविकालदेखि सुरु भएको सो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । भूकम्पका कारण रथ लैजाने मार्गका धेरै घर अझै पनि टेकोमा अड्याइएको कारण त्यस्ता घर नोक्सान नहोस् भनेर यस वर्ष भैरवको रथ लैजाने मार्ग छोट्याइने भएको छ । सोअनुसार तौमढीबाट माथिल्लोपट्टि क्वाछेसम्म र तल्लोपट्टि बोलाछेसम्म मात्रै रथ लैजान दिइने छ । सुरुको दिन तौमढीमा रथ तानिने, चैत मसान्तमा ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते तौमढीमा भैरवको रथ तानिन्छ । सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याइएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ जात्रा शान्तिपूर्ण बनाउनका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र आवश्यक पर्दा नेपाली सेनासमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने प्रहरी उपरीक्षक किरण राणाले बताए । चोक चोकमा बत्ती र सिसी क्यामरा जडान गरिने भएकाले यस वर्ष ढुङ्गा हान्ने व्यक्तिको सहजै पहिचान गर्न सकिने बताउँदै उनले जात्रामा ढुङ्गा हान्ने, हुलहुज्जत गरी जात्रा बिथोल्न खोज्ने, झगडा गर्ने गराउने जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिए । “सिसी क्यामराका साथै सादा पोसाकमा प्रशस्त मात्रामा प्रहरी खटाई त्यस्ता व्यक्तिको निगरानी गरिने छ र त्यस्ता व्यक्तिलाई जात्रा स्थलबाटै पक्राउ गरिने छ ”, उनले भने । विगतमा तौमढीबाट रथ तान्न सुरु भएपछि माथिल्लोपट्टिकाले सके दत्तात्रयसम्म र तल्लोपट्टिकाले नासमनासम्म लैजाने परम्परा रहेको थियो । पहिले जात्रामा मादक पदार्थ खाएर हिंसात्मक गतिविधि हुने, झगडा हुने, जात्रामा ढुङ्गा हानाहान हुने भएकाले यस वर्ष जात्रा सञ्चालन हुने क्षेत्रमा पूर्ण रुपमा मदिरा पसल एवम् खुला मदिरा बिक्री बन्द गराइने छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending