Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

जंगल पसे विप्लवका कार्यकर्ता

\"\"काठमाडौं, ६ वैशाख । मुलुक स्थानीय निकायको चुनावमा होमिएका बेला सोको विरुद्ध आक्रामक नारा र अभिव्यक्ति दिने कम्युनिष्ट पार्टी (विप्लव समूह)ले चुनाव भाँड्न डरलाग्दो अभ्यास गरिरहेको छ । ‘दलाल संसदीय व्यवस्थाको चुनाव खारेजी गरौंः जनसत्ता सुदृढ र विस्तार गर्दै अघि बढौं’ भन्ने नारा बोकेका कार्यकर्ता चुनाव प्रतिरोधी सैन्य तालिममा सक्रिय छन् । जनआस्था साप्ताहिकमा खबर छ– स्रोतका अनुसार जनयुद्धताका तत्कालीन माओवादीले सञ्चालन गरेको सुकिदह केन्द्रमा अर्धसैन्य संरचनामा करिब तीन सय कार्यकर्ता तालिमरत छन् । सल्यान, रुकुम र रोल्पाको सिमानास्थल सुकिदहलाई केन्द्र बनाएर त्यस आसपासका कार्यकर्तालार्य तालिम दिइरहेको बताइन्छ । जानकारी अनुसार पूर्वजनमुक्ति सेनाका ब्रिगेड सहायक कमाण्डर सल्यान ढाकाडाम निवासी चन्द्रबहादुर खड्काले प्रशिक्षण दिइरहेका छन् । तालिममा रुकुम र सल्यानका १५०÷१५० जना कार्यकर्ता सहभागी रहेको भनिए पनि अन्य जिल्लाका कार्यकर्तालाई समेत लगिएको छ । विप्लव कार्यकर्ताको पहिलो निशानामा माओवादी केन्द्रका नेता र उम्मेद्वार भएको सूचना पाएपछि रुकुमस्थित माओवादी केन्द्रले वाइसिएललाई संगठित गरिरहेको बुझिएको छ । उम्मेद्वार तथा नेतालाई कब्जा गर्ने, ज्यान मार्ने धम्की दिने अनि मोटो रकम असुल्ने योजना छ– विप्लव समूहले चलाएको चुनाव प्रतिरोधी सैन्य तालिमबारे स्रोत भन्छ, ‘ठेकेदार र ठूला सरकारी योजनासँग पनि उनीहरुले रकमको बार्गेनिङ गरिहेका छन् ।\' मतदान केन्द्र आसपास बम पड्काउने, मतदान स्थलमा सर्वसाधारणलाई जानबाट रोक्नेलगायत कार्यसूची तय गरेको पाइएको छ । उनीहरुले चुनाव बिथोल्न खर्च चाहिने भन्दै १० लाखभन्दा माथिका विकासे योजनाको विवरण खोजिरहेका छन् । उपभोक्ता समितको अध्यक्ष र तिनको सम्पर्क नम्सर प्राप्त गरी कम्तीमा १५ प्रतिशत बुझाउन तारन्तार धम्की दिइरहेको बुझिएको छ । रकम नदिए भ्रष्टचाराको आरोप लगाई जनकारबाही गर्ने भन्दै थर्काउने गरेको उपभोक्ता समूहका एक अध्यषले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending