Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

राष्ट्रपति ट्रम्पले निर्णयको बचाउ किन गरे ?

\"\"अमेरिका, २८ वैशाख । एउटा ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले भूतपूर्व एफबीआइ प्रमुख जेम्स कोमी भन्दा धेरै राम्रो काम गर्ने र एफबीआइको सम्मान फिर्ता ल्याउने मानिसलाई त्यो पदमा नियुक्त गरिने बताए । वातावरण शान्त भएपछि सबैले आफूलाई धन्यवाद दिने उनको भनाइ छ । कोमीलाई हटाइपछि रिक्त पदमा तुरुन्तै नयाँ उम्मेदवार खोजिने ह्वाइट हाउसले बताएको छ । हिलरी क्लिण्टनका इमेलमाथि जारी अनुसन्धानका सम्बन्धमा राष्ट्रपति ट्रम्पले कोमीलाई बर्खास्त गरेको अमेरिकी प्रशासनले बताएको छ । तर कोमीले ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्बन्ध माथि अनुसन्धान गरिरहेका हुनाले उनलाई बर्खास्त गरिएको डेमोक्रयाटहरु बताउँछन् । रुससंग सहकार्य गरेको आरोप निराधार भएको ट्रम्पले बारम्बार बताउँदै आएका छन् । गत वर्षको जुलाई महिनामा कोमीले क्लिण्टनले इमेल प्रयोगमा लापरवाही गरेको तर अपराध नगरेको बताएका थिए । उनले कुनै अभियोजन नलगाइ सो मुद्दा बन्द गरिनुपर्ने बताएका थिए तर नोभेम्बर महिनामा निर्वाचनको ११ दिन अघि उनले क्लिण्टनका थप इमेलहरु भेटेको भन्दै अनुसन्धान फेरि शुरु गरेका थिए । निर्वाचनमा आफ्नो हारका लागि क्लिण्टनले केही मात्रामा कोमीलाई पनि दोष दिएकी छिन् । आफ्नो कदमले निर्वाचन प्रभावित भएको सम्भावना डरलाग्दो भएको कोमीले बताएका थिए, तर त्यस्तो अवसर आएमा फेरि पनि आफूले त्यही निर्णय गर्ने पनि उनले बताएका थिए । उनको त्यो अनुसन्धान गर्ने तरिकालाई राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका थिए र त्यसकारण पनि उनलाई अचानक बर्खास्त गर्ने निर्णयले मानिसहरुलाई अचम्भित पारेको छ । डेमोक्रयाटहरुले निश्चय नै कोमीलौ पदमुक्त गर्ने निर्णय माथि स्वतन्त्र अनुसन्धानको माग गर्नेछन् र केही रिपब्लिकनहरुले पनि उनीहरुलाई समर्थन गर्न सक्छन् ।एफबीआइका निर्देशकलाई बर्खास्त गरिएको यो दोस्रो पटक हो । अमेरिकी सञ्चार माध्यमहरुका अनुसार कोमीले एफबीआइका अधिकारीहरुलाई सम्बोधन गरिरहँदा टेलिभिजनमा प्रसारित समाचारमार्फत आफू पदच्यूत गरिएको थाहा पाएका थिए । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies