Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

किसान परियोजनाबाट कृषक लाभान्वित

\"\"रामपुर (पाल्पा), २९ वैशाख । रामपुर नगरपालिका–२ गाडाँकोटका रामबहादुर सोतीको दैनिकी हिजोआज एकाएक परिवर्तन भएको देख्दा सबै दङ्ग छन् । आम्दानीका लागि निकै सङ्घर्ष गर्नुभएका सोतीलाई किसान परियोजनाले तरकारी व्यवसायमा लगानी गरिदिएपछि उहाँको जीवन बदलिएको हो । परियोजनाले आजभन्दा तीन वर्ष अगाडि तरकारी व्यवसायका लागि कृषि सामग्री, बीउबिजन सहयोग गरेपछि उहाँलाई आम्दानी गर्ने बाटो नै अहिले तरकारी व्यवसाय बनेको छ । बेलाबेलामा घरमै आएर परियोजनाले कृषि सामग्री, उन्नत जातका बीउबिजन र खेती गर्न आधुनिक प्रविधि सिकाएपछि व्यवसाय गर्न निकै सजिलो भएको सोतीको अनुभव छ । किसान परियोजनाले जिल्लाका ग्रामीण भेगका कृषकलाई लक्षित गरेर व्यवसायमा सहयोग गरेपछि उहाँजस्तै अन्य कृषक पनि व्यवसायमा लागेका हुन् । परियोजनाले विशेष गरी ग्रामीण भेगका गरिब असहाय बेसहारा, जनजाति, दलित बस्तीमा पुगेर कृषि व्यवसाय गर्न हौसला प्रदान गर्दै लगानीसमेत गरिदिएपछि कृषकको आम्दानी गर्ने बाटो तरकारी व्यवसाय बनेको हो । परियोजनामार्फत जिल्लाका दुई नगरपालिका र साविकका १६ गाविसका गाउँ तथा टोल टोलमा पुगेर समूह गठन गरी कृषकलाई सैद्धान्तिक, प्राविधिक ज्ञान सीप सिकाउँदै व्यवसायतर्फ उन्मुख गराउन सफल भएको परियोजनाले जनाएको छ । यस परियोजनाबाट जिल्लाका तानसेन र रामपुर नगरपालिका, साविकका गाविसहरु अर्गली, बौघापोखराथोक, चापपानी, चिदिपानी, चिर्तुङधारा, देउराली, गल्धा, हुँगी, खस्यौली, मस्याम, नायरनम्तलेस, पालुङमैनादी, पीपलडाँडा, पोखराथोक, तेल्घा र ठिमुरेका दुई हजार ७९४ घरधुरीका कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । यस कार्यक्रमबाट सोचेभन्दा राम्रो प्रगति पाइएको परियोजना प्रमुख मेनुकुमार श्रेष्ठ बताउनुहुन्छ । “सुरुमा त लगानी खेर जाने हो कि भन्ने चिन्ताले साताएको थियो”, “लगानीअनुसार उपलब्धि पनि राम्रो रह्यो, बजारबाट किनेर खाने कृषकले अहिले तरकारी उत्पादन गरेर बजारसम्म बिक्री गर्ने गरेको पाइएको छ” – उहाँले भन्नुभयो । पाँच वर्षको अवधिको लगानी र उपलब्धि हेर्दा यहाँका कृषक निर्वाहमुखीबाट व्यवसायतर्फ उन्मुख भएको उहाँले बताउनुभयो । परियोजनाले व्यवसाय गर्न जागरुक गराएपछि व्यवसाय थालेको हुगीका कृषक झविलाल पाठक बताउनुहुन्छ । उहाँले अहिले करिब १५ रोपनी जग्गामा तरकारीखेती थाल्नुभएको छ । वार्षिक रुपमा करिब रु १० लाख बराबरको आम्दानी गर्ने लक्ष्य उहाँको लक्ष्य छ । बजारबाट किनेर खाने कृषकले घरमै तरकारी उत्पादन गरी बजारमा बिक्री गरेको देख्दा निकै खुसी लागेको परियोजनाका बजार प्राविधिक अशोक गुरुङ बताउनुहुन्छ । परियोजनाले समूहमार्फत विभिन्न कृषि सामग्री, आर्थिक रकम सहयोग गरेपछि व्यवसाय गर्न कृषकलाई सहज भएको रामपुरका अगुवा कृषक नारायणप्रसाद भण्डारी बताउनुहुन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies