Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

यसरी भयो बाजुरामा सेनाको जहाज दुर्घटना

\"\"काठमाडौं, १७ जेठ । गोमा एयरको जहाज लुक्लामा दुर्घटना भएको चार दिन नबित्दै नेपाली सेनाको जहाज दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लास्थित सिमकोटका लागि उडेको नेपाली सेनाको कार्गो जहाज मंगलबार बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना भएको हो । कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा महासेनानी क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– आर्मी ४८ कलसाइन भएको सैनिक विमानकी सहचालिका सहसेनानी अनिता आले र स्टेवार्ड पूर्णबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइते दुईजनालाई नेपालगन्ज उपचारका लागि रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक जगदीश भट्टले बताए । दुर्घटनाग्रस्त विमानमा आगो लागेको थियो । कोल्टीस्थित सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार गम्भीर घाइते सहचालक अनिता आले बोल्न नसक्ने अवस्थामा छिन् । सुबेदार पूर्णबहादुर खड्काको हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा छन् । मृतक क्याप्टेन गुरुङसहित दुवै घाइतेलाई सीता एयरलाइन्सको डोर्नियर विमानले दिउँसो १ बजेर २३ मिनेटमा नेपालगन्ज ल्याएको थियो । यसरी भयो दुर्घटना सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब भएपछि सीता एयरलाइन्सले साढे १२ बजे कोल्टीमा अवतरण गर्यो । यसमा मानसरोवरका लागि उडेका भारतीय तीर्थयात्री थिए,’ थापाले भने । सीता एयरलाइन्स अवतरण भएको चार मिनेटपछि सेनाको स्काई ट्रक कोल्टी आइपुगेको उनले बताए । ‘अवतरण गर्न लागेका वेला जहाजले धावनमार्गको टचडाउन मार्कभन्दा धेरै माथि आएर मात्रै टेक्यो, आधा धावनमार्गमा टेकेकाले जहाज बाहिर गहुँखेतमा पुग्यो,’ थापाले भने । खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । उनका अनुसार सेनाको विमानमा चामल र कुखुुराको मासु थियो । विमान दुर्घटना हुनेबित्तिकै प्रहरी र नेपाली सेनाभन्दा अगाडि स्थानीयवासी पुगेर घाइतेको उद्धार गरेको स्थानीय अनिल शाहीले बताए । विमान खसेको पाँच मिनेटमै गाउँले घटनास्थल पुगेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy