Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

सर्वदलीय वैठकमा अोली नअाएपछि देउवाले भने– घरमै गएर भेट्छु

\"\"काठमाडौं, १७ जेठ । राष्ट्रपतिले दिएको सात दिनको समयमा राष्ट्रिय सहमतिको सरकार नबन्ने देखिएको छ । सात दिन सकिनु एक दिनअघि राष्ट्रिय सहमतिको सरकार गठनका लागि भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाए पनि प्रमुख प्रतिपक्षी एमालेले बहिष्कार गरेको छ । सत्तारुढ दल माओवादी केन्द्रसहितका साना दल सहभागी बैठकमा नेताहरूले एमालेसँग पनि छलफल गर्न सुझाब दिएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– ‘तीन–चार दिनयता संसद् बैठकदेखिका अरू विषयमा व्यस्त हुँदा छलफल गर्न सकिएको थिएन, त्यसैले मंगलबार सभापतिले सर्वदलीय बैठक बोलाउनुभएको हो,’ कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘बैठकमा एमालेबाहेकका संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दल सहभागी भएर सरकार गठनका लागि सुझाब दिनुभएको छ ।’ कांग्रेस नेतृत्वमा सहमतिको सरकार गठन गर्ने भनेर पत्र लेखेको भन्दै अधिंकाश दलका नेताहरूले असन्तुष्टि जनाए पनि कांग्रेस सभापतिको नेतृत्वप्रति दलहरूले असहमति नराखेको श्रेष्ठले बताए । साना दलहरूले एजेन्डामा प्रस्ट भएर अगाडि बढ्न ठूला दललाई सुझाब दिएका छन् । किन आएन एमाले ? सोमबार कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भन्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलका लागि पत्राचार गरेको थियो । यसैलाई निहुुँ बनाउँदै एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको हो । सहमतीय सरकारको नेतृत्वको विषय खुला नगरी आफैँ नेतृत्व गर्ने भन्दै पत्र पठाएपछि एमालेले बहिष्कार गरेको जनाएको छ । तर, कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठ त्यो अस्वीकार गरे । ‘सभापतिजीले सोमबार केपी ओलीजीलाई मंगलबार बैठक बोलाउँछौँ, तपाईंहरू पनि आउनुपर्छ भनेपछि उहाँकै समझदारीमा बैठक बोलाइएको हो,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘तर, एमाले आएन । बांगिने, टेढिने, मर्किने गर्न एमालेलाई कसैले पनि सक्दैन ।’ बैठकमा कसले के भने ? सहमतिमा अघि बढौँ : शेरबहादुर देउवा, सभापति, कांग्रेस सहमतिका लागि राष्ट्रपतिले समय दिनुभएपछि मैले छलफलका लागि तपाईंहरूलाई बोलाएको हुँ । संसद् बैठक, राजनीतिक वार्ताको व्यस्तताले समयमै छलफल गर्न सकिएन, तर अहिले पनि ढिलाइ भएको छैन । सहमतिमा अघि बढौँ । ठूलो दलको हिसाबमा कांग्रेसको नेतृत्वलाई सहयोग गर्नुस् । सबै मिलेर अघि बढौँ, संविधान कार्यान्वयन मिलेर गरौँ । प्रचण्डले भने, देउवाकै नेतृत्वमा जाऊँ भद्र सहमतिअनुसार यसअघि कांग्रेसले मेरो नेतृत्वलाई सहयोग गर्यो । सहमतीय सरकार देउवाजीको नेतृत्वमा गठन हुँदा माओवादीलाई मान्य हुन्छ । तर, एमालेसँग पनि यस विषयमा छलफल गर्नुपथ्र्यो । यस विषयमा एमाले नेतृत्वसँग छलफल गर्न देउवाजीलाई सुझाब दिएका छौँ । हाम्रो लागि पनि सहमतीय सरकार बने राम्रो हुन्छ । बन्दै बनेन भने पनि बहुमतीय प्रक्रियामा हाम्रो समर्थन देउवालाई हुन्छ । नीतिगत सहमति हुँदा सरकारमा जान्छौँ : कमल थापा, अध्यक्ष, राप्रपा सिद्धान्ततः प्रजातान्त्रिक व्यवस्थामा सबै प्रमुख पार्टीहरू एक ठाउँमा बसेर सरकार निर्माण गर्ने कुरा उपयुक्त होइन । प्रजातान्त्रिक व्यवस्थामा सरकार बलियो हुनुपर्छ, प्रतिपक्ष त्योभन्दा बलियो हुनुपर्छ भन्ने राप्रपाको पहिलेदेखिको मान्यता हो । कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउँछन् भने राप्रपा प्रतिपक्षमा बस्छ । सरकार निर्माणमा भन्दा पनि संविधान निर्माणमा सहमति हुन जरुरी छ । को सरकारमा सहभागी हुने, को नहुने भन्दा पनि संविधान कार्यान्वयन गर्ने र ७ माघभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने विषयमा सहमतिको आवश्यकता छ । सरकार निर्माणमा सहमतिको खासै महत्व हुँदैन । कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने राप्रपा र कांग्रेसबीचमा नीतिगत विषय र व्यावहारिक विषयमा छलफल हुँदा सहमति हुन सक्यो भने त्यो सरकारमा जाने विषयमा हाम्रो सकारात्मक धारणा रहन्छ । यसरी टुंग्याए देउवाले बैठक बैठकमा एमालेका साथै राजपा अध्यक्षमण्डलका शीर्ष नेतासमेत सहभागी भएनन् । सो क्रममा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष केपी ओलीलाई घरमै गएर भेट्ने बताए । ‘मैले उहाँलाई हिजै बैठकमा बोलाएको थिएँ, तर आउनुभएन,’ देउवाले भने, ‘अब उहाँलाई घरमै गएर भेट्छु ।’ बैठकबाट बाहिरिँदै देउवाले अब सहमतीय सरकार बन्न नसके बहुमतीय प्रक्रियाबाट सरकार बन्ने बताए । बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राजपा, नेमकिपा, माले, नेकपा संयुक्त, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्र्टी सहभागी थिए । त्यस्तै, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलका अध्यक्ष एवं प्रतिनिधि सहभागी थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy