Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

नगर प्रमुखलाई पहिलो गाँसमा नै ढुङ्गा

\"\"काभ्रे, १८ जेठ । बनेपा नगरपालिकको अर्काे समस्याको रुपमा रहेको नगरभित्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन चुनौतीको नपमा रहेको छ भने बनेपा दुर्गन्धित बन्दै गएको छ । स्थानीय तहको निर्वाचन को समय नगरका विभिन्न चोकमा हप्तौसम्म फोहोर थुप्रिएकोले स्थानीयवासीको स्वास्थ्यमा समेत असर पर्न थालेको छ । नगरपालिका घोषणा भएको तीन दशक भन्दा बढी समयमा बनेपा नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन । २०३८ सालमा नगर पञ्चायतको घोषणा भएदेखि नै बनेपामा फोहोर व्यवस्थापनको समस्या सुरु भएको हो । राजधानीपूर्वको व्यापारिक केन्द बनेपामा पछिल्लो समय आवास तथा व्यापारिक प्रयोजनका लागि घरहरु निर्माण गर्नै क्रम तीव्र भएको छ । सोही अनुपातमा यहाँको जनसंख्या पनि वृद्धि भइरहेको छ । राज्यको पुर्न संरचनापछि ग्रामीण भेग समेटेर मानिसहरु भित्रिने क्रम बढ्दै गएको छ । घर निर्माण र जनसंख्यामा वृद्धि हुँदै गएपछि नगरभित्रबाट निस्कने फोहोरको मात्रा पनि निकै बढेको छ । तर, व्यवस्थित डम्पिङ साइट नहुँदा नगरपालिकालाई फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताएको छ । हाल बनेपा नगरबाट उत्पालित फोहोरलाई साबिक बनेपा– ११ रातमाटेमा लगेर थुपार्ने गरिएपनि यहाँ स्थानीयले अबरोध गरेका छन् । अबको ४ महिनापछि बनेपा नपाले अर्काे बिकल्प खोज्नु पर्ने छ । यस विषयमा नपाका जननिर्वाचित मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले ‘सभ्य शहरको विकास गर्ने तर्फ डम्पीङ साईडको उचित पहिचाहन गर्दै आफु अगाडी बढ्ने’ बताए पनि हाल नगरपालिकाले नगरको घना बस्ती भएका स्थानबाट फोहोर संकलन गरेर व्यवस्थित डम्पिङ साइटमा लगेर थुपार्ने काम भने कम चुनौती पुर्ण छैन । हाल नगरपालिकामा रहेका ट्रयाक्टर र केही रिक्साले दिनहुँ फोहोर संकलन गर्ने गरे पनि कतिपय चोकमा फोहोर उठाउने गाडी नै पुग्दैन, ’यसले नगर दुर्गन्धित बनाएको छ । नगरपालिकाबाट दैनिक पाँच टनभन्दा बढी फोहोर संकलन हुने गरेको छ । उता, नगरपालिकाले हाल फोहोर थुपार्ने गरेको स्थान बहुचर्चित सूचना प्रविधि पार्कअगाडि भएकाले पनि विवादीत बनेको छ । सूचना प्रविधि पार्क निर्माणको सुरुवातसँगै त्याहाँबाट डम्पिङ साइट हटाउनुपर्ने आवाज उठ्दै आएको छ । तर, बैकल्पिक स्थान अभावका कारण तयहाँबाट डम्पिङ साइट हटाउन नसकिएको नगरपालिकाले जनाएको छ । सूचना प्रविधि पर्कसामुन्ने डम्पिङ साइट रहेकाले यहाँ आएर काम गर्न इच्छुक कतिपय कम्पनी त्यतिकै र्फकने गरेका छन् । उनीहरुको पहिलो र्सत नै त्यहाँबाट डम्पिङ साइट हटाउनुपर्ने रहने गरेको छ । सूचना प्रविधि पार्कमा पटक–पटक हुने कार्यक्रममा सहभागि हुन आउने मन्त्री र प्रधानमन्त्रीले समेत डम्पिङ साइट हटाउनुपर्ने बताउँदै आएका छन् । तर, नगरपालिकाले अहिलेसम्म फोहोर व्यवस्थापनका लागि अर्को स्थान फेला पार्न सकेको छैन । डम्पिङ साइटबाट गिद्धले बेलाबेलामा मासु ल्याएर सूचना प्रविधि पार्कमा खसाल्ने गरेको पार्कमा कार्यरत कर्मचारी बताउँछन् । हाल प्रयोग भइरहेको डम्पिङ साइट खुला स्थानमा रहेकाले स्थानीयको स्वास्थ्यमा समेत असर पर्ने गरेको छ । अव्यवस्थित फुटपाथ बनेपा नगरपालिको अर्काे समस्याको रुपमा रहेको छ । अरनिको राजमार्गको दाँयाँ बाँया क्षेत्रमा फुटपाथ पसल थापेर कुरुप बनेको बनेपा नगरपालिक लाई व्यवस्थित गर्न कम चुनौती पुर्ण रहेको छैन । फुटपाथ बनेपा नगरमा घाडोको रुपमा स्थापित भएको छ ।गत साउनबाट बनेपा नगरपालिकाले सबै फुटपाथ पसल र अव्यवस्थित पार्किङ हटाउने भने सफल हुन सकेको छैन् । नगरपालिका क्षेत्रको अरनिको राजर्माग दायाँबायाँ रहेका २०० हाराहारीको फुटपाथ पसल पश्चिममा पुलबजार, पूर्वमा बुडोल, उत्तरमा गणेशमन्दिर र दक्षिणमा गोदामचोक आसापासमा फुटपाथ पसल राख्न निषेध गरे कुरो मै सिमीत बन्यो । स्थानीय स्वायत्त शासन ऐन ०५५ ले बिनास्वीकृति कुनै पनि सार्वजनिक स्थानमा पसल राख्न नपाइने व्यवस्था गरेको भएपनि सार्वजनिक स्थानमा स्वीकृतबिना पसल राखे वा सार्वजनिक ठाउँको अतिक्रमण गरेर पसल संञ्चलनमा छन ।यस विषयमा नगर प्रमुख वादेले बनेपाको पुल बजारदेखि बुडोलसम्म करिब डेढ किलो मिटर बनेपा अरनिको राजमार्गको दायाँ बाँया कालोपत्रे गर्ने योजना भएकोले यसबाट फुटपाथ व्यापारी आफै हट्ने बताएका छन् । बनेपा नगरपालिका अव्यवस्थित हुँदा सर्वसाधारण, बस सञ्चालक तथा यात्रुले सास्ती भोग्नुपरिरहेको छ । तर, दैनिक सवारी चाप बढिरहँदा पनि स्थानीय निकायले भने कर उठाउने काम मात्र गर्दै आएको स्थानीय बासिन्दाको गुनासो छ । अव्यवस्थित बसपार्क जिल्लाको नै केन्द्र बनेपा नगरपालिकाको बसपार्क भए पनि व्यवस्थित नहुँदा समस्या बढेको छ । निजी सवारी, ट्र्याक्टर तथा यात्रुवाहक साधन एकै स्थानमा पार्किङ गर्न साँघुरो भएको बस चालकहरू बताउँछन् । बनेपा हुँदै दैनिक करीब २ हजार सवारीसाधन आवतजावत गर्छन् । ती सवारीसाधनमध्ये आधाजति बनेपामा पार्किङ गर्ने गरेका छन् । भर्खर भएको स्थानीय तहको निर्वाचन बाट निर्वाचित मेयर लक्ष्मी नरसिहं बादें श्रेष्ठले बनेपालाई पर्यटन क्षेत्रको रुपम विकास गर्ने बताएका छन । उनले जिल्लाम भएका पर्यटकीय मठ मन्दिरको संर्वधन संरक्षण गर्दै बनेपालाई पर्यटकीय नगरी बनाउने बताएका छन । चण्डेश्वरी धनेश्वरका जंगललाई प्राकृतिक चिडिया घरको रुपमा स्थापित गर्न होम स्टेयको गुरुयोजना रहेको बताएका छन् । लामो समयसम्म कर्मचारीले नगर चलाएकोले यसमा भएका ढिला सुस्तीलाई अन्त्य गर्न आफु लागि पर्ने बताएका छन् । बनेपामा थपीएका गाउँ पालिकामा नयाँ कार्ययोजना सहित अगाडि बढ्ने र बनेपा नाला सडकलाई कालो पत्रे गर्ने योजना भएको उनले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy