जेब्रा क्रसिङमै मारिए पैदलयात्रु, यी हुन् राजधानीका 'ब्ल्याक स्पट'
जेष्ठ २३ गते, २०७४ मगलवार 6th June, 2017 Tue०८:४५:१३ मा प्रकाशित
काठमाडौं, २३ जेठ । सुनसरीकी २३ वर्षीया रविना चौधरी वसुन्धरास्थित पञ्चाइन बोर्डिङमा पढाउन सोमबार बिहान नौ बजे सुकेधारास्थित घरबाट निस्किइन् । चक्रपथ चल्ने बस चढेर वसुन्धरामा ओर्लिइन् । चक्रपथबाहिर रहेको स्कुल जान जेब्रा क्रसिङबाट बाटो पार गर्न लाग्दा तीव्रगतिमा आएको यात्रुवाहक बसले उनलाई ठक्कर दियो । घटनास्थलमै उनको निधन भयो । डेढ महिनाअघि मात्र जागिर खान सुरु गरेकी रविनाको बसको लापरबाहीका कारण ज्यान गएको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा पैदल यात्रुलाई यात्रा गर्न सिकाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिएपछि ट्राफिक प्रहरीलाई टाउको दुखाइ बनेको छ । \'निकै दुःखद घटना भएको छ । हामीले यत्रो अभियान चलाइरहेका बेला जेब्रा क्रसिङमै पैदलयात्रु मारिनुमा सवारीसाधनको चरम लापरबाही देखिएको छ । यस घटनालाई हामीले निकै संवेदनशील रूपमा लिएका छौं\', ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङमार लामाले भने । उनले काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी कार्यालयसँग घटनाका अपराधीलाई सख्त कारबाही गर्न अनुरोध गरेको बताए । दोषी धरौटीमा समेत नछुट्ने उनको भनाइ छ।
वीरगन्ज-काठमाडौं चल्ने ना.४ख ४२६२ नम्बरको रात्रिकालीन यात्रुवाहक बसले रविनालाई ठक्कर दिएको हो । यात्रु लिएर आइतबार साँझ वीरगन्जबाट हिँडेको उक्त बस यात्रुलाई ओराल्दै गौशाला-चाबहिलको बाटो भएर बसपार्कमा \'बिसौनी\' गर्न हिँडेको थियो । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत रविनाले बीबीएस चौथो वर्षको परीक्षा दिएर जागिर सुरु गरेकी थिइन् । \'त्यहाँको म्याम विदेश गएको बेला बहिनी (रविना) लाई दुई महिना पढाउन दिइएको थियो । पछि म्याम फर्किएपछि बहिनीले पढाउन छाडेकी थिइन् । बीबीएसको पढाइ सकेपछि उनलाई सोही स्कुलले बोलाएको थियो\', दाजु ईश्वरले भने, \'पढाउन बिहान सुकेधाराबाट बस चढेर हिँडेकी थिइन् । वसुन्धरामा ओर्लिएर बाटो काट्न खोज्दा गाडीले ठक्कर दिएछ ।\'
अविवाहित रविना चार छोरीमध्ये साहिली सन्तान् थिइन् । उनी बुबा-आमा, दाजु र दिदी-बहिनीसहित सुकेधारामा बस्दै आएकी थिइन् । आफन्तले शव बुझ्न मानेका छैनन् । मंगलबार यातायात व्यवसायी महासंघसँग छलफल गरेपछि मात्र शव बुझ्ने दाजु ईश्वरले बताए । प्रहरीले बस चालक बारा निजगढका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख गोविन्द पुरीले बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको बताए । चक्रपथको गौशाला-स्वयम्भू सडकखण्डमा पैदलयात्रु बढी दुर्घटनामा पर्ने गरेका छन् । \'यो खण्डमा चालकले तीव्रगतिमा सवारीसाधन गुडाउँछन्, बाटोको बनोट पनि त्यही किसिमको भएका कारण चालकले होसियारी अपनाउन नसक्दा दुर्घटना बढेको हो\', डीएसपी पुरीले भने ।
यी हुन् \'ब्ल्याक स्पट\'
ट्राफिक महाशाखाले उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रलाई \'ब्ल्याक स्पट\' घोषणा गरेको छ । यो सूचीमा कालिमाटी-कलंकी खण्ड, महाराजगन्ज-बसुन्धरा खण्ड, चप्पल कारखानाअगाडि, गोपीकृष्ण-चाबहिल खण्ड, सुकेधारा-धुम्बाराही खण्ड, त्रिभुवन विमानस्थलको कार्गोअगाडि, तिलगंगाअगाडि, बाफल-हल्चोक खण्ड, बबरमहल-माइतीघर खण्ड, माछापोखरी क्षेत्र, गुर्जुधारा ओरालो, त्रिभुवन पार्कअगाडि, कोटेश्वर-मुनीभैरव क्षेत्र, गैरीगाउँ, ढुंगेअड्डा-नैकाप क्षेत्र, बौद्ध-जोरपाटी ओरालो, साँखुको नाङ्लेभारे-लप्सीफेदी खण्ड, बूढानीलकण्ठको चपली घुम्ती, धोबीघाट, हात्तीवन, सल्लाघारीको एसओएस जाने बाटो र मनोहरा पुल-लोकन्थली क्षेत्र छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: