जेष्ठ २४ गते, २०७४ बुधवार 7th June, 2017 Wed०८:१०:२० मा प्रकाशित
काठमाडौं, २४ जेठ। प्रधानमन्त्री बन्ने हतारोमा शेरबहादुर देउवाले मधेसकेन्द्रित दललाई हिजो बिहान अर्को लिखत बुझाएका छन् । असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनआसपास प्रदेश नं. २ मा निकायहरु थप गर्ने आशयसहितको पत्र हिजो ती दलले बुझेपछि उनका पक्षमा मतदान भएको हो ।
जनआस्था साप्ताहिकमा खबर छ– त्यस्तै, संविधान संशोधनलाई अघि बढाइने अर्को शर्त छ । तर, कानुनतः प्रक्रिया अगाडि गइसकेको अवस्थामा निर्वाचन हुने भनिएका निकायलाई अदल–बदल गर्ने अधिकार सरकारसँग रहँदैन । उता, बूढेशकालमा एकचोटि पार्टी सभापति हुने रहर गरेका गोपालमान श्रेष्ठजलाई देउवाले उपप्रधानमन्त्री बनाएका छन् ।
सन्तुलन मिलाउने नाममा उपसभापतिचाहिँ विमलेन्द्र निधीलाई र मनोनित गर्न पाइने महामन्त्रीमा पूर्णबहादुर खड्कालाई लैजाने तयारी भएको बताइन्छ । तर, उपप्रधानमन्त्रीको दौडबाट प्रकाशमान सिंह हटिसकेका छैनन् ।
आजै अर्थमन्त्रीमा रामचन्द्र पक्षधर महेश आचार्यलाई बहाली गराउने कुराको खासै विरोध छैन । तर, भौतिक पूर्वाधार मन्त्री बनाउन लागिएका ज्ञानेन्द्र कार्कीको कुरालाई लिएर देउवा कोटरीभित्रै विवाद छ । पहिला पनि उर्जा र सिंचाइ एउटै हुँदा मन्त्री बनाइएका, त्यति गर्दा पनि चुनाव नजितेको मान्छेलाई फेरि बनाउन लागियो भन्दै हिजो बिहानसम्म देउवा निवासमा गलफत्ति चल्दै थियो । उनी ०४८ मा कृष्णप्रसाद भट्टराईका स्वकीय सचिव थिए ।
यसबाहेक राज्यमन्त्री बनाउनका लागि देउवाले प्रदेश नं. १ बाट तीनमध्ये एकलाई रोज्ने बताएका छन् । उनीहरु हुन्, भीष्मराज आङ्दाम्बे, मीनबहादुर विश्वकर्मा वा रामहरि खतिवडामध्ये एक । त्यस्तै, पहिला राज्यमन्त्री बनाउन ठिक्क पारिएका, तर नबनाइएका महेन्द्र यादव २ नं.प्रदेशबाट पक्कापक्की गरिएका छन् ।
फर्मुल्लाह मन्सुरलाई पनि कुनै न कुनै मन्त्रालय दिने बचन छ । ३ नं. प्रदेशबाट अम्बिका बस्नेत, ४ बाट भरत शाह मन्त्री बनाउने सूची हिजो बिहान निवासमा भेला भएका नेतामाझ सुनाएका छन् । यी सबैको नियुक्ति भने पहिलो चरणको निर्वाचन सम्मपन्न भएपछि हुनेछ ।
उता, पुराना कोही पनि नदोहो¥याउने मापदण्डका कारण अर्जुननरसिंह केसीले भाई जगदिश्वरनरसिंह केसीको नाम प्रसताव गरेका छन् । रामचन्द्रपक्षबाट महेश अर्थमन्त्री भएपछि बाँकीमा शेखर कोइराला, जीवन परियार र बद्री पाण्डेलाई पठाउने गरी सिफारिस भएको छ । कृष्ण सिटौलाले भीमसेनदास प्रधानलाई शिक्षामन्त्री नै हुने गरी मन्त्री बनाउन भनी नाम पठाएका छन् । भीमसेन प्राध्यापन पृष्ठमूमिका हुन् ।
त्यस्तै, राप्रपाले चार, फोरम लोकतान्त्रिकले तीन र हिजोको मतदानमा साथ दिने साना दलहरुले कम्तीमा दुई मन्त्रालय मागेको स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: