जेष्ठ २४ गते, २०७४ बुधवार 7th June, 2017 Wed०८:५४:४७ मा प्रकाशित
काठमाडौं, २४ जेठ । निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो १:५७ बजे प्रधानमन्त्री पदको शपथग्रहण गर्ने भएका छन् । शपथपछि देउवाले तत्काललाई सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
अाजको नयाँ पत्रिकामा खबर छ– ‘प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल बनाउनुहुन्छ,’ लेखकले नयाँ पत्रिकासित भने, ‘पहिलो चरणमा बुधबार नै ८ वा ९ सदस्यीय मन्त्रिपरिषद बन्छ । बाँकी मन्त्रीहरू १४ असारको पहिलो चरणको निर्वाचनपछि टुंग्याउनुहुन्छ ।’
को–को बन्दैछन् मन्त्री ?
पहिलो चरणमा कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की र फर्मुलाह मन्सुर मन्त्री बन्नेछन् । महेश आचार्यलाई मन्त्री बनाउन देउवा तयार भएका छन् । तर रामचन्द्र पौडेलले आफ्नो पक्षका मन्त्रीको नाम दिएका छैनन् । श्रेष्ठलाई उप्रधानमन्त्री बनाउने तयारी छ । उपप्रधानमन्त्रीसहित उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी गरेका छन् । श्रेष्ठलाई भौतिक दिए अर्थमा महेश आचार्य वा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाउने तयारी छ । कार्कीलाई अर्थ जिम्मा दिइए आचार्यलाई सूचना तथा सञ्चारसँगै सरकारको प्रवक्ता बनाउने तयारी भएको देउवानिकट स्रोत बताउँछ ।
कांग्रेसबाट बुधबार चार मन्त्री हुँदा माओवादीबाट २, फोरम लोकतान्त्रिकबाट एक र राप्रपाबाट एक मन्त्री बनाउने तयारी छ । कांग्रेस–माओवादीको संयुक्त कार्यदल बसेर मन्त्रीको टुंगो लगाउँदै छ । मन्त्री चयनकै लागि कांग्रेस र माओवादीको पनि आन्तरिक बैठक बस्दै छ । राजपा र संघीय समाजवादी फोरम भने तत्काल सरकारमा सहभागी नहुने भएका छन् ।
मन्त्रालय टुंगिन बाँकी
कांग्रेसले अर्थ, परराष्ट्र, सञ्चार, भौतिक पूर्वाधार, सहरी विकासमा दाबी गर्दै सरकारमा मन्त्री पठाउने तयारी गरेको छ । माओवादीले गृहसहित ऊर्जा, शिक्षा, परराष्ट्रमा दाबी गरेको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले अाज केन्द्रीय कार्यालयको बैठक बसेर मन्त्रीको टुंगो लगाउने जानकारी दिए ।
माओवादीले गृह, ऊर्जा आफ्नो दलले लिने र अर्थ, संचार कांग्रेसले लिने समझदारी भए पनि अरू मन्त्रालय साटफेर गर्नुपर्ने जनाएको छ । तर, कांग्रेसले परराष्ट्र मन्त्रालय आफैँसँग राख्ने तयारी गरेको छ । परराष्ट्र आफ्नो दलले लिएर कृष्णबहादुर महरालाई पठाउने तयारी माओवादीको छ । महरा परराष्ट्र भए गृहमा जनार्दन शर्मा जानेछन् ।
माओवादीबाट कसले गरे दाबी
माओवादीबाट कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेलले दाबी गरिरहेका छन् । हरिबोल गजुरेलले पनि उपप्रधानमन्त्रीसहित सरकारमा नेतृत्व गरेर जान दाबी गरिरहेका छन् । माओवादीबाट मन्त्रीका लागि शिवकुमार मण्डल, महेन्द्र शाही, श्याम श्रेष्ठ, टेकबहादुर बस्नेत, सन्तबहादुर थारू दाबेदार छन् । त्यस्तै, अग्नि सापकोटा, शक्ति बस्नेत, रामनारायण बिडारीको पनि दाबी छ । सीता नेपाली र रेखा शर्माले पनि दाबी गरेका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले १५ र माओवादीले ९ मन्त्रालय लिएका थिए । तर, माओवादीले यसपटक धेरै दल सरकारमा जाने भन्दै कांग्रेसले ११, आफ्नो दलले ९ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । बाँकी मन्त्रालय साना दलहरूलाई भाग लगाउनुपर्ने पक्षमा माओवादी छ ।
यी हुन् कांग्रेसका दाबेदार
कांग्रेसबाट भीष्मराज आङदेम्बे, डा. शेखर कोइराला (परराष्ट्र पाए), महेन्द्र यादव, फरमुल्लाह मन्सुर, मीन विश्वकर्मा, अम्बिका बस्नेत वा किरण यादव, कमला पन्त, वीरबहादुर बलायर, भरत साह, भीमसेनदास प्रधान मन्त्रीका लागि दाबेदार देखिएका छन् । कांग्रेसमा गगन थापा र नवीन्द्रराज जोशीलाई दोहोर्याउन दबाब छ । तर, देउवा मन्त्रीलाई दोहोर्याउन तयार छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: