Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

जेब्राक्रसमा मारिएकी रविनाको अन्त्येष्टि, 'हत्यारालाई' जन्मकैदको माग

\"\"काठमाडौं, २६ जेठ । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुगे । उनलाई लाग्यो, \'छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।\'छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उनले अन्त्येष्टि गराए । \'सधैं उही साथ पाउन सकिन्न । दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो\', छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भने ।उनले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, \'छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।\'गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो । स्कुल पढाउन घरबाट हिँडेकी छोरीको दुर्घटनाको खबर सुन्नेबित्तिकै सूर्यको होसहवास उडेको थियो । चार छोरी र श्रीमतीसाथ सुकेधारामा विगत १७/१८ वर्षदेखि बस्दै आएका उनी गाडी मेकानिक हुन् । इटहरीबाट काठमाडौं सरेका सूर्यलाई काममा भान्जा ईश्वरले सघाउँदै आएका थिए । बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेकी रविना परिवारको आशा थिइन् । \'मलाई कुनै कुराको लोभ छैन । छोरीको हत्यारालाई कडाभन्दा कडा सजाय दिइनुपर्छ । मैले जन्मकैद नै माग गरेको छु । प्रहरीले पनि कडाभन्दा कडा सजाय गर्छु भनेको छ\', सूर्यले भने । त्यसो त तेस्रो पक्ष बिमाबापत सूर्यको परिवारले पाँच लाख रुपैयाँ पाउनेछ । \'तर, पैसाले मेरो छोरीको जीवन आउँदैन । मेरो छोरीको हत्याराले जन्मकैद पाओस् ता कि भविष्यमा फेरि यस्तो घटना नदोहोरियोस्\', उनले भने । घटना भएको भोलिपल्ट मंगलवार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो । छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए । त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन । \'उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन । कानुनअनुसार हामीले न्याय पाउनुपर्‍यो\', सूर्य भन्छन् । सूर्यले शुक्रवार आफूलाई प्रहरीले बोलाएको बताए । रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ । घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।प्रहरीले बसका चालक बाराको निजगढ स्थायी घर भएका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सवारी ज्यान मुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाही ढंगले चलाएर ज्यान गएको हो भने चालकलाई २ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने चालकलाई एक वर्षसम्मको कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान लिएको हो भने चालकलाई जन्मकैदसम्मको सजाय हुन्छ । मृतक रविनाका आफन्तको माग भने प्रष्ट छ, \'अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।\' रविनाको दुर्घटना गराउने चालकलाई अधिकतम सजाय २ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ । यातायात व्यवसायी र पीडित पक्षबीच हुने सहमतिले गर्दा अधिकांश सवारी ज्यान मुद्दा \'सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको\' दफा लगाएर अपराधीलाई उन्मुक्ति दिने विगतको प्रचलन रहेको पाइन्छ । यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको पाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy