Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्दै, कति होला वर्षा ?

\"\"काठमाडौं, २७ जेठ । जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले यस वर्षको मनसुन केही दिनभित्रै प्रवेश गर्ने प्रक्षेपण गरेको छ । पूर्वअनुमान महाशाखाका अनुसार यस वर्षको मनसुनका लागि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा आउन थालेकाले नेपालमा केही दिनभित्रै मनसुन प्रवेश गर्ने अनुमान गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा स्थिर भएपछि पूर्ण रूपमा नेपालमा मनसुन प्रवेश गर्ने महाशाखाकी मौसमविज्ञ शान्ति कँडेलले बताइन् । यसैगरी, समुद्री सतहदेखि दुई किलोमिटरमाथिबाट दक्षिण–पूर्वी बहने हावाले पनि तत्काल मनसुन हुने संकेत गरेको कँडेलको भनाइ छ । ‘हामीले मनसुन प्रवेश गरेपछि घोषणा नै गरी विज्ञप्ति निकाल्छौँ,’ उनले भनिन्, ‘यसपछि मात्रै मौसमबारे विस्तृत जानकारी बाहिर आउँछ ।’ अघिल्ला वर्षहरूमा ढिला गरी मनसुन सुरु भए पनि यस वर्ष समयमै मनसुन सुरु हुने महाशाखालको प्रक्षेपण छ । नेपालमा हरेक वर्ष जुन १० (जेठ अन्तिमतिर) मा मनसुन सुरु भई २३ सेम्टेम्बर (असोज पहिलो साता) मा सकिन्छ । गत वर्ष पनि मनसुन पाँच दिन ढिला गरी १५ जुनमा सुरु भएको थियो । औसत वर्षाको प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसत वर्षा हुने प्रक्षेपण गरेको छ । तर, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा भने औसतभन्दा कम वर्षा हुन सक्ने मौसमविज्ञ कँडेलले बताइन् । वैशाख अन्तिम साता भुटानको थिम्पुमा सम्पन्न मौसमसम्बन्धी विज्ञहरूको दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनमा औसत वर्षा हुने अनुमान गरेको थियो । विज्ञहरूले ३० वर्षयताको मौसम विश्लेषणका आधारमा यस वर्ष नेपालमा कम वर्षा हुने अनुमान गरेका थिए । ‘कम वर्षा हुने भन्दैमा बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन,’ कँडेलले भनिन्, ‘एकै दिन मुसलधारे वर्षा हुँदा प्राकृतिक प्रकोप हुन सक्छ ।’ मनसुन पूर्वी नेपालबाट सुरु भई पश्चिम नेपाल हुँदै पुनः पूर्वीनेपालमै पुगी अन्त्य हुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनयता देशका अधिकांश क्षेत्रमा मौसममा बदली भइरहेको छ । बुधबार बेलुकासम्म सुदूरपश्चिमबाहेक अरू क्षेत्रमा बदली रहेको महाशाखाकी मौसमविज्ञ शान्ति कँडेलले बताइन् । मध्य र पूर्वी नेपालको तराई क्षेत्रमा वर्षा भइरहेको विभागले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy