जेष्ठ २९ गते, २०७४ सोमवार 12th June, 2017 Mon०७:४०:०८ मा प्रकाशित
काठमाडौं, २९ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा)लाई दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले गरेको प्रयास पुनः असफल भएको छ । आइतबार भएको सत्तारुढ दलसँगको छलफलमा राजपा नेताहरूले निर्वाचन सारेर संविधान संशोधनका लागि लिखित प्रतिबद्धता गरे मात्रै निर्वाचनप्रति सकारात्मक हुने बताएका थिए । तर, सत्तारुढ दलले यसअघि तीनपटक निर्वाचन सारिसकेको भन्दै अब निर्वाचन नसार्ने अडान लिए ।
अाजको नयाँ पत्रिकामा खबर छ– ‘राजपाका नेताले शनिबारकै जस्तो अडान दोहोर्याउनुभयो,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘उहाँहरूले निर्वाचन सार्ने हो र संविधान संशोधनका लागि लिखित राजनीतिक प्रतिबद्धता जनाउने हो भने मात्र हामी सकारात्मक हुन्छौँ अन्यथा निर्वाचनमा आउन सक्दैनौँ भनेपछि कुरा मिलेन ।’
राजपाका नेताहरूले स्थानीय तहको संख्या थप गर्नुपर्ने प्राथमिक विषय भएको भन्दै संख्या थप गरेर वातावरण बनाउन आग्रह गरेका थिए । ‘समस्याको गाँठो फुकाउन होइन झन् बल्झाउन उहाँहरूले गोलमटोल अडान राखिरहनुभएको छ । निर्वाचन सारेर संविधान संशोधनमा राजनीतिक प्रतिबद्धता मात्र आए पनि आफूहरू सकारात्मक हुने भन्ने भनाइ समस्या अड्काउने दृष्टिकोणले मात्र आएको छ,’ श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले अब यसरी हुँदैन, निर्वाचनपछि मात्र संविधान संशोधन हुन्छ भन्दै निर्वाचनमा आउन आग्रह गर्नुभयो ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले राजपाकै नामबाट निर्वाचन लड्न पाउने, राजपामा आबद्ध पहिलेकै दलमध्येबाटै निर्वाचन चिह्न दिलाउने भन्दै निर्वाचनमा भाग लिन आग्रह गरेका थिए । तर, राजपाका नेताहरूले संविधान संशोधन, स्थानीय तहको संख्या थप, मुद्दा फिर्ता, घाइतेको उपचारजस्ता विषय झिक्दै निर्वाचन सार्न माग गर्दै आएका छन् ।
राजपा अध्यक्षमण्डलका नेता अनिल झाले सत्तारुढ दलले समय लम्ब्याउने काम मात्रै गरेको आरोप लगाए । ‘शनिबार भएको छलफलमा सत्तारुढ दलले राजपाकै एक दलबाट निर्वाचन लड्नुस् भन्नुभएको थियो, आइतबार राजपाको नामबाट लड्ने व्यवस्था गर्छौँ भन्नेबाहेक अरू मागमा केही सकारात्मक कुरा गर्नुभएन,’ झाले नयाँ पत्रिकासँग भने, ‘हाम्रा राजनीतिक मागका विषयमा गतिलो राजनीतिक प्रतिबद्धता केही आएनन् ।’
राजपा निर्वाचनमा आउने विश्वासमा सरकार
उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ फास्ट ट्र्याकबाट राजपाकै नामबाट निर्वाचन लड्न दिने व्यवस्था उनीहरूलाई निर्वाचनमा सहभागी गराउनकै लागि भएको बताउँछन् । ‘उहाँहरूको पहिलेदेखिकै माग दल दर्ता र निर्वाचन चिह्न भन्ने थियो । त्यसैले फास्ट ट्र्याकबाट ऐन संशोधन गरेर राजपाकै नामबाट निर्वाचन लड्ने र पुरानै निर्वाचन चिह्न पाउने बाटो खोलेका छौँ,’ राजपा निर्वाचनमा आउनेमा विश्वास व्यक्त गर्दै श्रेष्ठले भने, ‘२ असारमा उम्मेदवारी मनोनयन गर्ने र निर्वाचनमा राजपा आउँछ भन्ने विश्वास सरकारलाई छ ।’ संविधान संशोधनको विषयलाई निर्वाचनअघि टुंग्याउने समय नभए पनि राजपासँग अझै वार्ता हुने उनी बताउँछन् ।
वार्ताबाट भाग्दैनौँ
राजपाका नेता अनिल झा आन्दोललनका कार्यक्रम घोषणा गरे पनि सत्तारुढ दलसँग वार्ता टरिनसकेको बताउँछन् । ‘आन्दोलन कडा हुन्छ, वार्ता र संवाद हुन्छ,’ झाले भने, ‘सत्तारुढ दलले जहाँ बोलाउनुहुन्छ, हामी वार्ताबाट भाग्दैनौँ ।’
प्रधानमन्त्रीले भने– निर्वाचन सार्न सकिन्न
स्थानीय तहको संख्या थप गर्न प्रक्रिया अघि बढाएकै हौँ । तर, अदालतले रोकिदियो । सरकार अदालतको आदेशमा भ्याकेटमा गएको छ । यस विषयमा के हुन्छ अदालतले भनेपछि मात्रै कसरी अघि बढ्न सकिन्छ भन्ने टुंगो लाग्छ । निर्वाचन आयोगसँग सल्लाह गरेर तपाईंहरूलाई निर्वाचन चिह्न दिलाउँदै छौँ । त्यसैले तपाईंहरू निर्वाचनमा आउनुस्, सबै तयारी अघि बढेपछि अब निर्वाचन सार्न र संविधान संशोधन गर्न सकिन्न ।
राजपाद्वारा आन्दोलनको घोषणा
राजपाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनको घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी राजपाले १४ असारको मतदानलाई प्रभाव पार्ने गरी १० असारदेखि अनिश्चितकालीन आमहडताल आह्वान गरेको छ । २ असारको मनोनयन दर्ता गर्ने दिन लिम्बुवान, मधेस र थरुहट क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । संविधान संशोधन र स्थानीय तहको संख्या थप नगरेसम्म निर्वाचनमा सहभागी नहुने उसको अडान छ ।
यस्ता छन् आन्दोलन कार्यक्रम
१० असारदेखि अनिश्चितकालीन आमहडताल
९ असारमा सबै जिल्लामा मसाल जुलुस
८ असारमा मोटरसाइकल र्याली
६ असारदेखि १४ सबै प्रकारका निर्वाचन कार्यक्रम अवरुद्ध गर्ने
५ असारमा लाठी जुलुस
३ र ४ असारमा सहिदको तस्बिर प्रदर्शन गर्ने
२ असारमा स्थानीय तहको कार्यालयमा तालाबन्दी
१ असारमा विरोध प्रदर्शन
३० जेठदेखि २ असारसम्म लिम्बुवान, थरुहट र मधेस बन्द
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: