Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

निर्वाचनको अन्तिम तयारीमा आयोग, ‘सहमतिको पहल गर्ने, निर्वाचन नसार्ने’

\"\"काठमाडौं, ३० जेठ । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनसम्बन्धी सबै तयारी पूरा गरेको छ । मतपत्र, उम्मेदवार फारम, मतपेटिकालगायत मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण सामग्री जिल्ला निर्वाचन कार्यालयमा पुगिसकेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अहिले जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रअनुसार फारम र मतपत्रहरू मिलाउँदै छन् । अाजको नयाँ पत्रिकामा खबर छ– निर्वाचन कार्यालय सञ्चालनमा प्रवक्ता शर्माका अनुसार ४ सय ६१ स्थानीय तहमा निर्वाचन कार्यालय सञ्चालनमा आइसकेका छन् । ‘अहिले सबै स्थानीय तहमा निर्वाचन कार्यालय सहज रूपमा सञ्चालनमा आइसकेका छन,’ उनले भने । कर्मचारी व्यवस्थापन हुँदै मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जनशक्ति व्यवस्थापन समितिले गरिरहेको छ । त्यसरी छनोट भएका जनशक्तिलाई नियुक्तिपत्र र तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ । मतपेटिका पनि जिल्ला जिल्लामा निर्वाचन आयोगका अनुसार ४३ जिल्लामा मतपेटिका पुगिसकेका छन् । अब मतदान केन्द्रमा मतपेटिका पु¥याउने तयारी भइरहेको छ । मतपेटिकाको सुरक्षा सहज भएको स्थानमा तत्काल र सुरक्षा संवेदनशील भएका स्थानीय तहमा केही दिनपछि लैजाने तयारी आयोगले गरेको छ । एक मतदान केन्द्रमा करिब हजार मतदाता हुन्छन् । १२ हजार मतदाता स्वयंसेवी निर्वाचन आयोगले मतदाता शिक्षाका लागि ११ हजार नौ सय ३१ स्वयंसेवी परिचालन गरेको छ । पहिलो चरणको मतदानमा मत बदरको प्रतिशत बढेपछि त्यसलाई गम्भीरतापूर्वक लिँदै आयोगले थप जिम्मेवार भएर मतदाता शिक्षामा खटिन स्वयंसेवीलाई आग्रह गरेको छ । राजपा नआए पनि निर्वाचन : सरकार राजपा निर्वाचनमा सहभागी नभए पनि १४ असारका लागि तोकिएको दोस्रो चरणको स्थानीय निर्वाचन नरोकिने सरकारले जनाएको छ । निर्वाचनमा सहभागी हुन राजपालाई फकाउने प्रयास पनि सरकारले जारी राखेको छ । ‘१४ असारमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ । राजपालाई मनाउन हामी कोसिस गरिरहेका छौँ,’ उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले भने । सुरक्षा रणनीति तयार : गृहमन्त्री सरकारले निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार गरिसकेको छ । गृहमन्त्री जनार्दन शर्माले प्रत्येक मतदान केन्द्रको सुरक्षात्मक विश्लेषण गर्दै रणनीति तयार गरिएको बताए । ‘चुनावको व्यवस्थापन र शान्तिसुरक्षाको मामिलामा गृह मन्त्रालयले स्पष्ट ढाँचा बनाएर काम गरिरहेको छ,’ गृहमन्त्री शर्माले भने, ‘चुनावी नीतिअन्तर्गत मन्त्रालयले सुरक्षा सतर्कता अपनाउँदै प्रत्येक मतदान केन्द्रको सुरक्षात्मक विश्लेषण गरेर रणनीति तयार पारिएको र त्यसैअनुरूप अघि बढ्न सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’ ‘सहमतिको पहल गर्ने, निर्वाचन नसार्ने’ सत्ता साझेदार कांग्रेस र माओवादी दोस्रो चरणको स्थानीय निर्वाचन १४ असारमै गर्ने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि सरकारका तर्फबाट अधिकतम लचकता प्रदर्शन गर्दासमेत आन्दोलनको घोषणा गरेकोमा दुई दलले आश्चर्य व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सोमबार साँझ झन्डै आधा घन्टा छलफल भएको छ । राजपा नेताहरूसँग संवाद जारी राख्ने र निर्वाचनमा सहभागिताका लागि आग्रह गर्ने समझदारी उनीहरूबीच भएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending