Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

राजपा फकाउँदै देउवा–प्रचण्ड

\"\"काठमाडौं, ३० जेठ । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई चुनावमा सहभागी गराउन अझै प्रयास जारी राख्ने भएका छन् । निर्वाचनकै मुखमा राजपाले चुनाव सार्न माग गर्दै आन्दोलन घोषणा गरेको भोलिपल्ट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफलमा १४ असारको निर्वाचन पछि नसार्ने सर्तमा राजपाले उठाएका माग सम्बोधन गर्न सकिनेजतिमा लचकता अपनाएर अघि बढ्ने सहमति भएको छ । अाजको राजधानी दैनिकमा खबर छ– देउवा र दाहालले १४ असारको निर्वाचन भने कुनै पनि सर्तमा पछि सार्न नसकिने तर उनीहरूले उठाएका मागमा अझै पनि सक्नेजतिमा लचकता अपनाएर पुनः वार्ता र सहमति गर्ने समझदाझ्दारी समेत गरेका छन् । प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले राजपालाई निर्वाचनमा कसरी सहभागी गराउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । प्रचण्डका प्रेस सहयोगी मनोहरि तिमल्सिनाले १४ असारका निर्वाचन पछाडि नसार्ने गरी राजपालाई निर्वाचनमा सहभागी गराउन अझै छलफल गरेर जाने सहमति जुटेको बताए । यसअघि राजपाले निर्वाचनपछि संविधान संशोधन गर्न लिखित सम्झौता गर्नुपर्ने, स्थानीय तह वृद्धि गरेर कार्यान्वयन गर्नुपर्ने त्यसपछि मात्र निर्वाचनको वातावरण बन्ने भन्दै १४ असारको निर्वाचन मिति पछाडि सार्न माग गरेको थियो । राजपाले उठाएका मागका सम्बन्धमा सहमति गरेर १४ असारमै निर्वाचन गराउन सकिने विश्वाससहित देउवा प्रचण्डले भने अझै छलफललाई अगाडि बढाउने निष्कर्ष निकालेका हुन् । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन प्रयोजनका लागि पार्टीको आधिकारिक नाम र हस्ताक्षर बुझाउने समय सोमबार सकिएको छ । राजपाले भने निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर र नामसमेत बुझाएको छैन । सत्तासीन माओवादी केन्द्रले राजपाले निर्वाचन चाहेको हो भने अझै पनि सहभागिताका लागि ठाउँ रहेको जनाएको छ । ‘आधिकारिक हस्ताक्षरका लागि पुनः निर्वाचन आयोगले छुटेको हकका लागि भनेर एकपटक समय दिएर सूचना निकाल्न सक्छ, उम्मेदवारी दिने समय बाँकी नै छ, उहाँहरूले उठाएको मागमा सहमति गरेर जाने ठाउँ पनि छ, माओवादी केन्द्रका एक केन्द्रीय कार्यालय सदस्यले भने, ‘होइन उनीहरूको नियत नै जसरी नि निर्वाचन पछि सार्ने, हु्नै नदिने हो भने त जेजति गरे पनि हुन्न ।’ सरकारले राजपाको माग सम्बोधनका लागि प्रदेश–२ का २१ वटा स्थानीय तह थप गरेको थियो भने २४ वटालाई नगरपालिकामा स्तरोन्नतिसमेत गरेको थियो । तर सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेसँगै सरकारको निर्णय कार्यान्वयन रोकिएको थियो । राजपा आफैंले संशोधन होल्ड गर्न सहमति जनाएको विषयमा पुनः आफ्नै सहमतिविपरीत माग अघि सारेको हो । सरकारले स्थानीय तह वृद्धि गरेको निर्णयमा अदालतले रोकेको विषयलाई लिएर पनि राजपाले चुनाव सार्न माग गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy