जेष्ठ ३० गते, २०७४ मगलवार 13th June, 2017 Tue०७:०८:४५ मा प्रकाशित
काठमाडौं, ३० जेठ । सत्ता साझेदार कांग्रेस र माओवादी दोस्रो चरणको स्थानीय निर्वाचन १४ असारमै गर्ने निष्कर्षमा पुगेका छन् । राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुने वातावरण निर्माणका लागि सरकारका तर्फबाट अधिकतम लचकता प्रदर्शन गर्दासमेत आन्दोलनको घोषणा गरेकोमा दुई दलले आश्चर्य व्यक्त गरेका छन् ।
अाजको नयाँ पत्रिकामा खबर छ– प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच सोमबार साँझ झन्डै आधा घन्टा छलफल भएको छ । राजपा नेताहरूसँग संवाद जारी राख्ने र निर्वाचनमा सहभागिताका लागि आग्रह गर्ने समझदारी उनीहरूबीच भएको छ ।
देउवा–प्रचण्डबीच चार एजेन्डामा छलफलराष्ट्रिय एजेन्डामा साझा धारणा
सरकारको नीति तथा कार्यक्रम, मन्त्रालयहरूको समन्वय, अन्य पक्षसँगको सहकार्य, तीन चरणको निर्वाचन, संविधान संशोधनदेखि कार्यान्वयनसम्मका विषयमा दुई दलले साझा अवधारणा बनाउने भएका छन् ।
राष्ट्रिय एजेन्डाका विषयमा समान धारणा बनाउने र सरकार सञ्चालनको साझा नीति लिने गरी अगाडि बढ्ने विषयमा दुई नेताबीच छलफल चलेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् विस्तार
राष्ट्रपति विद्यादेवी भण्डारी आइएलओको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न मंगलबार ६ दिने जेनेभा भ्रमणमा जाँदै छिन् । उनी त्यसतर्फ जाने भएपछि मन्त्रिपरिषद् विस्तार के गर्ने भन्ने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । प्रधानमन्त्री देउवाले १४ असारको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् ।
‘प्रधानमन्त्रीको चाहना दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने छ,’ कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘यसबारे सत्तासाझेदार अन्य दलसँग छलफल गरेर सोच्न पनि सकिन्छ ।’ २३ जेठमा प्रधानमन्त्री निर्वाचित भएका देउवाले एक साता पुग्दासमेत मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धन दलभित्रै कुन मनत्रालय कसले लिने भन्ने टुंगोसमेत लाग्न सकेको छैन ।
दोस्रो चरणको निर्वाचन
सरकारले राजपालाई निर्वाचनमा ल्याउन लचकता प्रदर्शन गर्दै अधिकतम पहलकदमी लिँदासमेत निर्वाचनमा आउन नचाहेपछि सरकार अप्ठ्यारोमा परेको छ । यद्यपि, अब कुनै हालतमा पनि राजपालाई निर्वाचनको मिति सारेर छुट नदिने पक्षमा सत्तारुढ दल अडिग हुने निर्णयमा पुगेका छन् । प्रधानमन्त्री र प्रचण्डबीचको छलफलमा पनि अब निर्वाचन नरोक्ने सहमति छ । ‘निर्वाचन अब रोकिँदैन, न सर्छ,’ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले भने ।
राजपासँग वार्ता
१४ असारको निर्वाचन बिथोल्ने गरी संर्घषका कार्यक्रम घोषणा गरेको राजपासँग अझै छलफल गर्ने योजनामा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड छन् । २ असारमा निर्वाचन आयोगले उम्मेदवार मनोनयन गर्ने समय दिएकाले त्यसअघि राजपालाई निर्वाचनमा ल्याउन पहल गर्ने र त्यसका लागि वार्ता र संवाद जारी राख्ने समझदारी दुई नेताबीच भएको छ । ‘अझै राजपा नेताहरूलाई वार्तामा बोलाई निर्वाचनमा आउनका लागि आग्रह गर्ने र कोही पनि निर्वाचनबाट नछुटून् भनेर सरकारका तर्फबाट पहल गर्ने समझदारी प्रधानमन्त्री र प्रचण्डबीच भएको छ,’ प्रधानमन्त्रीका सहयोगी भानु देउवाले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: