Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

माओवादीको मधेसमा कस्तो छ चुनावी तयारी ?

\"\"काठमाडौं, ३० जेठ । माओवादी केन्द्रले प्रदेश नम्बर २ मा ५० प्रतिशत उम्मेद्वार टुंगो लगाएको छ । ‘करिब ५० प्रतिशत उम्मेद्वार चयन भइसकेका छन्, अब ५० प्रतिशतजति मात्र बाँकी छ,’ २ नम्बर प्रदेशका संयोजक विश्वनाथ शाहले भने । आजको नयाँ पत्रिकामा खबर छ– सोमबार मात्र माओवादीले जितपुर–सिमरा उपमहानगरपालिकाका सबै पदको उम्मेद्वार टुंगो लगाएको छ । मेयरमा राजन पौडेललाई उठाउने गरी माओवादीले सोमबार उम्मेद्वारी टुंग्याएको हो । बुधबारसम्म टुंगो लगाउने जिल्लास्तरबाटै उम्मेद्वार छनोटको विधि माओवादीले अवलम्बन गरेको छ । जिल्लाले मिलाउन नसकेको अवस्थामा मात्र प्रदेशले उम्मेद्वार छनोट गर्ने काम गरेको २ नम्बर प्रदेश इन्चार्ज मातृका यादवले बताए । ‘हामीले जिल्लालाई नै मिलाएर उम्मेद्वार छनोट गर्ने जिम्मा दिएका छौं, नमिलेका ठाउँमा मात्र प्रदेश र केन्द्रले हेर्ने नीति बनाएका छौं’, यादवले भने, ‘केही ठाउँमा मिलेको छैन, बुधबारसम्म सबै ठाउँमा उम्मेद्वार छनोट भइसक्छन् ।’ तालमेलको होमवर्क पनि सँगसँगै माओवादीले मधेसमा प्रगतिशील राष्ट्रवादलाई मान्ने शक्तिहरुको बीचमा चुनावी तालमेलको ‘होमवर्क’ पनि अगाडि बढाएको छ । मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन तयार रहेका पार्टीहरुका बीचमा चुनावी तालमेलको गृहकार्य भइरहेको नेता यादवले बताए । ‘स्थानीयस्तरबाटै तालमेल कहाँ कसरी गर्दा उपयुक्त हुन्छ भन्ने रिपोर्ट प्रदेशलाई बुझाउन निर्देशन दिइएको छ , केही स्थानबाट आएका पनि छन्,’ यादवले भने, ‘सकभर उम्मेद्वार मनोनयनअगाडि नै चुनावी तालमेल मिलाउने गरी तयारी भइरहेको छ ।’ ठूला सभा नगर्ने माओवादीले निर्वाचन प्रचारप्रसारका लागि २ नम्बर प्रदेशमा ठूला चुनावी सभा भने नगर्ने भएको छ । केन्द्रीय कार्याल्यका तर्फबाट नेता नारायणकाजी श्रेष्ठलाई मधेस हेर्ने गरी जिम्मेवारी दिइएको छ । साना साना सभा र घरदैलोलाई नै केन्द्रित गरेर प्रचार अभियान व्यवस्थित बनाउँदै छौं,’ संयोजक शाहले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending