Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

चार्ल्स शोभराजलाई रगत दिनेले ८० हजार मागेपछि…

\"\"काठमाडौं, ३० जेठ । कुख्यात अपराधी चार्ल्स शोभराजको मुटुको भल्भको अप्रेसन सफल भएको छ । बाँसबारीस्थित गंगालाल अस्पतालमा सोमबार बिहान उनको मुटुको भल्भ फेरिएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– अप्रेसनका लागि शोभराज शुक्रबार गंगालाल अस्पतालमा भर्ना भएका थिए । डा.रामेश कोइराला नेतृत्वको टिमले उनको अप्रेसन गरेको हो । शोभराजको अप्रेसन सफल भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताए । बेलुका अबेरसम्म शोभराजको होस आएको थियो । उनलाई आईसियूमा राखिएको छ । अपराधकै कारण बिश्वमा कुख्यात शोभराज विगत १४ वर्षदेखि नेपालको जेलमा छन् । सोमबार शोभराजकी ‘श्रीमती’ निहिता बिश्वास र निहिताकी आमा शकुन्तला थापा बिहानै अस्पताल पुगेका थिए । अप्रेसनका लागि आबश्यक रगत निहिताले शोभराजलाई दिएकी हुन् । दुवैको रक्तसमूह ओ पोजेटिभ हो । थप रगत संकलनका लागि निहिताले नै पहल गरेकी थिइन् । तर, रगत दिने बताएका केही व्यक्तिहरुले ८० हजार रुपैयाँ मागेपछि निहिता रोएकी थिइन् । थप रगत अस्पतालले नै व्यवस्थापन गरेको थियो । कैदीको सबै उपचार सरकारकै जिम्मेवारी हुन्छ । त्यसकारण शोभराजको उपचारको खर्च सरकारकै हुन्छ । मुटुको भल्भको उपचारका २ लाखदेखि १० लाख रुपैयाँसम्म खर्च हुन्छ । अस्पतालमा शोभराजलाई कडा सुरक्षा घेरामा राखिएको छ । अप्रेसन सफल भएपनि यस्तो अप्रेसनको सफलता २-३ महिनापछि मात्र प्रष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘भल्भलाई शरिरले एसेप्ट गरे नगरेको २-३ महिनापछि मात्र थाहा हुन्छ,’ गंगालालका एक चिकित्सकले भने । २ बिदेशीको हत्या तथा युनुस अन्सारीको हत्या प्रयासको घटना दोषी ठहर भएका शोभराजलाई केन्द्रीय कारागारको गोलघारमा राखिदै आइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy