Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

ट्रमा सेन्टरमा चिकित्सकको चरम लापर्बाही, करोडौं मूल्यका उपकरण पड्किए

\"\"काठमाडौं, ३० जेठ । राष्ट्रिय ट्रमा सेन्टरमा सञ्चालन हुँदै आएका अत्याधुनिक उपकरणहरु सबै पड्किएका छन् । सेन्टरमा कार्यरत चिकित्सकहरुको लापर्बाहीका कारण बहुमुल्य उपकरणहरु पड्किएका हुन् । उपकरण पड्किँदा अत्यावश्यक सेवा पूर्ण रुपमा ठप्प भएको छ । रेडियोलोजि विभागका एक कर्मचारीका अनुसार सेन्टरमा आवश्यक पर्ने सबै उपकरण पड्किएर कामै नलाग्ने अवस्थामा पुगेका छन् । बिरामीको चाँप अत्याधिक रहेको छ, उनले नाम नखुलाउने सर्तमा नयाँ पत्रिकासँग भने, ‘आइतबार सबै उपकरणहरु पड्किएका हुन् । विजुलीको भोल्टेज बढि भएर उपकरण पड्किएका हुन् । अत्यावश्यक उपकरण कामै नलाग्ने भएपछि अहिले हामी गम्भीर समस्यामा परेका छौ।’ विभागमा काम गर्ने कर्मचारीले काम सकिएपछि बत्ती बन्द नगरी जाँदा पावर घटबढ भएर सबै उपकरण जलेको उनले बताए । हामीले पटक-पटक उपकरणमा जडान भएको पावर काम सकेपछि बन्द गर्न आग्रह गर्दै आएका थियौं ती कर्मचारीले भने, ‘जति भन्दा पनि कर्मचारीले मानेका थिएनन् । आज त्यसकै परिणाम सबै उपकरण पड्किएका छन् ।’ उपकरणले काम नगरेपछि ट्रमा सेन्टरले सबै विरामी अरु अस्पतालमा रिफर गरेको छ । ट्रमा सेन्टरमा अहिले सिटि स्क्यान र एक्स–रे सेवा मात्रै सञ्चालनमा आएको छ। गम्भीर विरामीको उपचार रोकियो ट्रमा सेन्टरमा इमर्जेन्सीका लागि आएका विरामीहरुको उपचार रोकिएको छ । स्रोतका अनुसार कुनै पनि विरामीको रिपोर्ट हेर्न मिल्दैन । उपकरण पड्किएसँगै चिकित्सकहरु समस्यामा परेका छन् । ट्रमा स्रोतका अनुसार सिटि स्क्यानको रिपोटिङ गर्ने मनिटर, अल्ट्रासाउण्ड, डि.एस.ए (डिजिटल सपट्याक्सन एन्जियो ग्राम) लगायतका अत्यावश्यक उपकरणहरु कामै नलाग्ने गरि पड्किएका छन् । डि.एस.ए भारत सरकारले दिएपनि हालसम्म पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन। यस मेसिनबाट हृदयघात भएका मानिसहरुको मुटुको भल्व खोल्ने, टाउकाको नसा बन्द भएमा खोल्ने वा कुनै पनि शरिरका अंगहरु बन्द भएको बेला खोल्ने काम गरिन्छ । यो मेसिन ६ करोड बढि मुल्यमा ल्याइएको हो । महंगा र महत्वपूर्ण उपकरण सहित अन्य सामानहरु एकै पटकमा बिग्रँदा १५ करोड बराबरको क्षती भएको स्रोतको भनाई छ । प्रशासन र कर्मचारीको मिलेमतो रेडियोलोजि विभागमै काम गर्ने केही कर्मचारीहरुले ट्रमा सेन्टरमा भएको घटनालाई प्रशासन देखि कर्मचारी बीचको मिलेमतो भएको आशंका गरेका छन् । स्रोत भन्छ, ‘चिकित्सकहरु समय अगावै आफ्नो नीजि क्लिनीकमा जाने र ट्रमा सेन्टरमा कम समय दिने गर्दै आएका थिए ।जसले गर्दा उपकरण प्रयोगमा आएपछि कहिल्यै बन्द हुँदैन थिए । उपकरण बिग्रिएसंगै त्यसलाई बनाउन भन्दा नयाँ खरिद गर्नु पर्ने पक्षमा प्रशासन देखिएको छ । यसले पनि कर्मचारी र प्रशासनबीच मिलेमतो भएको हुनुपर्छ ।’ निर्देशकको कमजोर प्रतिक्रिया ट्रमा सेन्टरका निर्देशक प्रा.डा प्रामोद उपाध्यायले सबै उपकरण पड्किएर सेवा ठप्प भएको विषयमा कमजोर प्रतिक्रिया दिएका छन् । उनले नयाँ पत्रिकासँग भने, ‘मैले पनि पड्किएको भन्ने खवर पाएको छु । पछिल्लो समय रिपोर्ट भएको छैन । काम भइरहेको होला बिग्रिएका उपकरणहरु आज भोलिमा नै सञ्चालनमा आउने छन् ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy