Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

राजपाको तारो फोरम

\"\"काठमाडौं, ३१ जेठ । संविधान संशोधन नहुँदै स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्न गर्ने तयारीमा सरकार लागेको भन्दै बन्द हडतालको आह्वानसहित आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ठूला तीन दल भन्दा पनि संघीय समाजवादी फोरम नेपालविरुद्ध बढी आक्रमक बनेको छ। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– असार १४ को निर्वाचन बिथोल्ने गरी आन्दोलनमा उत्रिएको राजपाले आह्वान गरेको चार दिने बन्दको पहिलो दिन मङगलबार वीरगन्जमा आन्दोलनकारीले मधेसी दल फोरम नेपालकै पार्टी कार्यालयमा तोडफोड गरेका छन्। वीरगन्जमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा मङगलबार दिउँसो तोडफोड गरेका हुन् । वीरगन्जको आदर्शनगर चोकमै रहेको फोरम नेपालको नगर समितिको कार्यालयमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन्। १५/२० जनाको संख्यामा पुगेका राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले फोरम नेपालको कार्यालयमा झुण्डयाइएको ब्यानर च्यातेर फयाक्नुका साथै कार्यालयको मुल प्रवेशद्वारमा जडान गरिएको सिसामा ढुङगा प्रहार गरी तोडफोड गरेका हुन् । घटना लगत्तै प्रहरी पुगेपछि रानवाका कार्यकर्ताहरु त्यहाबाट भागेका थिए। यस्तै वीरगन्जको घण्टाघर चोकमा राष्ट्रिय जनता पार्टीका महिला नेतृहरुले मङगलबार अपरान्ह फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाएका छन् । मधेसलाइ धोका दिएर चुनावमा भाग लिएकाले उपेन्द्र यादवलाइ मधेसको गद्धार ठहर गरि उनको पुत्ला जलाइएको राष्ट्रिय जनता पार्टीकी नेतृ रेखा साहले बताइन् । यसअघि सोमबार पर्साको बहुदरामाई गाँउपालिका वडा नम्बर ६ भौराटारमा पनि राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले मङगलबार भौराटारमा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रमको तयारीका लागि गाडिएका टेन्टका बासहरु उखलेर फयाक्नुका साथै टायर बालेर फोरम नेपाल विरुद्ध नाराबाजी गरेका थिए। राजपाको विरोधका कारण मङगलबार भौराटारमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा हुने भनिएको आमसभा हुन सकेन। यसअघि शनिवार बेलुकी बाराको परसौनीमा फोरम नेपालले आयोजना गरेको चुनावीसभा पनि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले बिथोलेका थिए। मधेस आन्दोलनमा राज्यले चलाएको बन्दुकको गोलीको जवाफ मतपत्रबाट दिने भन्दै फोरम नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिएपछि उसका विरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालले पर्सा बारामा एक साता देखि प्रदर्शन गर्दै आएको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy