Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

प्रदेश नम्बर २ र ५ को निर्वाचन सर्ने संकेत

\"\"काठमाडौं, ३१ जेठ । तीनपटक सरेर १४ असारमा पुर्याइएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन फेरि सर्ने सम्भावना बढेको छ । आन्दोलनरत राजपाले निर्वाचनमा आउने लिखित प्रतिबद्धता जनाए अझै केही समय निर्वाचन सार्न सत्तारुढ गठबन्धन लचिलो भएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– राजपाले मधेसमा आन्दोलन चर्काएपछि मंगलबार साँझ सत्तारुढ घटकका तीन दल (कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिक) र प्रमुख प्रतिपक्षी एमालेबीच बैठक बसेको थियो । निर्वाचनमा सहभागी हुन राजपाले लिखित प्रतिबद्धता जनाए मिति केही सारेर जान पनि आफूहरू तयार हुनुपर्ने प्रधानमन्त्रीको धारणा थियो । तर, निर्वाचन सारिहाल्ने प्रस्ताव भने सत्तापक्षले नराखेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए । ‘बुधबार ४ बजे राजपासँग संयुक्त बैठक बस्छ । लिखित सहमति बन्ने वातावरण बन्यो भने उहाँहरूसँगै बसेर निर्णय लिने भन्ने छ,’ पुनले नयाँ पत्रिकासँग भने, ‘तर, अहिलेसम्म १४ असारमै निर्वाचन गराउने विषयमा सरकार र प्रधानमन्त्री पूर्ण प्रतिबद्ध हुनुहुन्छ । यसमा कुनै दायाँ–बायाँ गर्ने उहाँको कुनै प्रस्ताव छैन ।’ एमालेले भने कुनै पनि बहानामा अब पनि निर्वाचन सार्न नहुने भन्दै सरकारको संकेतप्रति विरोध जनाएको छ । ‘सत्तापक्षले निर्वाचन सारौँ भनेर भन्न–भन्न खोज्ने, तर भन्न नसक्ने अवस्था बैठकमा देखियो, राजपा नआउँदा अलिक अप्ठ्यारोजस्तो देखिन्छ कि भन्ने अनि फेरि ठ्याक्कै कुरा अड्काउने गरी सत्तापक्ष आयो,’ सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको चार दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै एमाले अध्यक्ष केपी ओलीले भने, ‘तर, हामी चुनाव १४ असारमै हुनुपर्छ भन्नेमा छौँ ।’ कांग्रेस कार्यसम्पादन समितिको मंगलबार नै बसेको बैठकमा २ र ५ नम्बर प्रदेशको निर्वाचन सारेर भए पनि राजपालाई निर्वाचनमा सहभागी गराउनैपर्ने प्रस्ताव आएपछि प्रधानमन्त्रीले मंगलबार साँझ सत्तारुढ दल र प्रमुख प्रतिपक्षीसहितको बैठक बोलाएका थिए । बैठकमा राजपालाई पनि निर्वाचनमा सहभागी गराउन सकिन्छ कि भनेर अझै एक चरण छलफल गर्ने कुरा भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । ‘राजपालाई पनि सहभागी गराउन सकिन्छ कि भनेर उहाँहरूसँग फेरि छलफल गर्न खोजिएको छ । तर, टुंगो लागेको छैन,’ नेता पौडेलले भने, ‘चुनाव सार्ने होइन, यही मितिमा उहा“हरू (राजपा)लाई पनि सहभागी गराउन छलफल जारी छ ।’ राजपासहित बैठक बस्ने बुधबार सरकारको नेतृत्व गरिरहेको कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख प्रतिपक्षी एमाले र राजपाबीच संयुक्त बैठक बस्नेछ । सिंहदरबारमै बस्ने बैठकमा निर्वाचनअघि संविधान संशोधन हुन नसक्ने प्रस्टै जानकारी राजपा नेताहरूलाई दिने सत्तापक्षको तयारी छ । तर, निर्वाचनमा सहभागी हुन उसलाई परेका अप्ठ्यारा के–के हुन् भन्ने जिज्ञासा भने सत्तापक्षले राख्नेछ । ‘उहाँहरूसँगै बसेर छलफल गरिन्छ, त्यसपछि निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता खोजिन्छ,’ माओवादी नेता वर्षमान पुनले भने, ‘त्यस्तो अवस्थामा मितिबारे सोच्न सकिन्छ ।’ के भने बैठकमा प्रधानमन्त्रीले राजपाले निर्वाचनविरोधी गतिविधि बढाएको छ । सरकार कोही–कसैले पनि निर्वाचनबाट बाहिर जानुनपर्ने अवस्था कामय गर्न चाहेको छ । अप्ठ्यारा देखिएका छन् । निर्वाचन गराउन सरकारले सुरक्षा अवस्था चुस्त र प्रभावकारी बनाएको छ । आजै गृहमन्त्रीले सुरक्षा अवस्थाका विषयमा निर्वाचन आयोगमा जानकारी पनि गराउनुभएको छ । तर, अझै पनि कसैलाई पनि प्रक्रियाबाट बाहिर जान नदिन हामीले छलफल गर्न सक्छौँ कि ? एकपटक राजपासहित छलफल गरौँ कि ? प्रचण्ड राजपा निर्वाचनमा नआएपछि परिस्थिति फरक ढंगले अगाडि बढेको छ । निर्वाचन हामीले गर्नै पर्ने छ । निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने विषयमा पनि हामीले छलफल गरौँ । सबै पक्ष सहभागी हुन्छन् भने अझै वातावरण बनाऔँ । मनोनयनपत्र दर्ता गर्ने पर्सि (बिहीबार)को दिनभन्दा अगाडि बुधबार नै गम्भीर छलफल गरौँ । कसरी हुन्छ हामी सबैले लचकता अपनाउनैपर्छ । निर्वाचनलाई शन्तिपूर्ण र सबैको सहभागिता बनाउने पक्षमा हामी लाग्नैपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy