Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तीन दलको बैठकमा कसले के भने ?

\"\"काठमाडौं, ३१ जेठ । अाजको नयाँ पत्रिकामा खबर छ– राजपासँग एकपटक छलफल गरौँ शेरबहादुर देउवा प्रधानमन्त्री राजपाले निर्वाचनविरोधी गतिविधि बढाएको छ । अप्ठ्यारा देखिएका छन् । आजै गृहमन्त्रीले सुरक्षा अवस्थाका विषयमा निर्वाचन आयोगमा जानकारी पनि गराउनुभएको छ । तर, अझै कसैलाई पनि प्रक्रियाबाट बाहिर जान नदिन हामीले छलफल गर्न सक्छौँ कि ? एकपटक राजपासहित छलफल गरौँ कि ? सबै आउँछन् भने हामी लचक बनौँ प्रचण्ड माओवादी अध्यक्ष निर्वाचन हामीले गर्नैपर्ने छ । निर्वाचनमा सबै पक्षलाई सहभागी गराउने विषयमा पनि छलफल गरौँ । सबै पक्ष सहभागी हुन्छन् भने अझै वातावरण बनाऔँ । मनोनयनपत्र दर्ता गर्ने पर्सि (बिहीबार)को दिनभन्दा अगाडि बुधबार नै गम्भीर छलफल गरौँ । कसरी हुन्छ हामी सबैले लचकता अपनाउनैपर्छ । ओलीले भने : सत्तापक्ष निर्वाचनबाट भाग्न बहाना खोज्दै छ निर्वाचन कसरी शान्तिपूर्ण ढंगले सफल बनाउने, मतपत्र च्यातिनबाट कसरी जोगाउने भन्नेजस्ता विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको होला भनेर हामी आएका थियौँ । तर, यहा“ त सत्तापक्षले केही भन्न खोज्ने, तर भन्न नसक्ने अवस्था देखियो । अलिक अप्ठ्यारोजस्तो गरी केही भन्न खोज्ने, तर ठ्याक्कै अडिने अवस्था देखियो । सत्तापक्ष निर्वाचन सार्नेतिर जान खोजेको हो कि नगराउनतिर लागेको हो भन्ने थाहा भएन । केही बहाना खोज्दै हुनुहुन्छ कि ? सत्तापक्ष १४ असारको निर्वाचनबट भाग्न खोजेको हो कि जस्तो देखिएको छ । हामी १४ असारमै दोस्रो चरणको निर्वाचन हुनुपर्छ भन्नेमा छौँ । पटक–पटक मिति सार्दै यो मितिमा ल्याइएको छ । अब हामीसँग समय थोरै छ, यसपछि पनि संघ र प्रदेशको निर्वाचन गर्नुपर्ने छ । तर, सरकार गम्भीर देखिँदैन, परिस्थिति एकदम साँघुरिएर आएको छ । संविधान संशोधन गोलमोटेल भाषामा हुँदैन । उहाँहरूले के प्रस्ताव ल्याउनुभयो, के–कसरी छलफल गर्नुभयो, त्यो बेग्लै कुरा हो । हामी संविधान संशोधन हुनै सक्दैन भन्दैनौँ । संविधान संशोधन हुन सक्छ । यस विषयमा हामी खुला छौँ । तर, अहिले मनोनयनका लागि २ असारको मिति तोकिएको छ । त्यस्तो वेलामा संविधान संशोधन चुनावअगाडि नै भन्ने सम्भावना छैन । अहिले संख्या, सिमाना आदि–इत्यादि कसरी हुन सक्छ ? निर्वाचनको बीचमा । अब सरकार पक्षले यसलाई कुनै राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको छ भने यो उचित हुँदैन । राजपालाई भन्छु, उहाँहरूलाई सत्तापक्षले खेलाउने, उपयोग गर्ने र आफ्ना निम्ति धकेल्न खोजेको छ भने त्यो उचित होइन । निर्वाचनपछि छलफल गरेर आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending