चट्याङको पूर्वसूचना दिने यन्त्र सञ्चालनमा ल्याइँदै, यी क्षेत्रमा छन् स्टेसन
जेष्ठ ३१ गते, २०७४ बुधवार 14th June, 2017 Wed०८:०७:३४ मा प्रकाशित
काठमाडौं, ३१ जेठ । जल तथा मौसम विज्ञान विभागले चट्याङको पूर्वसूचना दिने उपकरण असारभित्रै सञ्चालनमा ल्याउने भएको छ । उपकरणले १५ देखि २० मिनेट अघि नै सूचना दिने जल तथा मौसम विज्ञान विभागका महार्निदेशक ऋषिराम शर्माले बताए । उनले भने ‘१५ देखि २० मिनेटमा हामीले जानकारी पाउँछौँ । सर्वसाधारणको मोबाइलमा ५ देखि १० मिटेनअगाडि नै सूचनादिन सकिन्छ ।’
अाजको नयाँ पत्रिकामा खबर छ– पूर्वसूचना दिएमा चट्याङबाट मृत्यु हुनेको संख्या कम हुने अपेक्षा विभागको छ । नेपाल सरकार र विश्व वैंकको तीन करोड ४४ हजार रुपैयाँ सहयोगमा काम थालिएको हो ।
देशका सम्पूर्ण भाग समेट्ने गरी ९ ठाउँमा स्टेसन राखेर सूचना दिने काम अन्तिम चरणमा पुगेको शर्माले बताए । ‘हामीले अनुुसन्धान गर्दा भित्री मधेसमा सबैभन्दा धेरै चट्याङ पर्ने गरेको देखियो । सोहीअनुसार चट्याङको पूर्वसूचना दिने स्टेसन स्थापना गरेका छौँ’ उनले भने ।
चट्याङ मनसुन सुरु हुनुभन्दा अघिदेखि नै पर्न थाल्छ । तर, मनसुनको समयमा भने एकदमै कम हुने विभागले जनाएको छ । स्टेसन राख्ने काम सकेपछि तथ्यांक संकलन सुरु गरिनेछ । स्टेसनबाट कुन समय र क्षेत्रमा सबैभन्दा धेरै चट्याङ पर्छ भन्ने तथ्यांक संकलन गरिने शर्माले बताए । देशभर वार्षिक रूपमा चट्याङबाट मात्र दुई सय ५० देखि तीन सयजनाको ज्यान जान्छ ।
यसरी चट्याङ हुन्छ
चट्याङ अरू केही नभई बादलको एक–आपसको घर्षणबाट हुने प्रणाली हो । बादलमा हुने धनात्मक र ऋणात्मक ध्रुव एक–आपसमा जोडसँग मिल्दा चट्याङ हुन्छ । सोही क्रममा आगोसमेत बल्ने गर्दा धेरै क्षति हुने गर्छ । हावाले एक ठाउँबाट अर्को ठाउँमा बादललाई लैजाँदा स्वाभाविक रूपमा चट्याङ पर्ने सम्भावना हुन्छ । ‘हावा कतातिर बगेको छ । बादल कता केन्द्रित हुँदैछ भन्ने हेर्छौं’ शर्माले भने ‘बादल केन्द्रित हुने ठाउँमा स्वाभाविक रूपमा चट्याङ हुन्छ ।’
यसरी सावधानी बनौँ
चट्याङ पर्दा सामान्यतया पृथ्वीको सबैभन्दा ठूलो भागमा असर पर्दछ । चट्याङले पहाड, रूख बिरुवा, घर, टावरजस्ता वस्तु जलाउने तथा असर गर्ने गर्दछ । आकाशमा गड्याङगुडुङ भई चट्याङ आउने समयमा रुखमुनि कहिलै बस्नु हुँदैन । त्यसैगरी, मोबाइल फोन, रेडियोलगायत विद्युतीय सामग्री प्रयोग गर्दै गरेमा पनि तत्काल बन्द गर्नुपर्छ । घरबाहिर भएमा खाली ठाउँमा हल्का निहुरिएर बस्दा सुरक्षित हुन सकिन्छ ।
यी क्षेत्रमा स्टेसन
विभागका क्षेत्रीय र स्थानीय मौसम स्टेसनमा चट्याङका स्टेसनहरू राखिएको छ । तुम्लिङटार, विराटनगर, सिमरा, काठमाडौँ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा स्टेसन राखिएको छ । चट्याङका सवै पूर्वानुमान गर्ने स्टेसनहरू भने विमानस्थल वरिपरि राखिएको छ । सोही क्षेत्रबाट नेपाल टेलिकम र एनसेल टेलिफोन सेवा प्रदायकबाट सूचना (एसएमएस) पठाइनेछ । चट्याङ पर्न सक्ने क्षेत्रका सर्वसाधरणलाई मात्र सूचना पठाइने विभागले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: