Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गृहमन्त्री शर्मा 'चकित'

\"\"काठमाडौं, १ असार । कार्यभार सम्हालेको एक सातामै नेपाल प्रहरी, सस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको राजनीतिक मोहप्रति चकित बनेको गृहमन्त्री शर्माले बताएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यभार सम्हालेको पहिलो दिन (गत बिहीबार) नै कुनै पनि खालको दबाब नदिन निर्देशन दिएका शर्मालाई दुई दिनमै उच्च राजनीतिक नेतृत्वबाट एक एसएसपीको बढुवाका लागि सिफारिस गर्दै फोन आएपछि उनी चकित परेका हुन् । ‘चेन अफ कमान्ड सुधार्न पहल गर्छु तर सुरुका दिनमा दिएको निर्देशन दुई दिन नबित्दै उल्लंघन गरिन्छ, सुरक्षा निकायको राजनीतिक मोहले चकित बनाएको छ,’ मन्त्री शर्माले भने । गृहप्रशासन सुधारका लागि सञ्चारकर्मीका सुझाव लिन बुधबार आयोजित अन्तरक्रियामा मन्त्री शर्माले सही मूल्यांकन गरेर अगाडि बढ्छु भन्दाभन्दै पनि अनावश्यक दौडधूप गरेर दबाब दिए सम्बनिधत सुरक्षा अधिकारीलाई कारबाही गर्ने चेतावनी दिए । ‘म तीनवटै सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप गर्दिनँ तर राजनीतिक नेतृत्व गर्छु,’ मन्त्री शर्माले भने, ‘राजनीतिक नेतृत्व संवैधानिक उद्देश्यअनुसार चल्नुपर्छ । सही नीति लिएर काम गर्छु । मेरो स्वार्थ र उद्देश्यभन्दा पनि सरकारको इच्छ र चाहनाअनुसार काम हुन्छ ।’ तत्कालीन विद्रोही माओवादीको डेपुटी कमान्डरको भूमिका निर्वाचह गरेका शर्माले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । ‘मैले हाम्रा गुप्तचरलाई यति मात्रै भनें, ‘तपाईंहरुले दिने रिपोर्टभन्दा त भोलिपल्टको पत्रपत्रिकामा धेरै सूचना हुन्छ, यस्तो सूचना संकलने हुँदैन, अझै परिस्कृत र गोप्य सूचना चाहियो,’ मन्त्री शर्माले भने, ‘गुप्तचरलाई पुनः संरचना गर्नुपर्ने आवश्यक ठान्छु ।’ केही वर्षयता गुप्तचर निकाय राजनीतिक भर्तीकेन्द्रजस्तो भएको सम्बन्धमा मन्त्री शर्माले यसबारे गहिराइमा पुगेर व्यवस्थापन गर्ने बताए । सिपाहीको भूमिकाप्रति उदार देखिएका शर्माले फिल्डमा सिपाहीको मनोबल वृद्धि नगरी शान्ति सुरक्षा सुधारोन्मुख नहुने धारणा व्यक्त गरे । प्रहरी बभुवाबारे एउटा छुट्टै प्रणाली बनाएर यथाशक्य चाँडो गर्ने उनको भनाइ छ । ‘समयमा बढुवा नहुँदा धेरै प्रहरी अधिकृतको वृत्ति विकासमा असर गरेको सत्य हो, अब छिट्टै विधिसम्मत ढंगले यो प्रक्रिया अगाडि बढ्छ,’ मन्त्री शर्माले भने, ‘दोस्रो चरण निर्वाचन सम्पन्न भएपछि संगठन सुधार र यसका उद्देश्यप्राप्तिप्रति दृढ भएर लाग्नेछु ।’ शर्माले अध्यागमन सुधार, प्रहरी, सशस्त्र प्रहरीको भूमिका एवं कार्यक्षेत्र बाँडफाँड र जिल्ला प्रशासनमार्फत हुने नागरिकता वितरण प्रणालीलाई व्यवस्थित गर्न तत्काल काम थालिने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending