Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

दैलेख दुर्घटनाका प्रत्यक्षदर्शीको बयान : आफ्नै साथीको शव निकालेँ

\"\"काठमाडौं, १ असार । कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धारमा विभेद भएको भन्दै अन्य घाइतेका आफन्त आक्रोशित भएका छन् । प्रत्यक्षदर्शी दीपक दशौदीका अनुसार धेरैजसो घाइतेको अवस्था गम्भीर छ । बाँकी घाइतेलाई उद्धार गर्न सेनाको हेलिकोप्टर आउँछ भनेर कुराइएको दशौदीले बताए । एक घन्टासम्म पनि हेलिकोप्टर नआएपछि चारवटा एम्बुलेन्समा घाइतेलाई कोचाकोच गरेर सुर्खेततर्फ लगिएको उनले बताए । दुर्घटनास्थलबाट सुर्खेत पुग्न पाँच घन्टा लाग्छ । प्रहरीका अनुसार घाइतेहरू प्रतिक्रिया दिन नसक्ने अवस्थामा भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन । स्थानीय वासिन्दा र प्रहरीको संयुक्त प्रयासमा उद्धार भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बस टुक्राटुक्रा अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शी स्थानीयवासी दीपक दशौदीका अनुसार चालक सकुशल अवस्थामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय राकम कर्णालीमा राखी उपचार गरिएको छ । प्रहरीका अनुसार चालक प्रेम सुनारले उक्त सडकखण्डमा पहिलोपटक बस लगेका थिए । बस मालिकले ‘सडक ठिकै छ केही हुँदैन’ भनेपछि ना ४ ख २९९८ नम्बरको पवनदूत यातायातको बस लिएर उनी महेन्द्रनगरबाट कालीकोट पुगेका थिए । त्यहाँबाट महेन्द्रनगर फर्कने क्रममा बस दुर्घटनामा परेको हो । दुर्घटना भएको १५ मिनेटपछि गाडी चालक सुनार आफैँ प्रहरी चौकी पुगेर खबर गरेका थिए । त्यसपछि मात्र प्रहरी उद्धारका लागि खटिएको थियो । सहचालक प्रेम शाही सामान्य घाइते छन् । सनाखत भएका मृतक कालिकोट रासकोट नपा–५ का ३२ वर्षीय धर्मराज शाही र १८ वर्षीय प्रकाश शाही, रासकोट नपा–६ का ३४ वर्षीय युवराज शाही, १८ वर्षीया कविता शाही र २२ वर्षीया मेनका फर्सालको मृत्यु भएको छ । त्यस्तै शान्नी त्रिवेणी गाउँपालिकाका प्रकाश शाही, अछाम भैरवस्थानका धीरेन्द्र बिसी, विनायक नगरपालिका अछामका सिंह नेपाली र रूपा नेपाली, बाजुराका मंगल उखेडाको पनि मृत्यु भएको छ । एक मृतकको अझै सनाखत हुन बाँकी छ । आफ्नै साथीको शव निकालेँ दीपक दशौदी, कर्मचारी, सहरी विकास आयोजना, राकम कर्णाली दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । बस कर्णाली नदीमाथि भीरमा अड्किएको छ । म दुर्घटना भएको थाहा पाउनेबित्तिकै त्यहाँ पुगेँ । बस टुक्राटुक्रा थियो । मृतक र घाइतेहरू बसबाट उछिट्टिएको अवस्थामा थिए । त्यहाँ पुगेपछि एकछिन आत्तिएँ । मृत्यु भएका धेरै थिए । चिनेका अनुहार छन् कि भनेर हेर्दै थिएँ । एकाएक आफ्नै साथीको मृत्यु भएको हल्ला चल्यो । झन् तनाव भयो । अाजको नयाँ पत्रिकामा खबर छ– राकम कर्णाली कृषि सेवा केन्द्रका जेटिए धीरेन्द्रकुमार बिसीको शव मेरै अगाडि थियो । आज (बुधबार) बिहान मात्रै फिल्डको काममा गएका थिए । अस्ति (सोमबार) बिहान कुराकानी भएको थियो । चुनावमा पनि सँगै खटिएका थियौँ । उनी दुर्घटना हुनुभन्दा १० मिनेटअघि मात्र बस चढेका रहेछन् । राकम कर्णाली फर्कन बस चढेका थिए । उनले केही दिनमा नै बिहे गर्ने भनेका थिए । उनको सपना पूरा भएन ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy