Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

गृहमन्त्रीलाई पूर्वआइजिपीको सुझाव : ‘गृहमन्त्रीले आइजिपीलाई मात्र चिन्नुपर्छ’

\"\"काठमाडौं, १ असार । पूर्वगृहसचिव तथा सुरक्षा प्रमुखले सुरक्षा निकायमा चेन अफ कमान्ड कमजोर भएको भन्दै बलियो बनाउन गृहमन्त्री जनार्दन शर्मालाई सुझाब दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित छलफलमा उनीहरूले चेन अफ कमान्ड कमजोर हुँदा सुरक्षा संगठनमा समस्या बढेकाले विशेष ध्यान दिन मन्त्रीलाई सुझाब दिएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– मन्त्रालयको नयाँ कार्ययोजना बनाउन शर्माले गृहका अवकाश प्राप्त सचिव तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुखहरूसँग सुझाब लिएका हुन् । कार्यक्रममा पूर्वआइजिपीहरूले २०४६ सालपछि राजनीतिक चलखेलका कारण प्रहरी सबैभन्दा कमजोर बनेको बताए । ‘चेन अफ कमान्ड बलियो बनाउन गृहमन्त्रीले गृहसचिव र विभागीय प्रमुखसँग मात्र सम्पर्क राख्नुपर्छ,’ पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालले भने । चेन अफ कमान्डबाहिर जाने प्रहरीलाई तत्काल कारबाही गर्न सके सुरक्षा निकाय बलियो हुने उनको सुझाब छ । कार्यक्रममा नेपाल प्रहरीका पाँच पूर्वआइजिपीहरू सहभागी थिए । अर्यालसहित कुबेरसिंह राना, प्रदीप शमशेर जबरा, मोतीलाल बोहरा र हेमबहादुर सिंहले सुझाब दिए । जबराले प्रहरीमा ३० वर्षे सेवाहदको प्रावधान तत्काल हट्नुपर्नेमा जोड दिए । उमेरहद, पदावधिहद र सेवाहद गरी तीन किसिमबाट अवकाश पाउने नीति मानवअधिकारकै हनन भएको उनले बताए । बोहराले प्रहरीमा ३० वर्षे सेवाहदबारे चलखेल आफूले सुरु गरेको भन्ने आरोपको खण्डन गरेका थिए । आफूले ३० वर्षभन्दा कम जागिर खाएको भन्दै उनले त्यसमा आफ्नो कुनै भूमिका नभएको बताए । पूर्वगृहसचिवहरूले गृह प्रशासनलाई आधुनिक र सुदृढ बनाउन सुझाब दिए । छलफलमा पूर्वगृहसचिवहरू सूर्य सिलवाल, खेमराज रेग्मी, सनतकुमार भट्टराई, टीकादत्त निरौला, अनन्त पाण्डे, चण्डी श्रेष्ठ, बालकृष्ण प्रसाईं, सुशील जबरालगायत सहभागी थिए । उनीहरूले आफ्नो समयको गृह प्रशासनको अनुभव सुनाउँदै विशेषगरी प्रहरीलाई नै बलियो बनाए गृह प्रशासन सफल हुने सुझाब दिए । छलफलमा सशस्त्रका पूर्वआइजिपीहरू बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ, किशोर लामा, कोषराज वन्त र दुर्जकुमार राई सहभागी थिए । बस्नेतले राजनीतिक र अपराधबीचको दूरी प्रस्ट गरेर काम गर्न सुझाब दिए । बल प्रयोगसम्बन्धी प्रस्ट नीति हुनुपर्ने र संघीयतामा धेरै सुरक्षा चुनौती हुने भएकाले अहिलेदेखि नै त्यसको पूर्वअनुमान गरेर सुरक्षा रणनीति बनाउनुपर्ने बताएको सहभागी एक अधिकारीले बताए । पूर्वगृहसचिव तथा सुरक्षा प्रमुखहरूको अनुभव लिएर गृह प्रशासनमा सुधार गर्ने मनसायले गृहमन्त्रीले सुझाब लिएको गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले बताए । सुझाबहरूलाई योजनामा समावेश गरी कार्यान्वायन गरिने उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy