Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

राजपामा दुई धार

\"\"काठमाडौं, २ असार । स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको छ । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१,५ र ७ मा १४ असारमा नै निर्वाचन गर्ने सरकारको निर्णयसँगै राजपा अध्यक्ष मण्डलाका सदस्य दुई चिरामा विभाजित भएका छन् । आजको राजधानी दैनिकमा खबर छ– राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादव सरकारको निर्णयको आलोचना गर्दै सशक्त आन्दोलन गर्ने पक्षमा उभिएका छन् । तर, राजपा नेपाल अध्यष मण्डलका अन्य सदस्यहरु महेन्द्रराय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा सरकारको निर्णयलाई सकारात्मक भन्दै निर्वाचनमा सहभागी हुने पक्षमा उभिएका छन् । अध्यक्ष मण्डलका संयोजक रहेका महन्थ ठाकुर भने तटस्थजस्तो देखिए पनि उनी निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ । महतो र यादवले सरकारको पछिल्लो निर्णयको कडा रूपमा आलोचना गर्दै आन्दोलन स्थगित नगरी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र निर्वाचनमा सहभागी नहुने बताएका छन् । ‘संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने, मुद्दा फिर्ता, क्षतिपूर्ति, शहीद घोषणालगायतका माग पूरा भएको छैन, हाम्रो माग निर्वाचन मिति सार्ने नभई हाम्रा मुद्दा सम्बोधन गर्नुपर्ने हो,’ सर्लाहीमा रहेका महतोले भने, ‘सरकारको पछिल्लो निर्णय मधेसलाई ‘फोरो और राज करो’ जस्तै छ, यसमा हाम्रो सहमति छैन, हामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउँछौं ।’ सिंगो मधेसमा दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णय स्वीकार्य नभएको बताउँदै महतोले जारी आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने र निर्वाचनमा राजपा सहभागी नहुने बताए । महतोको भनाइलाई नै समर्थन गर्दै यादवले सरकारको निर्णय मधेस र मधेसी जनताका लागि घातक भएको टिप्पणी गर्दै राजपा नेपाल निर्वाचनमा सहभागी नभई जारी आन्दोलनलाई नै निरन्तरता दिने बताएका छन् । तर महेन्द्रराय यादव, भण्डारी, झाले सरकारको पछिल्लो निर्णय सकारात्मक रहेको भन्दै आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने संकेत गरेका छन् । ‘सरकारको पछिल्लो निर्णय सकारात्मक छ, यस विषयमा हामी बैठकमा छलफल गर्छौं,’ झाले भने, ‘तर हाम्रो माग निर्वाचन मिति सार्ने नभई संविधान संशोधन, स्थानीय तहको संख्या बढाउने हो ।’ सरकारले पछिल्लो निर्णयले सकारात्मक रहेकाले जारी आन्दोलन स्थगित गरेर निर्वाचनमा सहभागी हुने विषयमा निर्णय गरिने झाले बताए । आन्दोलन जारी राख्ने वा स्थगित गरेर निर्वाचनमा सहभागी हुने भन्ने विषयमा निर्णय गर्नका लागि राजपा नेपाल अध्यक्ष मण्डलको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ । अध्यक्ष मण्डलका सदस्यहरू आन्दोलनका क्रममा मधेसमा रहेकाले उनीहरूलाई शुक्रबार दिउँसोसम्ममा काठमाडौं आइपुग्न भनिएको छ । यता यादव, भण्डारी, झा समूहले महतो, यादव समूहलाई पेलेरै जाने र जारी आन्दोलन स्थगित गरी निर्वाचनमा सहभागी हुने आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । अर्कातर्फ महतो, यादव समूहले यादव, भण्डारी, झा समूहलाई पेलेरै जाने र माग पूरा नभएकाले जारी आन्दोलनलाई सशक्त बनाउने आन्तरिक तयारीमा जुटेका छन् । सरकारले बिहीबार प्रदेश–२ को स्थानीय तह निर्वाचन तेस्रो चरणमा गर्ने र प्रदेश–१, ५ र ७ को निर्वाचन १४ असारमै गर्ने निर्णय गरेको छ । साथै निर्वाचन आयोगले सरकारको आग्रह उम्मेदवारी मनोनयको समय दुई दिन पर सार्दै ४ असारलाई तोकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending