Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एसइई नतिजा: गत वर्षको भन्दा पनि कमजोर

\"\"काठमाडौं, ३ असार । कक्षा १० को परीक्षाको मूल्यांकन लेटरग्रेडिङमा हुन थालेपछि नतिजा कमजोर आएको छ । अघिल्लो वर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ३७ हजार तीन सय ३६ विद्यार्थी सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६ देखि ४.० ल्याउने विद्यार्थी १६ हजार थिए । तर, यस वर्ष एसइईमा नियमिततर्फ चार लाख ४५ हजार पाँच सय ६४ सहभागी विद्यार्थीमध्ये जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ मात्रै छ । अाजको नयाँ पत्रिकामा खबर छ– शुक्रबार सार्वजनिक परीक्षाफलमा सबैभन्दा कमजोर नतिजा प्रदेश नम्बर २ को रहेको छ भने सबैभन्दा राम्रो प्रदेश नं. ३ को छ । सबैभन्दा कमजोर नतिजा गणित विषयको छ । गणितमा एक लाख ५० हजार नौ सय ६६ ई र ५६ हजार एक सय १० को डी ग्रेडमा नतिजा आएको छ । पनिकाले गत ३ देखि १४ चैतसम्म एसइई परीक्षा सञ्चालन गरेको थियो । एसइईका नामबाट कक्षा १० को परीक्षाफल पहिलोपटक प्रकाशित भएको हो । यसअघि एसएलसी परीक्षाका नामबाट परीक्षा सञ्चालन हुँदै आएको थियो । सरकारले शिक्षा ऐन संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई नामकरण गरेको छ । पनिकाले अघिल्लो वर्षदेखि लेटरग्रेडिङ सिस्टममा नतिजा प्रकाशित गर्न थालेको हो । ऐनमा कक्षा १० को परीक्षा क्षेत्रीयस्तरमा हुने भनिए पनि राष्ट्रिय परीक्षा बोर्डको संरचना व्यवस्थित नभएका कारण विगतमा एसएलसी सञ्चालन गर्ने पनिकाबाट परीक्षा सञ्चालनदेखि नतिजा सार्वजनिकसम्मका काम भएका हुन् । १२ हजार अयोग्य, १० हजार अनुपस्थित, साढे सात हजार ‘ड्रपआउट’ ०७३ को एसइई परीक्षामा चार लाख ८३ हजार नौ सय ६७ परीक्षार्थीले आवेदन फारम भरेकामा ११ हजार ८ सय २५ परीक्षार्थी सहभागी हुन अयोग्य भएको पनिकाले जनाएको छ । १० हजार ६ जना परीक्षार्थी अनुपस्थित भएका थिए । परीक्षामा ७ हजार ६ सय ४ परीक्षार्थी ‘ड्रपआउट’ भएका थिए । उपस्थित विद्यार्थीमध्ये कम उमेरका दुई, थ्योरी मिसिङ एक हजार तीन सय २०, प्राक्टिकल मिसिङ एक हजार ३८, एक्स्पेल तीन र दुई सय १६ को उत्तरपुस्तिका रद्द भएको छ । गणितमा एक लाख ५० हजार र विज्ञानमा एक लाख १० हजारको ‘ई’ ग्रेड यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी एक लाख ५० हजार नौ सय विद्यार्थीले अनिवार्य गणित विषयमा सबैभन्दा कमजोर ग्रेड ‘ई’ ल्याएका छन् । पाठ्यक्रम विकास केन्द्रले शून्यदेखि २० नम्बर ल्याउनेलाई ‘ई’ ग्रेडमा राखेको छ । गणितमा डी ग्रेड ल्याउनेको संख्या ५६ हजार एक सय १० रहेको छ । सबैभन्दा बढी ए प्लस पनि गणित विषयमा आएको छ । गणित विषयमा २८ हजार १३ विद्यार्थीले ए प्लस ल्याएका छन् । विज्ञान विषयमा एक लाख १० हजार सात सय ११ जनाको ‘ई’ ग्रेड रहेको छ भने ८४ हजार ८० जनाको डी ग्रेड रहेको छ । अनिवार्य अंग्रेजी विषयमा पनि डी र ‘ई’ ग्रेड ल्याउनेको संख्या धेरै छ । अंग्रेजीमा ‘ई’ ग्रेड ल्याउने ७१ हजार तीन सय ९२ र डी ल्याउनेको संख्या ७७ हजार ६ सय ३७ रहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending