Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तीन विधेयकमा अस्पष्टता, स्थानीय तह अन्योलमा

\"\"काठमाडौं, ३ असार । कार्य जिम्मेवारी र वित्तीय अधिकारलगायत विषयमा सरकारसँग स्पष्ट खाका नहुँदा स्थानीय तहमा अन्योल देखिएको छ ।संसद्मा दर्ता भइसकेका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सञ्चालन, अन्तरसरकारी वित्त व्यवस्थापन विधेयक र स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा देखिएका डेढ दर्जन अस्पष्टता र द्विविधाका कारण तहको जिम्मेवारी पाएका निर्वाचित जनप्रतिनिधिलगायत सरोकारवाला नै अन्योलमा पर्ने देखिएको हो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सञ्चालनसम्बन्धी विधेयकमा कार्यक्षेत्रमा अस्पष्टता, योग्यतासम्बन्धी व्यवस्था नहुनु, परामर्श लिने दफामा प्रदेश र स्थानीय तह नहुनु, आयोगका अध्यक्ष तथा सदस्यको कार्यविभाजन नहुनु, राजस्व बाँडफाँट गर्दा लिइने आधारमा गम्भीर त्रुटि हुनु, सरकारसँग सम्पर्क प्रधानमन्त्री कार्यालयमार्फत नहुनु, आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने भन्ने व्यवस्था नहुनुजस्ता समस्या देखिएका हुन् । वित्तीय व्यवस्थापनविज्ञ डा. खिमलाल देवकोटाले वित्त आयोगमा प्रस्तुत सातवटा समस्या देखाउँदै अन्तरसरकारी वित्त व्यवस्थापन विधेयकमा ६ वटा समस्या देखिएका जानकारी दिए । उनले भने, ‘वित्त व्यवस्थापन विधेयकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यक्षेत्रलाई संकुचित पारिएको, आयोगको कार्यक्षेत्रमा प्रवेश गरी प्राकृतिक साधन र स्रोतको रोयल्टी बाँडफाँटमा सीमा तोकिएको, सिद्धान्त र अभ्याससँग तादात्म्य नभएको, साबिक स्थानीय स्वायत्त शासन ऐनभन्दा पनि अझै संकुचित भएको, संविधानतः ठाडो र तेस्रो बाँडफाँट गर्ने अधिकार आयोगको भए पनि त्यसो नभएको र वित्तीय समानीकरण अनुदानको वर्गीकरण नभएको अवस्था छ ।\' देवकोटाले मन्त्रिपरिषद्बाट पास भएर संसद्मा अड्किएको स्थानीय तहको शासन सञ्चालनसम्बन्धी विधेयकमा पनि पाँचवटा समस्या रहेको जानकारी दिए । उनका अनुसार उक्त विधेयकमा स्थानीयको काम, कर्तव्य, अधिकार, बैठक र कार्यप्रणाली, योजना तर्जुमा र आयोजना छनोट, आयोजना सञ्चालन र व्यवस्थापन, अनुगमन एवं मूल्यांकन, बजेट अख्तियारी खर्च प्रक्रिया, कोष व्यवस्थापन, सुशासन आदिजस्ता विषयमा सरलता र स्पष्टता छैन । यसैगरी, विधेयकमा राजस्वको दर र संकलन विधिलाई जटिल बनाइएको, सरल विधि हुनसक्ने भए पनि नअपनाइएको, बिक्री र दस्तुरलगायतको प्रबन्ध नै विधेयकमा नराखिएको र एकीकृत सम्पत्ति करको जटिलता रहेको उनको भनाइ छ । वित्तीय व्यवस्थापन विज्ञका हैसियतमा डा. देवकोटाले शुक्रबार सिंहदरबार पुगी सभामुख ओनसरी घर्तीमगरलाई स्थानीय तहमा प्रस्तुत १८ वटा समस्या आइपर्ने भन्दै स्थानीय तहको वित्तीय अधिकार संरक्षण तथा सुनिश्चितताका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए । ‘सम्बन्धित मन्त्रालयबाट प्रस्तुत तीन विधेयकका दस्तावेज हेर्दा स्थानीय तहको वित्तीय स्रोतमा हदैसम्मको अंकुश लगाउने तथा जटिलता थप्ने गरी तर्जुमा गरिएको छ\', वित्तीय व्यवस्थापनविद् देवकोटाले भने, ‘स्थानीय निकायले विद्युत् रोयल्टी बाँडफाँटमा ५० प्रतिशत पाउनेमा प्रस्तावित अन्तरसरकारी वित्त व्यवस्थापन विधेयकमा तहका लागि जम्मा ५ प्रतिशत प्रस्ताव छ । यस्ता केही छन् जसले प्रदेश र स्थानीयको अस्तित्वलाई नजरअन्दाज गरेका छन् ।\' सभामुख ओनसरी घर्तीले स्थानीय तहमा आइपर्र्ने सम्भावित समस्याबारे सुरुमै ध्यानाकर्षण गराएकाले सचेत हुने अवसर पाएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘संविधानले स्थानीय तहलाई काम जिम्मा दिएको छ तर त्यहीअनुरुप स्रोत दिएन, अंकुश लगाउन मिल्दैन । सम्बन्धित संसदीय समितिमा पठाएर विज्ञसमेत राखी यसबारेमा गम्भीर छलफल गर्न लगाउनेछु ।\'
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending