Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

विराटनगर एमालेमा विद्रोहको तयारी

\"\"काठमाडौं, ४ असार । विराटनगर महानगरपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेसँगै विराटनगर एमालेमा विद्रोहको तयारी भएको छ। एमाले अध्यक्ष केपी ओली र एमाले मोरङ अध्यक्ष तथा विराटनगर महानगरका मेयरका उम्मेद्वार विनोद ढकालले टिक वितरणमा एकलौटी गरेको भन्दै महानगरका विभिन्न वडामा विद्रोह गरेका एमाले कार्यकर्ताहरुले महानगरपालिकामा नै विद्रोहको तयारी गरेका छन् । देशान्तर साप्ताहिकमा खबर छ– वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले फोरम लोकतान्त्रिकसँगको तालमेलले चुनावी परिणाममा गम्भीर असर पु¥याउने चेतावनी दिएको छ । विराटनगरमा फोरम लोकतान्त्रिकलाई उपमेयर दिने गरी तालमेल गरेपछि विद्रोह गर्ने चेतावनी आमकार्यकर्ताहरुले दिएका हुन् । विद्रोहको तयारीमा लागेका कार्यकर्ताहरुलाई केन्द्रबाट एमाले नेताहरु नेपाल र खनालले सहयोग गरेको बताइएको छ । मेयरमा मोरङ जिल्ला अध्यक्ष ढकाललाई उम्मेद्वार बनाइएपछि उपमेयरमा नेपाल र खनाल निकटलाई उम्मेद्वार बनाइएको थियो । तर फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने तयारी गरेपछि नेपाल र खनालको सहयोगमा विराटनगरमा एमाले कार्यकर्ताले विद्रोहको तयारी थालेको बताइएको छ । एमालेले विराटनगरमा ढकाललाई उम्मेद्वार बनाउने निर्णयमा समेत सबै एमाले कार्यकर्ताहरु सन्तुष्ट बन्न सकेका थिएनन् । सबै अवसर जति ढकालले नै लिएको भन्दै धेरै कार्यकर्ताहरु रुष्ट बनेका थिए । जिल्ला अध्यक्ष, संविधानसभा सदस्य भइसकेको मान्छेले महानगरको मेयरको उम्मेद्वार बन्दा पदलोलुपताको आरोप लाग्ने भन्दै उनलाई उम्मेद्वार नबनाउन आम कार्यकर्ताको आग्रह थियो । तर, केपी ओलीले मुढे बल लगाएर ढकाललाई मेयरको उम्मेद्वार बनाएका थिए । उपमेयर एमालेले फोरम लोकतान्त्रिकलाई दिएको विषयमा मोरङमा अधिकांश महिला कार्यकर्ताहरुले सामहिक विद्रोहको तयारी गरेका छन् । तालमेलले एमाले निकटको महिला संघ आवद्ध आम महिलाहरुमाथि अन्याय गरेको भन्दै विद्रोहमा उत्रिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy